श्रम ऐन लागू गर्न माग गर्दै वीरगन्जमा मजदुर नेताहरुकाे प्रदर्शन

 Krishna Shrivastav

वीरगंज । अखिल नेपाल ओैद्याेगिक मजदुर संघ र अखिल नेपाल सेक्युरिटी मजदुर संघले श्रम ऐन पुर्णरुपमा कार्यान्वयनकाे माग गर्दै वीरगन्जस्थिति विभिन्न निकायमा ज्ञापनपत्र बुझाएकाे छ ।श्रमिकहरुको सम्मानजनक तलक बृद्धी , नियमित काममा नियमित र‍ोजगार सम्झौता गरी काममा लगाउनुपर्ने सहित श्रम ऐन कानुन कार्यान्वयन गर्न अखिल नेपाल औद्योगिक मजदुर संघले गत चैत १६ गते श्रम मन्त्रालय ,नेपाल उद्योग वाणिज्य महासंघ र श्रम विभागमा ज्ञापनपत्र बुझाएको थियाे । तर ती माग पूरा गर्न सुनुवाई नभएपछि साेमबार संघकाे मधेस प्रदेश समितिले वीरगन्जस्थित जिल्ला प्रशासन कार्यालय , श्रम कार्यालय र वीरगन्ज उद्योग वाणिज्य संघमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बजेट संशोधन नभए पास हुन दिदैंनाै : सिके राउत

 Krishna Shrivastav

वीरगंज । जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतले सांसदहरूको मागअनुसार बजेट संशोधन नभए बजेट पास हुन नदिने बताएका छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै अध्यक्ष राउतले बजेटमा सांसदका मागहरू सम्बोधन हुनेगरी बजेट संशोधन नभए सत्तापक्षका सांसदहरूले नै बजेट पास हुन दिन नहुने बताएका हुन् । पूर्वाधार विकास समितिले सुझावसहित बजेट संशोधनको प्रस्ताव लैजानुपर्ने उनको माग छ । सुझावसहित बजेट संशोधनको प्रस्ताव कार्यान्वयन नभएपनि सरकारले ल्याएको बजेट संशोधनको आवश्यकता रहेको उनको भनाइ छ । उनले एक जना मन्त्रीले मात्रै बजेट बनाउने भए २७५ सांसदहरू आवश्यकता नभएको भन्दै निर्वाचित

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सशस्त्र प्रहरीद्वारा वीरगंजबाट भन्सार छलीका सामग्री नियन्त्रणमा

 Krishna Shrivastav

वीरगंज । सशस्त्र प्रहरीले वीरगञ्जबाट भन्सार छलीका सामग्री नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल गुल्म वीरगञ्जका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (डिएसपी) रामजंग पाण्डे नेतृत्वको टोलीले २ लाख ५९ हजार भन्दा बढी मूल्य बराबरको सामग्री नियन्त्रणमा लिएको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भन्सारस्थित चेकप्वाइन्ट तथा अन्य विभिन्न स्थानबाट भन्सार छलीका लत्ताकपडा, स्पिकर बोर्ड लगायतका सामग्री नियन्त्रणमा लिएको डिएसपी पाण्डेले बताए । पाण्डेकाअनुसार बरामद सामग्रीलाई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । भन्सार क्षेत्रमा अवैध रुपमा भन्सार छलेर सामग्री ल्याउने क्रमलाई न्यूनिकरण गर्नका लागि सशस्त्र प्रहरीले कुनै

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

एनआईसी एसिया लघुवित्तको साढे ४ करोड रकम हिनामिना, शाखा प्रमुखसहित ८ जनाविरुद्ध मुद्दा

