जानकी मन्दिर परिसरमा धार्मिक बोर्ड हटाएर भारतीय कलेज र युनिभर्सिटीको बोर्ड

 Krishna Shrivastav

जनकपुरधाम । विश्व प्रसिद्ध जानकी मन्दिरमा धार्मिक सूचना बोर्ड हटाएर भारतीय कलेज तथा युनिभर्सिटीको बोर्ड लगाइएको छ । जानकी मन्दिर परिसरभित्र रहेको लक्ष्मण मन्दिरको अगाडी लगाउँदै आएको धार्मिक बोर्डलाई हटाएर नीजि कलेजको बोर्ड लगाइएको पाईएको छ । जानकी मन्दिरमा धार्मिक बाहेक अन्य कुनै पनि बोर्ड लगाउन नपाउने निर्णय भएको थियो । जानकी मन्दिर व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालय धनुषासहित सरोकारबालाहरुको सँयुक्त बैठकबाट जानकी मन्दिर परिसरमा धार्मिक बाहेक अन्य कुनै पनि बोर्ड लगाउन नपाउने निर्णय भएको थियो । विगत एक साता बढीदेखि जानकी मन्दिरमा भारतीय युनिभर्सिटीको बोर्ड लगाइएको पाईएको छ

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

रौतहटको लाल बकैयाँ पूल नबन्ने भएपछि ठेकेदार चेन्ज

 Krishna Shrivastav

रौतहट । रौतहटको गौर नगरपालिका–४ स्थित लालबकैया नदीको टिकुलिया घाटमा पुल बन्न लागेको १० वर्ष बितेको छ । निर्माणको ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनले विभिन्न बहानामा कामै नगरी अलपत्र छाडेपछि सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले ठेक्का तोडेको थियो । नयाँ ठेक्का लगाउँदा निर्माण कम्पनी फेरिएको छ । ठेकेदार फेरिए पनि पुलको अवस्था अहिले पनि जकथक नै छ । पुनः ठेक्का लागे पनि स्रोत सुनिश्चिता नभएपछि पुल निर्माणले गति लिन सकेको छैन । वि।सं। २०७१ असार २९ मा लालबकैया पुल निर्माणको ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनले १४ करोड ९३ लाख २७ हजार रुपैयाँमा सकारेको

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

जनमतद्वारा उपाध्यक्ष साह निलम्बन

 Krishna Shrivastav

काठमाडौं । जनमत पार्टीले उपाध्यक्ष एवं अनुशासन समिति संयोजक दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गरेको छ। महोत्तरीको बर्दिबासमा केन्द्रीय समिति बैठक बस्नुअघि साहलाई सात दिने स्पष्टीकरण सोधेकोमा चित्त बुझ्दो नभएको भन्दै ६ महिना निलम्बन गरिएको हो। पार्टीमा जिम्मेवारी अनुसारको भूमिका निर्बाह नगरेको, अध्यक्ष सीके राउतविरुद्धमा गतिविधि गरेको लगायत आरोप उनीमाथि छन्।


६ जिल्लाका सीडीओ फेरिए, को कहाँ?

 Krishna Shrivastav

काठमाडौं । गृह मन्त्रालयले ६ जिल्लाका सीडीओको सरुवा गरेको छ। कञ्चनपुर, स्याङजा, प्यूठान, लमजुङ, अर्घाखाँची र दार्चुलाका सीडीओको फेरिएका हुन्। कञ्चनपुरमा लक्ष्मण ढकाल, अर्घाखाँचीमा वेद प्रसाद खरेल, स्याङजामा ईश्वरी प्रसाद अर्याल, लमजुङमा माधव प्रसाद पोखरेल, प्यूठानमा दीपक नेपाल तथा दार्चुलामा अनिल पौडेललाई सीडीओका रुपमा खटाइएको छ। कञ्चनपुरका नारायण प्रसाद सापकोटा, स्याङजाकी सुनिता नेपाल, अर्घाखाँचीका बाबुराम अर्याल, लमजुङका बुद्ध गुरुङ, प्यूठानकी रमा सुवेदी र दार्चुलाका यज्ञराज जोशीलाई गृहमा तानिएको छ।


भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयोः प्रधानमन्त्री ओली

 Krishna Shrivastav

भारत । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा सकारात्मक र राम्रो कुराकानी भएको बताएका छन्। भेटवार्ता कक्षबाट बाहिरिने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भने, ‘म र भारतीय प्रधानमन्त्री मोदीजीबीच राम्रो र सकारात्मक संवाद भएको छ। अहिलेलाई यति।’ थाइल्याण्डको बैंककस्थित होटल माडारिन ओरियन्टलमा भारतीय प्रधानमन्त्री मोदीसँग करिब ४५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको हो। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरुबीच पूर्वनिर्धारित तालिकाअनुसार भेटवार्ता भएको हो। यसअघि उनीहहरुबीच संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा गत

