Krishna Shrivastav
सिम्रौनगढमा इतिहास सम्बन्धी तीन दिवसीय कार्यक्रम सुरु
Krishna Shrivastav

बारा | सिकिन्द्र साह | बारा जिल्लाको सिम्रौनगढ नगरपालिका स्थित कंकाली मन्दिर नजिक बिना फाउन्डेसन द्वारा आयोजित इतिहास सम्बन्धी विशेष कार्यक्रम आजदेखि सुरु भएको छ। कार्यक्रमको उद्घाटन मधेश प्रदेशका मुख्य मन्त्री सतीश कुमार सिंह ले पानसमा बत्ती बालेर गर्नुभएको हो। बिना फाउन्डेसनका संस्थापक ममता शर्मा ले जानकारी दिँदै चैत्र १५, १६ र १७ गते इसरा पोखरी नजिक कार्यक्रम आयोजना गरिने बताउनुभयो। यस कार्यक्रममा सिम्रौनगढको इतिहास, संस्कृति, तिरहुत राज्य, साथै इतिहास संरक्षणका चुनौतीबारे छलफल गरिनेछ। साथै रानीवास मन्दिरको वरिपरि विकास गतिविधि सम्बन्धमा समेत तीन दिनसम्म समसामयिक विषयहरूमा गहन विचार-विमर्श गरिनेछ। मुख्यमन्त्री