 Krishna Shrivastav

वीरगंज । जाजरकोटको छेडागाड नगरपालिका ५ थलह बजारमा रहेको एनआईसी एसिया लघुवित्त वित्तिय संस्था लिमिटेडका कर्मचारीले नक्कली ऋणी खडा गरेर लाखौं रकम हिनामिना गरेको रहस्य खुलेको छ । थहल शाखाका कर्मचारीहरुले ४ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको भन्दै प्रहरीमा मुद्दा परेको छ । कर्मचारीले स्थानीयको नाममा नक्कली ऋणी खडा गरी संस्थाको रकम हिनामिना गरेको पीडितले बताएका छन् । करिब २ सय ८५ जना नागरिकको नाममा थलह शाखाका तत्कालीन शाखा प्रमुख सुशील केसीसहित ८ जना कर्मचारीले रकम हिनामिना गरेको आरोप लागेको छ । केसीको नेतृत्वमा रहेको कर्मचारी टिमले नक्कली ऋणी

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतमा अत्यधिक गर्मीका कारण तीन दिनमा करिब १०० जनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज । भारतमा गर्मीका कारण करिब १०० जनाको मृत्यु भएको छ। भारतको उत्तर प्रदेश र त्यससँग जोडिएको राज्य बिहारमा पछिल्लो तीन दिनमा भीषण गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको स्थानीय अधिकारीले बताएका छन् । गर्मीका कारण उत्तर प्रदेशमा ५४ जनाको मृत्यु भएको छ भने बिहारमा ४४ जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार गर्मीका कारण बिरामी परी मृत्यु भएका अधिकांश व्यक्ति ६० वर्षभन्दा माथिका रहेका बताइएको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) को तथ्याङ्कअनुसार शुक्रबार र शनिबार देशका केही भागमा अधिकतम तापक्रम ४२.२ डिग्री सेल्सियस पुगेको थियो ।

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सर्लाहीको चक्रघट्टा गाउँपालिकाको १२ औं गाउँसभाको उद्घाटन सम्पन्न, अनुमानित बजेट साढे ३५ करोड भन्दा बढी

 Krishna Shrivastav

वीरगंज । सर्लाहीको चक्रघट्टा गाउँपालिकाको १२ औं गाउँसभाको उद्घघाटन सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०/०८१ को अनुमानित आय व्यय , निति तथा कार्यक्रमहरु सार्वजनिक गर्दै गाउँसभाको उद्घघाटन सम्पन्न भएको हो । सभाको आइतवार मधेस प्रदेश सरकारका अर्थमन्त्री संजय कुमार यादवले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गरेका थिए । आ.व. २०८०/८१ को अनुमानित आय व्यय , निति तथा कार्यक्रमहरु प्रस्तुत गर्दै गापा अध्यक्ष कृष्णा कुमार यादवले सबै जनप्रतिनिधि एवम् कर्मचारीहरूलाई विकास निर्माणका कामलाई जनचाहना अनुरुप इमानदारीता पुर्वक सम्पन्न गर्नका लागि आग्रह गरेका थिए। आ।व २०८०/०८१ को लागि शिक्षा, स्वास्थ्य, कृषि,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वडा सदस्यको निधनमा भंगहा नगरपालिका कार्यालयमा आज शोक बिदा

 Krishna Shrivastav

वीरगंज । भंगहा नगरपालिकाका एक दलित वडा सदस्यको निधन भएकोमा छ । वडा नं. ६ की दलित महिला वडा सदस्य श्रीवती देवी दासको गए राति अल्पआयुमै निधन भएको हो । उनको निधनमा भंगहा नगरपालिकाले नगरपालिका कार्यालय र वडा कार्यालयहरुमा शोक विदा दिएको छ । मेयर संजिव कुमार साहले एक शोक वक्तव्य जारी गर्दै मृतक वडा सदस्य दासप्रति श्रद्धाञ्जली अर्पन गर्दै उनको निधनमा आज नगरपालिका कार्यालय र वडा कार्यालयहरुमा शोक विदा रहेको जानकारी गराएका हुन् ।


बारामा ९ वर्षीय बालिकालाई करणी गरी हत्या गर्ने साहलाई आजीवन कैद सजाय

 Krishna Shrivastav

वीरगंज । बारामा ९ वर्षीय बालिकालाई करणी गरेर हत्या गरेको अभियोगमा आदर्शकोतवाल गाउँपालिका–७ का सन्तोष साह कानुलाई बारा जिल्ला अदालतले आजीवन कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश प्रकाश राउतको इजलासले जेठ ३० गते साहलाई आजीवन कैद हुने फैसला सुनाएका छन् । आदर्शकोतवाल गाउँपालिका–७ स्थित कुखुरा फर्म छेउको खाली चौरमा बाख्रा चराइरहेकी सोही गाउँकी ९ वर्षीया बालिकालाई ललाइफकाइ कुखुरा फर्ममा बोलाएर सन्तोष साह कानुले ०७८ पुस २५ गते करणी गरेर हत्या गरेका थिए । हत्यालगत्तै साहले बालिकाको शव गाउँ नजिकैको जमुनी खोलामा फालेका थिए । साहलाई मुलुकी अपराध संहिता २०७४

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साबाट हुकिङ्ग गरी विजुली चुहावट गर्ने ८ जना पक्राउ

 Krishna Shrivastav

वीरगंज । रामनिवास कुमार पटेल । विद्युत चुहावट नियन्त्रण टोलीले गएराति विभिन्न स्थानमा विद्युत चुहावट गर्ने ८ जनालाई पक्राउ गरेको छ । नेपाल विद्युत प्राधिकरण पोखरियाबाट खटिएको विद्युत चुहावट नियन्त्रण टोलीले पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर १ भलुवहियाका शेषनाथ राउत अहिर, मिर्जापुरबाट पपु राम, विन्दवासिनी गाउँपालिका वडा नम्बर ५ हसवाका राजकुमार सहनी, कवी सहनी, पिपराका मुखलाल पटेल, रामबाबु पटेल, दिनेश यादवलाई पक्राउ गरेको हो । चुहावट नियन्त्रण टोलीले गस्ती गर्ने क्रममा विद्युत चोरी गरी प्रयोग गरेको पाईएकाले प्रहरी, सशस्त्र प्रहरी र पोखरिया वितरण केन्द्रको विद्युत चुहावट नियन्त्रण टोलीले पक्राउ गरेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जनकपुरमा रात्रिकालीन बजार सञ्चालन

 Krishna Shrivastav

वीरगंज । जनकपुरधाममा आइतबारदेखि रात्रिकालीन बजार सञ्चालन हुने भएको छ । जनकपुरधाममा उद्योग वाणिज्य सङ्घले आइतबार रातिदेखि जनकपुरधाममा रात्रिकालीन बजार सञ्चालनमा आएको जनाएको छ । जनकपुरधाममा उपमहानगरपालिकाले रात्रिकालीन बजार सञ्चालनका लागि अनुमति दिएको छ । नगरप्रमुख मनोजकुमार साहले तत्काललाई राति १० बजेसम्म बजार सञ्चालन गर्ने गरी अनुमति दिएको जानकारी दिए । उनले अहिले सुरु गरेपछि विस्तारै बजार सुधार गर्दै जाने बताए । जनकपुरधाममा रात्रिकालीन बजार सञ्चालनका लागि जनकपुरधाम उद्योग वाणिज्य सङ्घले धेरै पहिलेदेखि विभिन्न निकायसँग माग गर्दै आएको थियो । उद्योगी व्यवसायीको माग बमोजिम रात्रिकालीन बजार सञ्चालन सम्बन्धमा आयोजना गरिएको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको पर्सागढी नगरपालिका बडनिहारबाट एक थान सालको गोलिया बरामद

