• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जको नारायणी अस्पतालले विरामीको लागि वितरण गरेको गुणस्तरहिन सुख्खा खाना,पोसिलो खानामा ४० लाख…….

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०८०, सोमबार १४:१८
  • १८६९

    वीरगञ्ज । मधेस प्रदेशको सरकारी अस्पताल मध्ये वीरगञ्जको नारायणी अस्पताल स्तरीय र ठूलो अस्पतालको रुपमा चिनिन्छ । अस्पतालमा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरीबाट विरामीहरु उपचार गर्न वीरगञ्ज आउने गरेको पाइन्छ । वीरगञ्जको नारायणी अस्पतालमा उपचारार्थ भर्ना भएका विरामीको लागि दैनिक रुपमा खाना अस्पतालले दिदै आएको छ । तर विगत केही महिना देखि अस्पतालमा उपचारार्थ भर्ना भएका अधिकाशं विरामी निशुल्क खानाबाट बञ्चित भएका छन् । सिमित विरामीलाई वितरण गरिएको खाना समेत गुणस्तर हिन भएको विरामी र तीनका कुरुवाहरुले आरोप लगाएका छन् । नेपाल सरकारले दिएको सुविधा अनुसार अस्पतालमा भर्ना हुने बिरामीहरुलाइ पोसिलो खाना दिनुपर्ने हो तर अहिले विरामीहरु सो सेवाबाट बञ्चित भएका छन् ।
    अस्पतालमा बच्चा वार्ड मेडिकल वार्ड र सर्जिकल वार्डका बिरामीहरुलाइ निशुल्क खानाको व्यवस्था गरिएको छ । तर अहिले बिरामीले निशुल्क खाना नपाएको गुनासो गरिरहेका छन् ।

    निशुल्क खाना कार्यक्रमका इन्चार्ज सहायक मेट्रोन श्रुती साह अस्पतालले वितरण गर्न खानाको गुणस्तर र सवै विरामीले किन पाउँन नसकेको हो भन्ने बिषयमा प्रश्न गर्दा उनीले आफूलाई जानकारी नभएको जवाफ दिइन् । रासन व्यवस्थापनका पूर्व इञ्चार्जसमेत रहेका अशोक श्रीवास्तव पहिला पहिला रोग अनुरार डाइट चार्ट प्लान गरेर बिरामीलाई खाना दिने गरे पनि अहिले त्यस्तो नभएको बताए । ‘हामीले सञ्चालन गर्दा बिरामीको रोग अनुसार डाइट चार्ट प्लान गरेर खान दिन्थ्यौँ, जस्तै मधुमेहका विरामीका लागि रोटी दिइन्थ्यो भने सर्जरी भएकाहरुलाई जाउलो र फलफूलसमेत दिन लाउँथ्यौं’, उनले भने ‘अण्डा बिरामी अनुसार थियो भने दूध अनिवार्य दिन लगाउँथ्यौँ । आर्थिक वर्ष २०७८÷०७९ मा निशुल्क रासनका लागि भनेर ३८ लाख २० हजार रुपियाँ बजेट आएको थियो । जसमध्ये ३१ लाख ६३ हजार ८३७ रुपैयाँ खर्च भएको अस्पताल प्रशासनले जनाएको छ । अघिल्लो बर्ष आएको बजेटलाई सहि रुपमा प्रयोग गर्न नसक्दा ६ लाख ५६ हजार १६३ रुपैयाँ फ्रिज भएको थियो ।

    चालु आर्थिक वर्षका लागि बजेट बढेर अएको छ । ०७९÷८० मा ४० लाख बजेट प्राप्त भएको छ भने चैतसम्ममा ३२ लाख १८ सय खर्च भइसकेको अस्पतालको तथ्यांकमा उल्लेख छ । वीरगञ्जको नारायणी अस्पतालले विरामीको लागि वितरण गरेको गुणस्तरहिन सुख्खा खाना तस्विर : सुस्मा शर्मा
    खानाका लागि बजेट पनि छ र बजेट खर्च पनि भएको छ । तर विरामीले खाना पाएका छैनन् । पाएकाले पनि सफा र गुणस्तरीय पोसिलो खाना पाएका छैनन् । निशुल्क खाना वितरणको अनुगमन अस्पताल प्रशासनबाटै हुनु पर्नेमा अनुगमनसमेत नहुने गरेको अस्पतालकै एक कर्मचारीले बताए । ‘भर्ना भएका कतिले आफैं खान ल्याउँछन्, निशुल्क खाना लिन भान्छासम्म जान नसक्नेले खानै पाउँदैनन्,’ ती कर्मचारी भन्छन् ‘तर पनि सबै बिरामीले खाना पाए भनेर रिपोर्ट तयार पारिन्छ र बजेट सकिन्छ ।’ नारायणी अस्पताल मेडिकल रेकर्डका प्रमुख अशोक श्रीवास्तवका अनुसार शिशु वार्ड, मेडिकल वार्ड र सर्जिकल वार्डका बिरामीहरुलाई निशुल्क खानाको व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्दै आएको छ ।

    जसमा १५० ग्राम भात ५५ ग्राम दाल र ४५ ग्राम मौसमी तरकारीका साथै बिहान १ ग्लास दूध छ । अप्रेशन गरिएका विरामीलाई जाउलोको समेत सुविधा छ । तर पछिल्लो समयमा बिरामीहरुले निशुल्क खाना नपाएको गुनासो गरिरहेका छन् । अस्पतालमा भर्ना भएका विरामी र उनका कुरुवाले उठाएको कुरा सुन्ने प्रशासक फेला पर्दैनन् । जलनको उपचारका लागि अस्पतालमा भर्ना भएकी लक्ष्मी देवी राम आफूले खाना नपाएको बताउँछिन् । ‘मलाइ यहाँ खाना दिइएको छैन, डाक्टरले अण्डा खानु भनेका छन्,’ विपन्न परिवारकी उनले भनिन्, ‘एक छाक भात त पाएको छैन, अण्डा कसले दिने ?’ उनी आफू गरिब भएको र औषधि उपचारका लागि पैसा समेत नभएको बताउँछिन् । मेडिकल वार्डमा भर्ना भएका बिरामी अनुपले खाना त पाएका छन् तर उनले दूध पाएका छैनन् । बिहान ८ बजे नै खाना तयार हुन्छ त्यसैले उनलाई पनि समस्या छ । ‘८ बजे भित्र खाना लिन जानुपर्छ, बिहानै रूच्दैन, १० बजेतिर भोक लागेपछि खाँदा त्यो खाना चिसो भइसक्छ,’ उनी गुनासो गर्छन् । नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंह भने बिरामीलाई भात, दाल, मौसमी तरकारी, दूध र अण्डा दिने गरिएको दाबी गर्छन् । अस्पतालमा भर्ना भएका बिरामीका लागि खाना वितरण गर्न छुट्टै कर्मचारीको व्यवस्था नभएकाले कुरुवा नभएका बिरामीले निशुल्क खाना नपाएको हुन सक्ने उनले स्वीकार गरे । ‘खाना तैयार भइसक्यो भनेर वार्डमा कर्मचारीले जानकारी गराउँछन्,’ डा.सिंहले भने, ‘त्यसपछि जो जो भान्छामा पुग्छन् उसले खाना पाउँछन् ।’ दाल, भात, तरकारी, दूध र अण्डा बाहेक अरु थप खाना पनि दिनुपर्ने सम्बन्धमा आफूलाई जानकारी नभएको उनले बताए ।रेसखबर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