जनकपुरधामबाट चोरीको सामानसहित एकजना पक्राउ

 Krishna Shrivastav

वीरगंज । जनकपुरधामबाट चोरीको सामान सहित एकजना पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका १२ हनुमान नगर स्थितबाट स्थानीयको सहयोगमा प्रहरी चौकी हनुमाननगरबाट सादा पोशाकमा खटेको टोलीले सामान सहित एकजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ पर्नेमा २३ वर्षीय राजेश मण्डल रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । प्रहरीले युवकको साथबाट मोवाईल २ थान, नेपाली रु २ हजार, भारतीय रु ८७०, चाँदीको पाउजु २ थान, कानमा लगाउने मुन्द्रा १ थान र पर्स १ थानसहित चोरी गरी भाग्दै गरेको अवस्थामा युवकलाई नियन्त्रणमा लिएको हो

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्सामा रहेका प्रदेश सरकार मातहतका कार्यालयहरुको विकास बजेट खर्च ४० प्रतिशत मात्रै

 Krishna Shrivastav

वीरगंज । आर्थिक वर्ष सकिन एक महिना मात्रै बाँकी रहँदा पर्सामा रहेका मधेस प्रदेश सरकार मातहतका विकास निर्माणसँग सरोकार राख्ने सरकारी कार्यालयहरुले ४० प्रतिशत मात्र विकास बजेट खर्च गर्न सकेका छन् । प्रदेश लेखा इकाइ कार्यालय पर्साको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा पर्सा जिल्लास्थित मधेस प्रदेश मातहतका सरकारी कार्यालहरुको विकास बजेट ३ अर्ब ७५ करोड ५० लाख ५२ हजार रुपैयाँ रहेकोमा आइतबारसम्ममा जम्मा १ अर्ब ५१ करोड १६ लाख ५९ हजार ६ सय ४८ रुपैयाँ मात्र खर्च हुन सकेको छ । मन्त्रालयगत रुपमा हेर्दा अर्थ मन्त्रालय मातहतका कार्यालयले १९ लाख

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई ‘नाम मात्रको बजेट’

 Krishna Shrivastav

वीरगंज । सरकारले राष्ट्रिय गौरवमा समेटेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा आर्थिक वर्ष २०७१/७२ बाट बजेट विनियोजन सुरु गरेको हो । त्यसयता हरेक बजेटमा नछुटेको यो आयोजना कार्यान्वयनमा भने सरकारले प्रगति देखाउन सकेको छैन । वातावरणका मुद्दा उठेसँगै सर्वोच्च अदालतसम्म पुगेको यो आयोजना पुनः अगाडि बढाउन बाटो खुला छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्राथमिकताका साथ राखिएको यो आयोजनामा बजेट भने नाम मात्रको राखिएको छ । बजेट भाषणमा भनिएको छ, ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन, बस्ती स्थानान्तरण, मुआब्जा वितरण, जग्गा संरक्षणलगायत पूर्व तयारीका लागि बजेट छुट्याइएको छ, लगानी

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको सिडिओ कार्यालयमै ठेकेदारहरु बिच हानाहान , चौरसिया प्रहरी नियन्त्रणमा

 Krishna Shrivastav

वीरगंज । निर्माण व्यवसायी संघ पर्साका पूर्वअध्यक्ष रामाकान्त चौरसियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार भइरहेको छलफलका क्रममा अर्को पक्षमाथि हातपात गर्नुका साथै कार्यालयको फर्निचर तोडफोड समेत गरेको आरोपमा चौरसियालाई प्रहरीले नियन्त्रणमा लिएको हो । आर्थिक लेनदेनका विषयमा परेको उजुरीका विषयमा आइतबार पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको रोहबरमा उनकै कार्यकक्षमा चौरिया र ढुङगा गिट्टीका ठेकेदार त्रिपुरारी प्रसाद बिच छलफल चलिरहेको थियो । छलफल चलिरहकै बेला चौरसियाले त्रिपुरारीमाथि हातपात गर्दै कार्यालयमा रहेको टेबल तोडफोड समेत गरेपछि उनलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बुहारीको हत्या गरि जंगलमा गाड्ने सासू-ससुरासहित तीन जना पक्राउ

 Krishna Shrivastav

वीरगंज । सामुदायिक वनमा शव गाडेको अवस्थामा भेटिएकी कैलालीको गौरीगंगा नगरपालिका-२ की कविता बुढाको हत्या अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। बुढाको हत्या गरेर जंगलमा शव गाडेको अभियोगमा उनकै सासु ससुरासहितका तीन जनालाई पक्राउ गरिएको हो।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले पक्राउ पर्नेमा मृतकका ससुरा ५२ वर्षीय डिल्लीसिंह बुढा, उनकी श्रीमती ५० वर्षीया लहरी बुढा र ज्वाई नाता पर्ने भजनी नगरपालिका-४ का ४१ वर्षीय जयबिर बुढा रहेका छन्। बुढा दम्पत्तीले घरायसी विवादमा बुहारी कविताको हत्या गरेर शव स्थानीय जंगलमा गाडेको र ज्वाई नाता पर्ने जयबिरले उनीहरुलाई सहयोग गरेको

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजको नारायणी अस्पतालमा आज देखि निःशुल्क निम्बु–पानी वितरण

 Krishna Shrivastav

वीरगंज । रामनिवास पटेल । वीरगन्ज महानगरपालिकास्थित रहेको नारायणी अस्पतालमा आउने सम्पूर्ण सेवाग्राही लगायत बटुवा , यात्रु , रिक्सा र ठेला चालकहरुलाई निःशुल्क आजदेखि निम्बु र पानी खुवाइएको छ । नारायणी अस्पताल मेडिकल विभागका चिकित्सकहरुको सहयोगमा अस्पतालको कार्यकक्षमा आज देखि निःशुल्क निम्बू र चिसो पानी खुवाउने कार्यक्रम आज देखि सुरू गरिएको हो । गर्मीबाट थोरै भए पनि राहत पुगोस् भनेर अस्पतालमा आउने सम्पूर्ण सेवाग्राही लगायत बटुवा, यात्रु ,रिक्सा , ठेला , अटो चालक गरि सम्पूर्णलाई गर्मी मौसम रहुन्जेल सम्म निशुल्क निंबु र पानी खुवाउने कार्यक्रम रहेको कन्सल्टेन्ट फिजिसियन डाक्टर राकेश

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पाकिस्तानमा भीषण वर्षा र चट्याङले २८ जनाको मृत्यु, १४० बढी घाइते

 Krishna Shrivastav

वीरगंज । पाकिस्तानको खैबर पख्तुनख्वा र पञ्जाबका विभिन्न भागमा शनिबार परेको भारी वर्षा र चट्याङका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ भने एक सय ४० जनाभन्दा बढी घाइते भएका छन् । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार खैबर पख्तुनख्वाको बन्नु, डेरा इस्माइल खान, करक र लक्की मारवतमा वर्षाका कारण २५ जनाको मृत्यु भएको छ भने एक सय ४५ जना घाइते भएका छन् । बाढीका कारण ६९ घरमा आंशिक क्षति भएको । प्राधिकरणका अनुसार करकमा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । वर्षाका कारण डेरा इस्माइल

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पाेखरिया अस्पताललाई स्तराेन्नती गर्ने प्रदेश सरकारकाे घाेषणा

 Krishna Shrivastav

वीरगंज । पर्साकाे पाेखरिया नगरपालिका वडा नम्बर ४ पाेखरिया बजारस्थित पाेखरिया अस्पतालकाे स्तराेन्नती गरिने भएकाे छ । मधेस प्रदेश सरकार मातहत रहेकाे पाेखरिया अस्पताललाई ५० शैया(बेड) मा स्तराेन्नती गरिने भएकाे हाे । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेश सरकारले ल्याएकाे नीति तथा कार्यक्रममा पाेखरिया अस्पताललाई स्तराेन्नती गरि ५० बेडकाे बनाइने उल्लेख छ । पर्सा जिल्लाकाे दाेश्राे सदरमुकामका रुपमा परिचित पाेखरियामा रहेकाे पाेखरिया अस्पतालकाे स्तराेन्नतीका लागि प्रदेशसभा सदस्य एंव नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले पहल गरेपछि प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र सिंहले सरकारकाे नीति तथा कार्यक्रममा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

दाइजोलाई लिएर दुई महिलाको हत्या

 Krishna Shrivastav

वीरगंज । दाइजोलाई लिएर यहाँका दुई छुट्टाछुट्टै घटनामा दुई महिलाको हत्या भएको छ । सर्लाही हरिपुर नगरपालिका वडा नं ३ स्थित फरहदवा र वडा नं ६ स्थित लक्ष्मीपुरमा दुई महिलाको हत्या भएको हो । वडा नं ३ स्थित फरहदवाका अब्दुल साह फकिरले अन्दाजी २३ वर्षीया श्रीमती ईदा खातुनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार अब्दुलले श्रीमतीलाई माइतबाट रु एक लाख नल्याएको भन्दै पटक-पटक मानसिक तथा शारीरिक यातना दिने गरेका थिए । यातनापछि ईदा माइत गएको तर छलफलपछि केही समय

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ घाइते

 Krishna Shrivastav

वीरगंज । रुपन्देहीको तिलोत्तमामा जिप दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा जिपका चालक अर्घाखाँचीको छत्रदेव गाउँपालिका–६ का ३२ वर्षीय विकास श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा२०च १४३८ नम्बरको स्कार्पियो जिप सिद्धार्थ राजमार्गअन्तर्गत तिलोत्तमा(३ शान्तिकुन्जमा दुर्घटना भएको हो । जिप अनियिन्त्रत भई बिजुलीको पोलमा ठोक्किदा गम्भीर घाइते भएका श्रेष्ठको बुटवलस्थित चौराहा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी जिपमा सवार अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा १७ वर्षीय सुशान

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

महोत्तरीमा ट्याक्टरमा मोटरसाइकल ठोक्किर एक जनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज । महोत्तरीमा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको औरही नगरपालिका २ का ६० वर्षीय ताहिर अंशारी छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीका अनुसार शनिबार दिउँसो पौने २ बजे बर्दिबास नगरपालिका २ वुद्धचोक नजिक बर्दिबास औरही सडक खण्डमा दुर्घटना भएको हो । दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको ज १ त १७४३ नम्बरको ट्याक्टरमा लोड भएको बिजुलीको पोलमा विपरीत दिशाबाट आउँदै गरेको ज.४ प. २३५१ नम्बरको मोटरसाइकल ठोक्किएर चालक अंशारी गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा बर्दिबास स्थित सरकारी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

ह्वाट्सएपमा कसैले मेसेज पठाएर डिलिट गर्‍यो ? यसरी हेर्नुस् मेसेज

 Krishna Shrivastav

वीरगंज । विश्वमा दैनिक करोडौं प्रयोगकर्ताले लोकप्रिय मेसेजिंग एप ह्वाट्सएप चलाउँछन् । सुरक्षित र सरल मेसेजिंग एपको रुपमा रहेको ह्वाट्सएपमा प्रयोगकर्ताको सुविधाका लागि विभिन्न फिचरहरु उपलब्ध गराएको छ । त्यसमध्ये मेसेज डिलिट गर्ने फिचर पनि एक हो । ह्वाट्सएपमा आफूले कसैलाई पठाएका मेसेजहरु प्रापकले समेत हेर्न नसक्ने गरी डिलिट गर्न सकिन्छ । यसरी डिलिट गरिसकेपछि प्रापकको च्याटबक्समा सो मेसेज देखिँदैन र केवल मेसेज डिलिट गरेको भन्ने संकेत मात्र देखापर्छ । मेसेज हेर्न नपाउँदै कसैले मेसेज डिलिट गरेको कुरा थाहा पाउँदा असहज लाग्न सक्दछ । यसले पठाउने र पाउने दुवै जनालाई

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजमा नाला सफा गर्दा भेटियो १०५ राउण्ड गोली

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महानगरपालका वडा नम्वर ६ स्थित नाला सफाई गर्ने क्रममा आइतबार बिहान ठूलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको छ । महानगरपालिकाका कर्मचारीहरुले नाला सफाई गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने १०५ थान गोली फेला परेको हो । नाइन एमएमको ३२ थान, ३८ बोरको २४ राउण्ड, एसएलआरको ४ राउण्ड, हर्नेटको १७ राउण्ड सहित अन्य विभिन्न बन्दुकमा लाग्ने गरि कुल १०५ राउण्ड गोली फेला परेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । फेला परेको मध्ये ४ वटा गाेली बिग्रेकोअवस्थामा भेटिएको पनि उनले जानकारी दिए ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सिम्रौनगढ़मा खाने पानीको हाहाकार, सम्बन्धित निकाय मौन