 Krishna Shrivastav

वीरगंज । रामनिवास कुमार पटेल । पर्साको पर्सागढी नगरपालिका वडा नं.३ बडनिहारस्थित डेरी रोडबाट एक थान सालको गोलिया बरामद भएको छ । सब डिभिजन वन कार्यलयबाट खटिएका वन कर्मचारीको टोलीले उक्त परिमाणमा सालको गोलिया बरामद गरेको छ । सव डिभिजन वन कार्यलय बडनिहारका फरेस्टर पुरुषोत्तम पटेलको कमाण्डमा खटिएको वनकर्मीको टोलीले तस्करले वन क्षेत्रबाट रुख कटान गरि मोटरसाइकलमा लैजादैँ गरेको अवस्थामा बरामद गरेको थियो । सब डिबिजन बन कार्यालय बडनिहारको बन क्षेत्र बाट सालको रुख कटान गरि गोलिया बनाई मोटरसाईकलमा तस्कर हरुले ल्याउदै गरेको अवस्थामा गय राति बनकर्मिको टोलिले बरामद गरेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पहिरोमा परेर छोराको मृत्यु, बाबु सम्पर्कविहीन

 Krishna Shrivastav

वीरगंज । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा पहिरोमा परी छोराको मृत्यु भएको छ भने बाबु हराइरहेका छन्। आज बिहान गएको पहिरोमा परी मेहेलेका ३६ वर्षीय सुरेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सुरेशका बाबु ६७ वर्षीय केशरबहादुर हराइरहेका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवं प्रहरी निरीक्षक कुसराम कार्कीले मेहेलेको मुकुभञ्ज्याङमा गएको पहिरोमा परी सुरेशको मृत्यु भएको बताए। पहिरोमा परी ४५ वर्षीय राजकुमार राई गम्भीर घाइते छन्। निरन्तर वर्षा भइरहेकाले हराइरहेका वृद्धको खोजी कार्यमा समस्या भएको मेहेलेका स्थानीय कमल कडरियाले बताए। उनका अनुसार पहिरोमा गम्भीर घाइते राजकुमार राईलाई उपचारका

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सीताबारे ‘आदिपुरुष’ डायलगकाे भारतमै विरोध, टिकटको पैसा फिर्ता माग्दै ट्विटरमा ह्याजट्याग ट्रेण्ड

 Krishna Shrivastav

वीरगंज । आदिपुरुष’मा सीतालाई भारतकी छोरी भनिएको संवादको भारतमै विरोध भएको छ । भारतकी चर्चित समीक्षक दीक्षा शर्माले ‘आदिपुरुष’ निर्माताले मनलाग्दी गरेकाे बताएकी हुन् ।‘फिल्ममा सीतालाई भारतकी छोरी भनिएको छ । मतलव फिल्मले त्यो जमानामा भारतको कुरा गरिररहेको छ । अरे भारत शब्द हामीलाई राजा भरतकै नामबाट मिलेको थियो, जो रामायणको समयमा जन्मिएकै थिएनन् । यस्तै शीर न पुच्छरको डायलगका कारण यसलाई नेपालमा बन्देग गरिएको हो’, दिक्षाले भनेकी छन् । भिडियोमुनि आएका तीन हजारभन्दा बढी कमेन्टमा भ्युअर्सले उनको भनाइमा सहमति जनाएका छन् । ‘आदिपुरुष’ हेरेपछि लाग्यो, भारतमा यो फिल्मलाई कसरी

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रौतहटमा हतियार र गोलीसहित दुई जना पक्राउ

 Krishna Shrivastav

वीरगंज । रौतहटको मौलापुर नगरपालिकामा सवारी जाँचको क्रममा सुरक्षाकर्मीले एकथान कटुवा पेस्तोल, गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । घटना शुक्रबार साँझको भए पनि जिल्ला प्रहरीले आइतबारमात्र सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटेको प्रहरीले मौलापुर–५ स्थित आईटी चोकमा विभिन्न सवारी र पैदल यात्रुहरु जाँच गर्ने क्रममा वीरगन्जबाट आउँदै गरेको यूपि ५७ एफ ३२३८ नम्बरको खरानी रङको हिरोहोन्डा स्प्लेन्डर मोटरसाइकल जाँच गर्दा सिट मुनि लुकाइराखेको अवस्थामा कटुवा पेस्तोल १ थान र गोली १ थान फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए । एसपी बुढामगरका अनुसार हतियारसहित