Breaking News, देश, मुख्य समाचार, राजनीति, विश्व, समाचार  संग सबंधीत छ |

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंसँग राजु पाण्डेले माफी मागे

 Krishna Shrivastav

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं कार्यालय फर्किने चर्चा चलेसँगै मेयर बालेन शाहले नगरप्रहरी प्रमुख राजु पाण्डेलाई प्रमुख कार्याकारी अधिकृत गुरागाईंलाई कार्यालय छिर्न नदिन आदेश दिएपछि लामै लफडा चल्यो। कर्मचारीको सहयोगमा प्रमुख कार्यकारी अधिकृत कार्यालय छिरेपछि यतिबेला नगरप्रहरी प्रमुख पाण्डेमाथि कारवाही गर्नुपर्ने आवाज उठ्न लागेको छ। नगरप्रहरीले गुरागाईंको गाडी ह्वील लक गरे पनि उनी स्वयं कार्यकक्षमा छिर्न सफल भएका थिए। वडाध्यक्षहरूले ताला तोडेर उनलाई कार्यकक्ष प्रवेश गराएका थिए। गुरागाईंलाई कार्यालय प्रवेश गर्न नदिन प्रयास गर्ने क्रममा नगरप्रहरी प्रमुख पाण्डे विवादमा तानिएका छन्। आफू विवादमा तानिएको र कारवाहीमा पर्ने

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

कोठा भाडा तिर्न नसकेपछि मासिक ९०० रूपैयाँमा बाथरूम भाडामा लिएर बस्छिन् युवती

 Krishna Shrivastav

काठमाडौं । मानिसहरूका धेरै बाध्यताहरू हुन्छन् । यस्तै बाध्यताका कारण चीनमा एउटी युवती आफ्नो कार्यस्थलको बाथरूममा बस्छिन्। यसका लागि उनी आफ्नो मालिकलाई भाडा पनि तिर्छिन्। १८ वर्षीया याङ (नाम परिवर्तन गरिएको) एउटा फर्निचर पसलमा काम गर्छिन् र उनको हाकिमले उनलाई मासिक ५० युआन अर्थात ९०० रूपैयाँमा बाथरूम भाडामा दिएका छन्। याङले भाडाको रूपमा बिजुली र पानीको बिलको रकम मात्र तिर्नु पर्छ। याङ पहिले आफ्नो हाकिमको घरमा बस्थिन्। तर त्यहाँ ढोका नभएकोले त्यहाँ सुत्न सहज नभएको उनले बताइन्। उनका अनुसार उनी बाथरूममा सुत्न रुचाउँछिन्। याङले हाल प्रति महिना लगभग २७०० युआन

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बिरगंजमा ‘समुदायमा सरकारी वकील संवाद कार्यक्रम’ सम्पन्न

 Krishna Shrivastav

बिरगंज । समुदायमा अपराध नियन्त्रण र कानुनी चेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘समुदायमा सरकारी वकील संवाद कार्यक्रम’ आज एक विशेष कार्यक्रममार्फत सम्पन्न भएको छ। बिरगंज–१३ स्थित बिरगंज स्कुल अफ ल (Birtanj School of Law) को सभाहलमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि सोही संस्थाका संचालक अधिवक्ता चन्द्रिका प्रसाद पटेल थिए भने कार्यक्रमको अध्यक्षता जिल्ला सरकारी वकिल कार्यालय, पर्साका जिल्ला न्यायाधीवक्ता भोलानाथ निरौला ले गरेका थिए। अधिवक्ता पटेलले समुदायमा अपराध न्यूनीकरणका लागि यस्ता कार्यक्रमहरूको आवश्यकताको चर्चा गर्दै, कानुनी विद्यार्थीहरूलाई सामाजिक इन्जिनियरको रूपमा भूमिका निर्वाह गर्न आग्रह गरे। “आजका कानुनी विद्यार्थीहरू नै भोलिका वकील,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष काममा विभिन्न अवसर पाइनेछ । समयमा सहि निर्णय लिन सक्ने क्षमताले अगाडी बढ्न मद्दत पुग्नेछ । अरुले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन । वृष रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । मिथुन व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ । कर्कट काममा परिवारको सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान र प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ ।