 Krishna Shrivastav

वीरगंज । प्रचण्ड गर्मीसँंगै सिम्रौनगढ़बासीलाई खानेपानीको समस्याले पिरोलेको छ\ सिम्रौनगढ़का खानेपानी संस्थानले मागअनुसार आपूर्ति गर्न नसकेपछि पानीको हाहाकार भएको हो। सिम्रौगढ़ खाने पानी संस्थानले पानी वितरण गर्न नसकेपछि स्थानीयबासी परम्परागत सार्वजनिक चापा कलमा भर पर्न बाध्य भएका छन्। संसथानद्वारा वितरित धाराको पानी नाममात्रको भएको स्थानीयको गुनासो छ। ‘सातामा एक दुई पटक आउने पानी पनि कहिले धमिलो आउँंछ त कहिले के,’ उपभोक्ता हरुको भनाइ छ। संस्थानले पर्याप्त पानी आपूर्ति गर्न नसक्दा उपभोक्ता बोतल र जारको पानी किनेर खान बाध्य छन् । यता सम्बन्धित निकाय पनि कानमा तेल हालेर बसेका छन। पछिल्लो

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतमा कारको ठक्करबाट एकै परिवारका ४ नेपालीको मृत्यु

 Krishna Shrivastav

वीरगंज । भारतमा कारको ठक्करबाट एकै परिवारका ४ नेपालीको मृत्यु भएको छ। भारतको उत्तराखण्ड अन्तर्गत वनबासा नजिकैको चकरपुरमा कारले ठक्कर दिँदा एकै परिवारका ४ जनाको ज्यान गएको हो। कञ्चनपुरको उल्टाखाम घर भएका चन्द परिवारका ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती, २३ वर्षीया बुहारी नर्मदा चन्द र भाईकी पत्नी कल्पना चन्दको मृत्यु भएको जनाइएको छ। उनीहरु खटिमाको गोयल कलिनी, मुडेली बस्दै आएका थिए। शनिवार भएको उक्त दुर्घटनामा चारैजना बनबासा हुँदै २ वटा स्कुटरमा खटिमातर्फ गइरहेका थिए। उनीहरुलाई विपरीत दिशाबाट आइरहेको कारले ठक्कर दिएको थियो।


बलात्कार आरोपमा उच्च अदालत वीरगंजका अधिकृत पक्राउ

 Krishna Shrivastav

वीरगंज । उच्च अदालत वीरगन्जमा कार्यरत अधिकृत नारायण प्याकुरेल बलात्कार आरोपमा पक्राउ परेका छन् । २२ वर्षीय किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा विराटनगरबाट अधिकृत प्याकुरेललाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । राति किशोरीको घरमा नै गएर जबरजस्ती करणीको प्रयास गरेको जाहेरीका आधारमा अधिकृत प्याकुरेललाई पक्राउ गरेको प्रहरीको भनाइ छ । प्याकुरेलविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता भएको छ।


वीरगंज क्लासिक टेक इन्टरनेटले ठगी गरिरहेको पिडित सेवाग्राहीको गुनासो

 Krishna Shrivastav

वीरगंज । रामनिवास पटेल । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकको गुणस्तरहिन सेवाका कारण पोखरियाका सेवाग्राही पिडित बनेका छन् । आफूलाई देशकै सर्वोत्कृष्ट इन्टरनेट सेवा प्रदायक भनेर दावी गर्ने क्लासिक टेकले काम भने ठिक उल्टो गर्ने गरेको प्रयोगकर्ताहरुको गुनासो छ । इन्टरनेटमा आएको समस्या बारे गुनासो गरेको बीस दिन बितिसक्दा पनि कुनै सुनुवाइ नभएको क्लासिक टेकक प्रयोगकर्ता पोखरिया – ७ निवासी अविनास पटेलले दुःखेसो पोखे । ग्राहक प्रतिनिधि केन्द्रमा फोन गर्दा समस्या बारे सम्बन्धित ब्राञ्चलाई जानकारी गराइएको जवाफ आएपनि वीरगन्ज ब्राञ्चले समस्या समाधानका लागि कुनै काम नगरेको पटेलले बताए ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

News

ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

News

महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

News

देशभर बर्षा र बाढीको चेतावनी

News

आज राष्ट्रीय धान दिवस