Krishna Shrivastav
वीरगन्जमा गहवामाई मन्दिरको ऐतिहासिक रथ यात्रा
Krishna Shrivastav

वीरगन्ज | वीरगन्जको माईस्थान स्थित गहवामाई मन्दिरको ११ औं वार्षिकोत्सवको अवसरमा वीरगञ्जमा आज रथ यात्र निकालिएको थियो । रथयात्रामा मधेसमा प्रचलित लोक बाजा तासा र पहाडको लोकप्रिय बाजा पञ्चेबाजा सहित विभिन्न भेषभूषा सहितको झाँकी प्रदर्शन गरिएको थियो । वीरगन्ज सहित पर्सा, बारा, रौतहट, र छिमेकी मुलुक भारतबाट पनि भक्तजनहरु आएका छन् । मंगलबार गहवामाई मन्दिर परिसरबाट विहान पौने ८ बजे देखि यात्रा निकालिएको थियो। रथलाई गहवामाई मन्दिरको आकृतिसँग मिल्दोजुल्दो गरी बनाईएको र दुलही झै सिङ्गारिएको थियो । गहवामाईको स्थापना भएदेखि अहिले सम्म कुनै भव्य कार्यक्रम नभएकोले यसपटक ११ औं वार्षिकउत्सकको