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

ट्रायल सेन्टरमा अर्काको नाममा परीक्षा दिने व्यक्ति पक्राउ

 Krishna Shrivastav

वीरगंज । नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने एक जनालाई आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। रामेछापको सुनापती गाउँपालिका-१ का २३ वर्षीय सुमन चौलागाईंलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलीले काठमाडौंको गुर्जुधारा ट्रायल सेन्टरबाट रामेछापका ३० वर्षीय राजेन्द्र चौलागाईजंको दुईपाग्रे सवारी साधनको ट्रायल दिँदै गरेको अवस्थामा सुमनलाई फेला पारेको थियो। नियन्त्रणमा आएका सुमनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ। अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तिलाई रोक्नका लागि विशेष कडाइ गरिएको काठमाडौं

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

म्याद गुज्रेको औषधि वितरण गर्ने तीन जना स्वास्थ्यकर्मी निलम्बित

 Krishna Shrivastav

वीरगंज । कचनकवल गाउँपालिकाले म्याद गुज्रेको औषधि वितरण गर्ने तीन जना स्वास्थ्यकर्मीलाई निलम्बन गरेका छन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै तीन जना स्वास्थ्यकर्मीलाई निलम्बन गरिएको बारेमा जानकारी गराएको हो। निलम्बनमा पर्नेहरूमा हेल्थ असिस्टेन्ट, एग्जुलरी हेल्थ वर्कर र फार्मेसी सहायक रहेका छन्। साथै गाउँपालिकाले घटनाको सत्य तथ्य छानबिनका लागि छानबिन समिति समेत गठन गरिसकेको छ। समितिको प्रतिवेदनका आधारमा दोषी ठहरिए स्वास्थ्यकर्मीहरूलाई थप कारबाही अगाडि बढाउने जनाइएको छ। गत जेठ ३१ गते प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा उपचारका लागि गएकी एक ६ वर्षीया बालिकालाई त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आज देशका ६ प्रदेशमा वर्षा हुने

 Krishna Shrivastav

वीरगंज । आज देशका छवटा प्रदेशमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको केही स्थानहरू, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भूभागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको थोरै स्थानहरूमा तथा बाँकी भूभागका ‍एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।


जीतपुरसिमराको पथलैयामा सिभिल इन्जिनियरिङ कक्षा संचालन

 Krishna Shrivastav

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रमा पहिलो पटक पथलैयास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आज देखि सिभिल इन्जिनियरिङ कक्षा संचालनमा आएको छ ।उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले कक्षाको शुभारम्भ गर्नुभएको छ । प्राविधिक कक्षा शुभारम्भ भएसंगै ९ देखि १२ कक्षासम्मका विद्यार्थीले सिभिल इन्जिनियरिङको कक्षामा अध्ययन गर्न सक्ने विद्यालयका प्रध्यानाध्यापक शम्भु मण्डलले जानकारी दिनुभयो । बिद्यालयमा ४८ जना बिद्यार्थीलाई पढाउँन सक्ने कोटा प्राप्त रहेको उहाँले बताउँनुभयो । बिद्यालयको आफनै बस सञ्चालनमा रहेकाले जितपुर, सिमरा, अम्लेखगंज, पिलुवा लगायतका ठाउँका बिद्यार्थीहरुले सिभिल इन्जिनीयरिङ्ग पढ्न आउँन सक्ने बिश्वास प्रधानध्यापक मण्डलले ब्यक्त गर्नुभयो । जीतपुरसिमरा उपमहानगरपालिकामा ईन्जिनीयरिङ्ग

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

News

लागूऔषधसहित युवक रौतहटमा पक्राउ

News

बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

News

चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

News

एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे