आज जैविक विविधता दिवस

 Krishna Shrivastav

काठमाडौं | मे २२ अर्थात् जैविक विविधता दिवस। ‘अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ’ नारासहित नेपालमा पनि विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकासजस्ता मुद्दामा जैविक विविधताको महत्व झल्काउन सहयोग पुग्ने खालका जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइन्छ। जमिन तथा पानीको सतहमा रहने प्राणी तथा वनस्पति एवं सूक्ष्म जीवको जीवनचक्रसहित वातावरणीय पक्षलाई समेत केन्द्रमा राखेर विश्वभर चेतनामूलक कार्यक्रम हुने गरेको छ। जैविक विविधता दिवसका उपलक्ष्यमा नेपालमा वन विभाग र वनस्पति विभागसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंठनका तर्फबाट

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

४२० खानी खोजतलास गर्न अनुमतिपत्र प्रदान

 Krishna Shrivastav

वीरगंज । खानी तथा भूगर्भ विभागले ४२० खानी खोजतलास गर्नका लागि अनुमतिपत्र (लाइसेन्स) प्रदान गरेको छ। विभागले चालू आवमा नेपालको खनिजजन्य उद्योग प्रवर्द्धनका लागि मुलुकमा सम्भावित खानीको खोजतलास गर्न ४२० खानीलाई लाइसेन्स प्रदान गरेको हो। विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले फलाम, तामा, सुन, चुनढुङ्गा, ग्रेनाइट, रुबी, डोलोमाइट लगायत सम्भाव्य खानीको खोजतलासका लागि विभागबाट लाइसेन्स प्रदान गरिएको जानकारी दिए। विभागले गत वर्ष ४०५ खानी खोजतलासका लागि अनुमतिपत्र प्रदान गरेको थियो। विभागले चालू आवमा १५९ खानीलाई उत्खननका लागि अनुमति दिएको छ भने गत वर्ष १५८ खानीलाई उत्खननका लागि अनुमति दिएको थियो। सूचना अधिकारी बाँस्कोटाले धौवादी फलाम उत्खननका

समाचार  संग सबंधीत छ |

किन कोही गरिब?

 Krishna Shrivastav

वीरगंज | गत वर्ष चैतमा म इलाम, फिक्कल बजारको एक दोकानमा थिएँ।  साहुसँग सोधें, ‘इलाममा कुन ठाउँमा गरीब मानिसहरू बस्छन्?’ जवाफ आयो, “हाम्रो इलामतिर गरीब मानिस खासै छैनन्।” सरकारी तथ्याङ्कले इलाममा गरीबी दर शून्य देखाउँदैन तैपनि उनको जवाफले म खुशी भएँ। केही समयअघि डोटीको दिपायल पुग्दा भने वर्षाैंदेखिको गरीबी र असमानताका आधुनिक असरहरू सुनें। त्यहाँका मेयरले मलाई तत्कालीन विकास क्षेत्रको सदरमुकाम भए पनि यो शहरमा जनसंख्या उल्लेख्य रूपमा बढ्न नसकेको तथा एचआईभी र एड्सग्रस्त महिला र बालबच्चा धेरै रहेको बताए। छेउछाउका बाजुरा, दैलेख र बझाङमा पनि गरीबी दर धेरै छ।

समाचार  संग सबंधीत छ |

वीरगञ्जको नारायणी अस्पतालले विरामीको लागि वितरण गरेको गुणस्तरहिन सुख्खा खाना,पोसिलो खानामा ४० लाख…….

 Krishna Shrivastav

वीरगञ्ज । मधेस प्रदेशको सरकारी अस्पताल मध्ये वीरगञ्जको नारायणी अस्पताल स्तरीय र ठूलो अस्पतालको रुपमा चिनिन्छ । अस्पतालमा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरीबाट विरामीहरु उपचार गर्न वीरगञ्ज आउने गरेको पाइन्छ । वीरगञ्जको नारायणी अस्पतालमा उपचारार्थ भर्ना भएका विरामीको लागि दैनिक रुपमा खाना अस्पतालले दिदै आएको छ । तर विगत केही महिना देखि अस्पतालमा उपचारार्थ भर्ना भएका अधिकाशं विरामी निशुल्क खानाबाट बञ्चित भएका छन् । सिमित विरामीलाई वितरण गरिएको खाना समेत गुणस्तर हिन भएको विरामी र तीनका कुरुवाहरुले आरोप लगाएका छन् । नेपाल सरकारले दिएको सुविधा अनुसार अस्पतालमा भर्ना हुने बिरामीहरुलाइ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

वीरगञ्ज १६ मा खानेपानीको ट्यांकी निर्माणमा स्थानीयको अवरोध

 Krishna Shrivastav

वीरगञ्ज । स्थानियहरु वासीको अवरोधका कारण अहिले खानेपानीको ट्यांकी निर्माण रोकिएको छ । नेपाल खानेपानी शाखा कार्यालय वीरगञ्जका प्रमुख निरण महर्जनका अनुसार नेपाल सरकारको “एक घर एक धारा” खानेपानी परियोजना अन्तर्गत वडा नम्बर १६ मा ट्यांकी निमार्ण गरि वडा नम्बर १५ र १६ का घरघरमा पुर्याउने लक्ष्य लिएको छ । तर स्थानीयवासीको अवरोधका कारण अहिले निमार्ण कार्य अगाडी बढाउने अवस्था नरहेको प्रमुख महर्जनले बताउनुभयो । २ वर्ष पहिला देखि नै ट्यांकी निर्माणको लागी पहल गरिरहँदा पनि स्थानियको अवरोधका कारण सो निर्माण कार्य अलपत्र परेको उहाँले भनाइ छ । उहाँका अनुसार

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साकाे गादी र भलुवाही खाेलामा मापदण्ड विपरित उत्खनन

 Krishna Shrivastav

वीरगन्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका अन्तर्गत पर्ने गादी र भलुवाही खोलामा मापदण्ड विपरीत उत्खनन भईरहेको स्थानीयले बताएका छन् | खाेलाकाे ठेक्का सकारेकाे ठेकेदारले गरेकाे सम्झाैतामा उल्लेख मापदण्ड विपरित गिट्टी,बालुवार ढुंगा उत्खनन गरिरहेकाे स्थानीयकाे भनाई छ । ठेकेदारले खटाएका कर्मचारीले खाेलामा १५देखी २० फिट सम्म गहिराे खाल्डाे खनेर उत्खनन गरिरहेका छन् ।यसकासाथै खाेलाछेउकै जंगलकाे रुखको जराबाट पनि गिट्टी र बालुवा उत्खनन भइरहेका कारण त्यसले जंगल विनाश हुने जाेखिमपनि बढेकाे स्थानीयले बताएका छन् ।सम्झौतामा खाेलामा ३ फिट मात्रै गहिराईमा उत्खनन गर्न पाउने र रुखको जराबाट १० फिट छोडेर मात्र उत्खनन् गर्नुपर्ने

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको बिन्दवासिनीमा हुलाकी सडकसँग जग्गा जोड्न नदीको बहाव नै परिवर्तन

 Krishna Shrivastav

वीरगन्ज | जग्गाको मोहडा हुलाकी सडकसँग जोड्न जग्गा कारोबारीले नदीको बहाव परिवर्तन गरेका छन् । पर्साको बिन्दवासिनी गाउँपालिका २ बहुअर्वाभाठास्थित हुलाकी सडक भई बग्ने ढोङही नदीको बहाव परिवर्तन गरिएको हो । बहाव परिवर्तन गरेपछि करिब २ किलोमिटर उत्तर, पश्चिम हुँदै दक्षिणतर्फ बग्ने नदी अहिले ५० मिटरमात्र पश्चिम बगेर दक्षिणतर्फ मोडिएको छ । गाउँपालिकाले स्काभेटर प्रयोग गरी नदीको पुरानै बहाव कायम गर्न प्रयास गरे पनि सफल भएको छैन । यही बीचमा जग्गा कारोबारीले गाउँपालिकालाई विपक्षी बनाई अदालतमा मुद्दा दर्ता गराएका छन् । गाउँका विभिन्न व्यक्तिसँग जग्गा कारोबारीले सस्तो मूल्यमा १२ बिघा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सप्तरी कारागारको एक बिघा ६ कट्ठा जग्गा अतिक्रमण

 Krishna Shrivastav

सप्तरी | सप्तरी जिल्ला कारागारको एक बिघा ६ कट्ठा १२ धुर जग्गा पछिल्लो २२ वर्षदेखि अतिक्रमण गरेको पाइएको छ । कारागारको ठूलो क्षेत्रफलको जग्गामा अतिक्रमण भइरहँदा सप्तरी कारागार राजविराजमा नयाँ संरचना निर्माणका लागि ठाउँ अभाव भएको छ । नयाँ संरचना निर्माण हुन नसक्दा महिला र पुरुष गरी १ सय ५५ जना कैदीबन्दी राख्ने क्षमताको सप्तरी कारागारमा अहिले चार सय ३ जना कैदीबन्दी छन् । झन्डै तीन गुणा बढी कैदीबन्दी राखिँदा कारागारमा उनीहरूलाई कोचिएर राख्नुपर्ने विवशता त छँदै छ, अर्कोतर्फ कारागारमा रहेको आन्तरिक सुविधाहरूमा समेत कैदीबन्दीहरूलाई समस्या भइरहेको छ । विगतमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बाराको सुवर्ण गाउँपालिकामा विद्यार्थी र प्रहरीबीच झडप

 Krishna Shrivastav

बारा | बाराको सुवर्ण गाउँपालिकामा प्रहरी र विद्यार्थीबीच झडप भइरहेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरी २ दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ । झडपमा दुवै पक्षका केही घाइते भएका छन् । विद्यार्थीले गाउँ कार्यपालिका र विद्यालयमा तोडफोड गर्न लागेपछि प्रहरीले रोक्न खोज्दा दुवैबीच झडपको अवस्था आएको हो । प्रहरीले तोडफोड रोक्न खोज्दा विद्यार्थीले प्रहरीमाथि ढंगामुढा गरेको थियो । त्यसपछि प्रहरीले बल प्रयोग गरेको हो । बल प्रयोगमा प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको हो । दुवै पक्षले रक्षा र प्रतिरक्षा गर्न खोज्दा सुवर्ण गाउँपालिकामा बिहानैदेखि तनावको स्थिति सिर्जना

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

छुरा प्रहार गरी छिमेकीको हत्या, फरार अभियुक्त पक्राउ

 Krishna Shrivastav

वीरगञ्ज । छिमेकीलाई छुरा प्रहार गरी फरार भएका व्यक्तिलाई प्रहरीले ७२ घण्टा भित्र नियन्त्रणमा लिएको छ । रौतहटको गौर नगरपालिका – ७ सिस्वा निवासी ४५ वर्षीय यार महम्द खानको हत्या गरी फरार भएका अभियुक्त शेख कबिरलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो । शेखले आफ्नो पूरानो रिसिइबी साध्न शुक्रबार राति साढे १० बजेको करिबमा खानको पटे र छातीमा छुरा प्रहार गरेर गम्बिर घाइते बनाएका थिए । तत्कालै स्थानीय अस्पताल लागिएको खानलाई चिकित्सकले मृत घोषणा गरे । आइतबार शेखलाई प्रहरीले गौरस्थित रामजानकी मन्दिर निजीकबाट नियन्त्रणमा लिइएको जनाएको छ । प्रहरीले उनीमाथि कर्तव्य

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सप्तरीमा घाँटी रेटिएको अवस्थामा एक पुरुषको शव फेला

 Krishna Shrivastav

सप्तरी । सप्तरीमा घाँटी रेटिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुर स्थित टेलरिङ फयाक्ट्रीको पछाडि अन्दाजी ५० वर्षीय पुरुषको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको हो । स्थानीयले दिएको जानकारीपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको सप्तरी प्रहरीका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रकुमार कार्कीले बताए । ‘शव भेटिएको स्थानमा मदिरा र बियरका बोतलहरु समेत भेटिएको छ,’ एसपी कार्कीले भने, ‘अनुसन्धानपछि मात्र थप कुरा थाहा हुन्छ ।’


माछापुच्छ्रे बैंकको चन्द्रपुर शाखामा ग्राहकको खाताबाट ९ लाख गायब

 Krishna Shrivastav

वीरगंज | चन्द्रपुर नगरपालिका वडा नं. ४ स्थित पूर्व पश्चिम राजमार्गमा रहेको माछापुच्छ्रे बैंकबाट ग्राहकको ९ लाख रुपैयाँ गायब भएको छ। आइतबार चेक साट्न बैंकको चन्द्रपुर शाखा पुगेका वृन्दावन नगरपालिका नं. ३ का रामेश्वर राय यादवको खाताबाट ९ लाख रकम गायब हो। रहस्यमयरूपमा पैसा गायब भएको भन्दै पीडित पक्षले आइतबार रातिसम्म बैंकको कार्यालय घेराउ गरेका छन्। ​यादवका अनुसार अघिल्लो दिनसम्म उनको खातामा १२ लाख २० हजार रुपैयाँ थियो। बिहीबार बिहान उनले १२ लाख २० हजार रकम भएको नेपाल बैंक लिमिटेडको चेक नम्बर ०१२७६४९९७३ को ९ लाख, सोही बैंकको चेक नम्बर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मलामी गएका एक व्यक्ति घाइते फेला

 Krishna Shrivastav

बैतडी | बैतडीमा मलामी गएका एक व्यक्ति घाइते अवस्थामा फेला परेका छन्। आइतवार बिहान पुर्चौडी नगरपालिका–८ डणपुर गाउँका ८२ वर्षीय जगी साउदको मलामी गएका स्थानीय धनसिंह साउद बेहोस भएको अवस्थामा भेटिएका हुन्। साउद गाउँका करिब ७० जना मलामीसँगै खोलाबगर चिहानघाट पुगेका थिए। बिहान करिब ७ बजे मलामी गएका धनसिंह साउद घाटबाट फर्किने बेला गाउँलेबाट अलग भएका थिए। साँझ घाइते साउदलाई उपचारका लागि हाट स्वास्थ्य चौकी लगिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


बैतडीमा बलत्कार आरोपी ‘चिफ सर’ जेलबाट छुटेको पीडितले पत्तो नपाएपछि…

 Krishna Shrivastav

बैतडी | गत असार २० गते राति २ बजे बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रबहादुर नेगी परस्त्रीको कोठामा फेला परे। नेगीलाई श्रीमतीसँग बलत्कार गर्दैगर्दा कैलाली घर भएका डसराम चौधरीले फेला पारेका थिए। रक्सी सेवन गरेर नेगी आफू नभएको मौका छोपी रातिको समयमा जबजस्ती कोठामा पसरे श्रमतीलाई बलत्कार गरेको डसरामको दाबी छ। मजदुरी गर्न बैतडी पुगेका चौधरी दम्पति पुर्चौडी नगरपालिका वडा नम्बर १ कोपिखेत गाउँमा डेरा गरी बस्थे। डसराम कामको सिलिसिलामा डडेल्धुरा गएको मौका छोपी क्याम्पस प्रमुख आफ्नो कोठामा छिरेको दाबी चौधरीको दाबी छ। स्थानीय राजनीतिक दलका नेताहरूले बलत्कार जस्तो घटनामा

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

धनगढीमा थेग्नै नसक्ने अटो रिक्साको चाप, तीन पाङ्ग्रे सवारी ८ हजार नाघ्यो

 Krishna Shrivastav

धनगढी | प्रदेशको अस्थायी राजधानी धनगढीको सडक पूर्वाधारले थेग्नै नसक्ने गरी सवारी चाप बढेको छ। धनगढीमा अटो रिक्साको संख्या बढ्दै गएपछि सडक दुर्घटनाको जोखिम बढेको छ। रिक्साको संख्या धनगढीको आवश्यकताभन्दा बढी भएपछि दैनिक आम्दानी समेत घट्दै गएको चालकको गुनासो छ। यतायात कार्यालय धनगढीमा तीन पाङ्ग्रे सवारी दर्ता ८ हजार नाघेको छ। कानूनले प्रदेश र स्थानीय तहलाई यातायात व्यवस्थापनको अधिकार दिए पनि तीन पाङ्ग्रे सवारी साधन व्यवस्थापन गर्ने काम भएको छैन्। ई–रिक्सा व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई भएको यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त प्रमुख नरेन्द्र शाहले बताए। ‘रिक्सा व्यवस्थापन गर्न स्थानीय

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

कहाँ पुग्यो नक्कली शरणार्थी खेलोमेलो?

 Krishna Shrivastav

वीरगंज | नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा दुई जना पूर्व मन्त्री सहित १६ जना पक्राउ परिसकेका छन् भने ‘हाइप्रोफाइल’ व्यक्तिहरू जोडिएका छन्। यसकाे अनुसन्धान प्रक्रिया कहाँ पुग्यो? पछिल्लाे महीनादेखि मुलुकको प्रमुख खबरको विषय बनिरहेको छ, नेपालीलाई भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक पुर्‍याउने खेलोमेलो। सत्ताधारी र प्रमुख प्रतिपक्ष दलकै नेता यो मामिलामा संलग्न देखिएपछि झन् चासोको विषय बनेको छ। यो प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत चैत १२ मा केशव दुलाल, सानु भण्डारी र टेककुमार गुरुङलाई पक्राउ गरेपछि गिरोहका सदस्य धमाधम पक्राउ पर्न थाले। प्रहरी अनुसन्धानको ५३औं दिनसम्म १६

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

किन बढ्यो मृत्युदण्डको माग र घटना?

 Krishna Shrivastav

वीरगंज | अपराध गर्नेलाई सजायका विभिन्न विकल्प रहेको २१औं शताब्दीमा पनि मृत्युदण्डकै माग गरिनुलाई मानवअधिकारवादीहरू हिंसालाई प्रश्रय दिने कदम मान्छन्। सन् १९६६ मा जारी नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध (आईसीसीपीआर) को धारा ६ तथा त्यसको वैकल्पिक प्रोटोकलले मृत्युदण्ड उन्मूलनलाई जोड दिँदै १८ वर्ष पूरा नभएका र गर्भिणीका हकमा त यसलाई पूरै वर्जित गरिदिएको छ। पछि १८ डिसेम्बर २००७ मा संयुक्त राष्ट्रसंघले मृत्युदण्ड विश्वभरिबाटै उन्मूलन गर्ने घोषणा गर्याे। त्यसको डेढ दशक बित्दा मृत्युदण्डको माग र घटना भने झन्-झन् बढेको तथ्यांकले देखाएको छ। नेपालमै पनि बलात्कार लगायत निश्चित घटनामा मृत्युदण्डको

Breaking News, मधेश, मुख्य समाचार, राजनीति, विश्व, वीरगंज संजाल बिशेष  संग सबंधीत छ |

जितपुर सिमराका वडा अध्यक्ष गुप्ताले ज्यानमार्न खोजेको राजुराज गिरीको आरोप

 Krishna Shrivastav

बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं।७ जीतपुर निवासी समाजसेवी राजुराज गिरीले पत्रकार सम्मेलन गरी शान्ति ,सुरक्षाको माग गर्नुभएको छ । उहाँले बहालवाला वडा अध्यक्ष सुनिल गुप्ता लगायत उनीहरुको गुण्डासँग आफुहरु असुरक्षाको महसुस गरिरहेको आरोप लगाउँनुभएको छ । आफुहरु जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी उजुरी दिँदा पनि प्रहरी मुखदर्शक भई बसेको बताउँनुभयो । गत स्थानीय तहको निर्वाचनमा लोसपाको तर्फबाट वडा अध्यक्षमा उमेदवार भई निकटम प्रतिस्पर्धी रहेका गिरीले वडा अध्यक्ष गुप्ताले जेसिबि प्रयोग गरेर आफ्नो घर भत्काउने प्रयास गरेको तर घर भत्काउन नसकेपछि घर अगाडीको मुल ढोकामा खाल्डो पारेको आरोप लगाउनु भयो

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

समाचार
News

पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

News

वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

News

अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

News

जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

News

जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या