वीरगंज । अखिल नेपाल ओैद्याेगिक मजदुर संघ र अखिल नेपाल सेक्युरिटी मजदुर संघले श्रम ऐन पुर्णरुपमा कार्यान्वयनकाे माग गर्दै वीरगन्जस्थिति विभिन्न निकायमा ज्ञापनपत्र बुझाएकाे छ ।श्रमिकहरुको सम्मानजनक तलक बृद्धी , नियमित काममा नियमित रोजगार सम्झौता गरी काममा लगाउनुपर्ने सहित श्रम ऐन कानुन कार्यान्वयन गर्न अखिल नेपाल औद्योगिक मजदुर संघले गत चैत १६ गते श्रम मन्त्रालय ,नेपाल उद्योग वाणिज्य महासंघ र श्रम विभागमा ज्ञापनपत्र बुझाएको थियाे ।
तर ती माग पूरा गर्न सुनुवाई नभएपछि साेमबार संघकाे मधेस प्रदेश समितिले वीरगन्जस्थित जिल्ला प्रशासन कार्यालय , श्रम कार्यालय र वीरगन्ज उद्योग वाणिज्य संघमा पुगेर ज्ञापनपत्र बुझाएको संघका नेता बेनि प्रसाद तिमाल्सिनाले बताए । साेमबार दिउँसो वीरगन्जको घणटघरमा मजदुरहरु भेला भएर त्यहाँबाट जुलुश निमालेर तीन वटै निकायमा पुगी ज्ञापनपत्र बुझाइएको तिमिल्सिनाले बताए ।
ज्ञापनपत्रमा उल्लेख मागहरु तत्काल माग सम्बोधन नभए संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत संघले दिएकाे छ । कार्यक्रममा महासंघका केन्द्रीय सदस्य लाल बहादुर पटेल, अक्षय कुमार ओझा ,गजाधर पटेल, कृष्ण प्रसाद पुडासैनी, टुनटुन तिवारी, मदन साह ,धर्मेन्द्र ठाकुर ,रुपनारायण सिंह लगायतको सहभागीता रहेको थियो ।