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

मधेसी केन्द्रित सात दलले २६ उद्देश्य राखेर बनाए मोर्चा

 Krishna Shrivastav

काठमाडौँ | तराई मधेस केन्द्रित दलहरुले शक्ति आर्जनका लागि मोर्चा घोषणा गरेका छन्। बिहीबार काठमाडौँमा मधेसमा आधारित सात दलले मोर्चा घोषणा गरेका हुन्। मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र प्रतिस्पर्धी डा. सीके राउत नेतृत्वको जनमत पार्टी पनि आबद्ध भएको छ। पछिल्लो चुनावमा जसपालाई जनमतले टक्टर दिएको थियो भने यादव राउतबीच सुमधुर सम्बन्ध नभएको अवस्थामा मोर्चामा आबद्ध भएका छन्। त्यस्तै संघीय मोर्चाको अरु घटकमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, रेशमलाल चौधरी संरक्षक रहेको

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

२५ करोड काण्ड सेलाउन नपाउँदै ठूलाे रकमसहित चिनियाँ महिला महाबौद्धबाट पक्राउ

 Krishna Shrivastav

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले एकजना चिनियाँ नागरिकलाई हुण्डीको रकमसहित पक्राउ गरेको छ । बिहीबार महाबौद्धबाट चिनियाँ नागरिक महिलालाई २० लाख ९२ हजारसहित पक्राउ गरेको जनाएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर २७ महाबौद्धबाट चीनको तिब्बत स्थायी घर भई भारतको जोगिन्दर नगर बस्ने २६ वर्षीया महिला रिक्सी वाङ्मोलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले उनको साथबाट २० लाख ९२ हजार रुपियाँ बरामद गरेको छ । उनको साथबाट १ हजार रुपियाँ दरका ११८३ थान, पाँच सय रुपियाँका १८१८ थान र आइफोन कम्पनीको एउटा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रातभर संसद बैठक चलेर बिहान साढे ४ बजे विधेयक पारित, ७ बजेसम्म सभा चलिरह्यो

 Krishna Shrivastav

काठमाडौं । मध्यरातसम्म संसद बैठक चलेर मध्यरातमा निर्णय भएका घटना नेपालको संसदमा यसअघि पनि भएका छन् । तर भारतको ओडिसा राज्यमा भने संसद बैठक बिहानसम्मै चलेको छ । बुधबार ओडिशा विधानसभाको कार्यवाही रातभरि जारी रह्यो। आज बिहान ४:२९ बजे ओडिशा विधानसभामा विश्वविद्यालय (संशोधन) विधेयक २०२४ पारित भयो। सभाको कार्यवाही बिहान ७ बजेसम्म चल्यो। यस प्रक्रियामा सत्तापक्ष र प्रतिपक्ष दुवैले भाग लिए। विधेयक पारित भएको केही समयपछि, १७ औं ओडिशा विधान सभाको बजेट सत्र निर्धारित समयभन्दा तीन दिन अगाडि अनिश्चित कालका लागि स्थगित गरियो। बुधबार बिहान १०:३० बजेदेखि सुरु भएको सभाको

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

भोजपुरी कमेडियन राजकुमार साहको समाजसेवा: सामाजिक सञ्जालबाट स्टेजसम्मको यात्रा

 Krishna Shrivastav

रौतहट ।सिकिन्द्र साह | रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नम्बर १ निवासी राजकुमार साहले लामो समयदेखि सामाजिक सञ्जालमार्फत कमेडियनको रूपमा आम नागरिकलाई सन्देश दिँदै आएका छन्। आजको समयमा मधेश प्रदेशलगायत नेपाल तथा फिजी, मौरिसस जस्ता मुलुकमा भोजपुरी समाजमा कमेडियनहरूको लोकप्रियता बढ्दो छ। राजकुमार साहले लेब अध्ययन पूरा गरेपछि करिब २२ वर्ष विभिन्न निजी कम्पनीमा जागिर गरी अनुभव बटुले। उनले रौतहटको ज्योति डिस्टिलरीमा चार वर्ष, डुमरिया डिस्टिलरीमा आठ वर्ष, सुदूरपश्चिमको कैलाली जिल्लाको धनगढीमा १० वर्ष सेवा गरे। लामो जागिरे जीवनपछि उनले समाजमा हास्यव्यंग्य मार्फत सकारात्मक सन्देश दिन सामाजिक सञ्जालमा भोजपुरी कमेडियनको

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

पोस्टमार्टमले देखाएन सुरेशलाई गोली लागेको

 Krishna Shrivastav

काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम सकिएको छ। त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टमले सुरेशलाई गोली लागेको नभइ जलेर मृत्यु भएको देखाएको छ। पोस्टमार्टमा संलग्न चिकित्सकका अनुसार बाहिर हल्ला भए जस्तो मारेर जलाएको पोस्मार्टम रिपोर्टमा देखिएको छैन। श्वासप्रश्वासको नलीमा धुँवाको मुस्लो गएको देखिएको र यसले आगो लाग्दा उनी जीवित नै रहेको पुष्टि भएको ती चिकित्सकले बताए। अहिले रजतको शव परिवारलाई बुझाउने तयारी भइरहेको अस्पतालले जनाएको छ।


ट्रकमा बरादम भएको २५ करोडको वास्तविक मालिक पहिचान

 Krishna Shrivastav

काठमाडौं। काठमाडौंको टोखा नगरपालिका झोरबाट ट्रकमा बरादम भएको करिब २५ करोड रूपैयाँ बराबरको विदेशी मुद्राको मालिक फेला परेका छन्। प्रहरीले अनुसन्धानपछि २५ करोड बराबरको अमेरिकी डलर र युरोको मालिक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेलको रहेको खुलेको छ। यसअघि गत चैत्र ४ गते राति प्रहरीले काठमाडौंका टोखा नगरपालिका वडा नम्बर २ स्थित झोरमा ना ७ ख १६५२ नम्बरको मालवाहक ट्रक गाडीसहित करिब २५ करोड रुपैयाँ बरामद गरेको थियो। सो क्रममा ट्रकका चालक सिन्धुपाल्चोक, भोटेकोसी गाउँपालिका वडा नम्बर १ का ४३ वर्षी कुसाङ लामा पक्राउ परेका

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सरकारले तीनकुने घटनामा ज्यान गुमाउनेका परिवारलाई १०/१० लाख दिने

 Krishna Shrivastav

काठमाडौं । गृह मन्त्रालयले तीनकुने घटनामा ज्यान गुमाउनेहरूका परिवारलाई जनही १०/१० लाख दिने निर्णय गरेको छ। शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा प्रहरीको गोली लागेर सविन महर्जन र समाचार संकलनमा खटिएका पत्रकार सुरेश रजकको आगलागीमा परेर मृत्यु भएको थियो। दुबै जनाका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जनाएको हो। उक्त रकम निकासाका लागि मन्त्रालयले अर्थलाई सिफारिस गरिसकेको छ।


श्रममन्त्री शरतसिंह भण्डारीले गर्लफ्रेण्डलाई श्रीमती भन्दै सरकारी पत्र लेखेर स्पेनको भिसा मागेपछि..

 Krishna Shrivastav

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले हदैसम्मको नैतिक पतन देखिने हर्कत गरेको तथ्य सार्वजनिक भएको छ । उनको मन्त्रालयको लेटरहेडमा कन्सुलर सेवा विभाग त्रिपुरेश्वरलाई भिसा सिफारिस गरिदिन भन्दै लेखिएको पत्रमा पूर्वसांसद निर्जला राउतलाई उनकी पत्नी लेखिएको छ । पूर्वसांसद राउतसँग मन्त्री भण्डारीको विवाह भएको कुनै प्रमाण छैन । उनीहरुले गोप्य रुपमा विवाह गरेको भए त्यो विवाह गैरकानुनी ठहरिन्छ । किनभने मन्त्री भण्डारीको आफ्नी पत्नी रश्मी सिंह भण्डारीसँग सम्बन्धविच्छेद भएको कुनै प्रमाण छैन । भएकी श्रीमतीसँग सम्बन्धविच्छेद नगरी अर्की श्रीमती विवाह गर्न कानुनअनुसार अपराध हो । मन्त्री

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

भ्रम फैलाउने गोदि मिडियालाई नेपालमा निषेध गर्न मधेस प्रदेश काङ्ग्रेसद्वारा सरकारलाई ध्यााकर्षण

 Krishna Shrivastav

वीरगंज । देशको धेरै बलिदान पश्चात आएको जनतामा गणतन्त्रको बिरुद्ध अपवाह फैलाउने गोदि मिडियालाई नेपालमा निशेध गर्न नेपाली काङ्ग्रेस मधेस प्रदेशले जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । काङ्ग्रेस मधेस प्रदेश उपसभापति एवम प्रशिक्षण बिभाग प्रमुख चन्द्रशेखर प्रसाद यादवको नेतृत्वमा हिजो मंगलबार बारा र पर्साका प्रजिअ लाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा भनिएको छ देशमा उत्कृष्ट संविधान निर्माण भई संघिय लोकतान्त्रिक गणतान्त्रिक नेपाल संस्थागत भई रहेको अवस्थामा सुशासन कायम गर्न देखि लिएर विभिन्न वेतिथीहरुलाई अन्त्य गर्दै सभ्य समाज निर्माण, भ्रष्टचारलाई न्यूनीकरण एवम् विधिको शासन कायम

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

समाचार
News

सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

News

लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

News

पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

News

इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

News

युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन