Krishna Shrivastav
श्रममन्त्री शरतसिंह भण्डारीले गर्लफ्रेण्डलाई श्रीमती भन्दै सरकारी पत्र लेखेर स्पेनको भिसा मागेपछि..
Krishna Shrivastav

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले हदैसम्मको नैतिक पतन देखिने हर्कत गरेको तथ्य सार्वजनिक भएको छ । उनको मन्त्रालयको लेटरहेडमा कन्सुलर सेवा विभाग त्रिपुरेश्वरलाई भिसा सिफारिस गरिदिन भन्दै लेखिएको पत्रमा पूर्वसांसद निर्जला राउतलाई उनकी पत्नी लेखिएको छ । पूर्वसांसद राउतसँग मन्त्री भण्डारीको विवाह भएको कुनै प्रमाण छैन । उनीहरुले गोप्य रुपमा विवाह गरेको भए त्यो विवाह गैरकानुनी ठहरिन्छ । किनभने मन्त्री भण्डारीको आफ्नी पत्नी रश्मी सिंह भण्डारीसँग सम्बन्धविच्छेद भएको कुनै प्रमाण छैन । भएकी श्रीमतीसँग सम्बन्धविच्छेद नगरी अर्की श्रीमती विवाह गर्न कानुनअनुसार अपराध हो । मन्त्री