जसपाको विधान अधिवेशन : अध्यक्ष यादवले आज जवाफ दिँदै

 Krishna Shrivastav

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आज समापन हुने भएको छ । यही असार १० गते आइतबारदेखि सुरु भएको विधान अधिवेशन पूर्ववत् तालिकाअनुसार समापन हुन लागेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनका अनुसार आजको बैठकमा मस्यौदा विधानमाथि समूहगत छलफलमा उठेका प्रश्नको पार्टी अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्षनेताले जवाफ दिने कार्यक्रम छ । अध्यक्ष यादवले प्रस्तुत गरेका मस्यौदा विधानमा सोमबार १० समूहमा समूहगत छलफल भई धारणा राख्ने क्रम सुरु भएको थियो । उक्त १० समूहबाट समूहगत धारणा राखेपछि अधिवेशनको अन्तिम दिन अध्यक्ष यादवले जवाफ

Breaking News, देश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

विदेशी नागरिक बनेर आठ लाख ठगिन् नेपाली महिलाले

 Krishna Shrivastav

वीरगंज । एक महिलाले विदेशी नागरिक बनेर मायाजालमा पारी आठ लाखभन्दा बढी रकम ठगी गरेकी छन्। त्यसरी मानिसहरूलाई मायाजालमा फसाएर रकम ठगी गर्ने व्यक्ति ललितपुरको गोदावरी नगरपालिका-८ बस्ने ४० वर्षीया चण्डिका पोखरेल भएको खुल्न आएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले सामाजिक सञ्जालबाट चिनजान गरी मन पराउँछु, माया गर्छु र नेपाल आएर विवाह गरी विदेश लैजान्छु भन्दै मायाजालमा पारेर रकम ठगी गरेको पाइएको छ। त्यसरी विश्वासमा पारी पहिलो चरणमा सामान पार्सल पठाएको छु भनी त्यसका लागि कस्टम चार्ज, डलर चार्ज वापतको रकम बुझाउनुपर्ने भन्दै विभिन्न व्यक्तिको नाममा पैसा

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्सा जिल्ला अदालतका न्यायधिश शर्माले वीरगंज महानगरको न्यायिक समितिमा गरे निरिक्षण

 Krishna Shrivastav

वीरगंज । पर्सा जिल्ला अदालतका न्यायधिश रामप्रसाद शर्माले सोमबार वीरगन्ज महानगरपालिकाको न्यायिक समितिको निरिक्षण गरेका छन् ।निरिक्षणका क्रममा न्यायधिश शर्माले न्यायिक समितिले गरेका कामको जानकारी लिए । उनले न्यायिक समितिले फैसला गरेको मुद्धाको पुनरावेदनमा पठाएको मुद्दा आफुले हेर्ने मौका पाएको बताउदै धेरै मुद्धा सदरपनि गरेको बताए । शर्माले न्यायिक समितिले सम्पादन गर्दै आएका कामबारे वीरगन्जका मेयर राजेशमान सिंह र न्यायिक समितिका संयोजक समेत रहेका उपमेयर इम्तियाज आलमसंग जानकारी लिएका थिए । त्यसअघि निरिक्षणका लागि महानगरमा पुगेका न्यायधीश शर्मालाई न्यायिक समितिका संयोजक समेत रहेका वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले खादा र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको चार गाउँपालिकाले ल्याउन सकेनन बजेट

 Krishna Shrivastav

वीरगंज । पर्साका चार वटा स्थानीय तहले निर्धारित मितिमा नीति, कार्यक्रम तथा बजेट नल्याएका कारण संघीय र प्रदेश सरकारबाट पाउने अनुदानमा कटौती हुने भएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार स्थानीय तहले प्रत्येक वर्षको असार १० गतेभित्र आगामी आर्थिक वर्षको गाउँ सभा तथा नगर सभा मार्फत नीति, कार्यक्रम तथा बजेट पेस गर्नुपर्ने व्यवस्था छ ।त्यस्तै नीति, कार्यक्रम तथा बजेटको पेस गरेको १५ दिनभित्र सभाका सदस्यहरूको बहुमतले त्यसलाई पारित गर्नुपर्ने हुन्छ । तर पर्साका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आज कोशी र बागमती प्रदेशमा भारी वर्षा

 Krishna Shrivastav

वीरगंज । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । यसका कारण देशका अभिर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगजन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी र मधेस प्रदेशका धेरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका तराईका

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अनलाइन जुवा खेलाउने यी हुन् राजासहितका चार आरोपी

 Krishna Shrivastav

वीरगंज । अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बसोबास गर्ने राजा चौधरी समेतका व्यक्तिहरूले वान एक्स बेटबाहेक अन्य विभिन्न अनलाइन क्यासिनो गेम (जुवा)हरूमा अनलाइनमार्फत् बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी सट्टाबाजी गराई खेल खेलाउने गरेको पाइएपछि पक्राउ गरिएको हो। गोप्य सूचनाका आधारमा राजा चौधरीलगायतका व्यक्तिहरूको निगरानी राखी खोजतलास गर्दै जाँदा काठमाडौं महानगरपालिका-१४ कङ्लकीसहित, ठमेल र बालाजु हाइटलगायतका क्षेत्रबाट उनीहरुलाई गएराति पक्राउ गरी आज थप कारबाहीका लागि जिल्ला प्रहरी परिसरमा बुझाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजको तराचन्द्र किशनलाल आधारभुत विद्यालयमा बालबालिकाहरुलाई उपमेयर आलमले बाँडे स्कुल ब्याग

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयास्थित तराचन्द्र किशनलाल आधारभुत विद्यालयका विधार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको छ । वडा नम्बर २ को वडा कार्यालयले विद्यालयमा अध्ययनरत ३ सय ६ जना विधार्थीहरुलाई ब्याग वितरण गरेको हो । सोमबार विद्यालयमै आयोजित कार्यक्रममा प्रमुख अतिथी वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले विधार्थीहरुलाई ब्याग हस्तान्तरण गरे । त्यसअवसरमा उपमेयर आलमले विपन्न तथा जेहेन्दार विद्यार्थीहलाई अध्ययनमा सहज होस् भन्ने उदेश्यले स्कुल ब्याग वितरण गरिएको बताए । वडा नम्बर २ का वडाअध्यक्ष महम्मद रेयाज मियाँको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु वसिर मियाँ, संगीता थापा,रम्भा देवी,वडा कार्यालयका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिक उल्झनमा परि आँटेको काम बिग्रनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रति सजग रहनु होला । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज दैनिक कार्यमा प्रगति हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । सञ्चार र प्रविधि मार्फत आफन्तसँग भेटघाट रहनेछ ।

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजमा वर्ल्ड लिङ्कको नयाँ र सस्तो प्याकेज

 Krishna Shrivastav

वीरगंज । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्कको शाखा वीरगञ्जको आदर्शनगरमा विस्तार भएको छ । उत्कृष्ट इन्टरनेट सेवा उपलब्ध गराउँदै देशकै सबैभन्दा ठूलो सेवा प्रदायक बनेको वर्ल्ड लिङ्कले वीरगञ्जको आदर्शनगरमा शाखा विस्तार गर्दै सुविधा सम्पन्न कार्यालय स्थापना गरेको हो । आदर्शनगरस्थित कार्यालयमा पहिलोको भन्दा धेरै ठाउँ भएको हुँदा जनशक्ति पनि थपिएको छ । सेवाग्राहीलाई छिटोछरितो र कार्यालयसम्मको पहुँचलाई बढाउन आदर्शनगरस्थति एसबीआइ ब्याङ्क भन्दा २ सय मिटर पश्चिम तर्फ कार्यालय स्थापना गरिएको वीरगञ्ज शाखाका प्रमुख अरफात देवानले जानकारी दिए । इन्टरनेट सेवा उपलब्ध गराउनुका साथै वर्ल्ड लिङ्कले आफ्नो

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

तीन जना फरार अभियुक्त पक्राउ

 Krishna Shrivastav

वीरगंज । विभिन्न मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई रौतहटमा प्रहरीले पक्राउ गरि अदालतमा पेस गरेको छ । गौर नगरपालिका-३ बि.पी. चोकबाट ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका हुन् । रौतहट फतुवा विजयपुर नगरपालिका वडा नं. १ का २५ वर्षीय राकेश यादवलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि रौतहट जिल्ला अदालत गौर रौतहटमा बुझाइएको प्रहरीले जनाएको छ। यसैगरी प्रहरीले अदालतबाट कैद तथा जरिवाना सजाय भई पाइ फरार रहेका लागु औषध मुद्दाका प्रतिवादी ३२ वर्षीय रमेशकुमार यादवलाई बृन्दाबन नगरपालिका- १ बिश्रामपुर टोलबाट पक्राउ गरेको छ । यता अदालतबाट कैद

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

शंकरसरैयाको विद्यालयलाई उपकार सेवाले दियो पाँच थान पंखा

 Krishna Shrivastav

वीरगंज । पर्साको जिराभवानी गाँउपालिका वडा नम्बर ५ शंकरसरैयास्थित एक सामुदायिक विद्यालयलाई परोपकारी संस्था उपकार सेवा नेपाले पंखा सहयोग गरेको छ ।शंकरसरैयास्थित सरस्वती सामुदायिक विद्यालयलाई उपकार सेवा नेपालले पाँच थान पंखा सहयोग गरेको हो । सोमबार विद्यालयमै पुगेर संस्थाकी अध्यक्ष विद्या सरावगी सहितको टोलीले विद्यालयका प्रधानाध्यापकलाई पाँच थान पखा प्रदान गरेको हो । कक्षाकोठामा पंखा नुहदा गर्मीमा बालबालिकाहरुलाई पठनपाठनमा समस्या भएको थाहा पाएपछि सोमबार पाँच थान पंखा सहयोग गरिएको संस्थाका सदस्य सज्जन अग्रवालले बताए । पंखा हस्तान्तरण गर्ने अवसरमा सामाजिक अभियन्ता प्रकाश थारु , अंकुर शर्मा , सुमन देवीका साथै

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भंगहा नगरपालिकाको बजेट ५९ करोड

 Krishna Shrivastav

वीरगंज । महोत्तरीको भंगहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि अनुमानित ५९ करोड रुपैयाँ बजेट ल्याएको छ । आइतबार नगरपालिकाको १२ औं नगरसभामा मेयर संजिव कुमार साहले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन् । कृषि, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतलाई समेटेर ५८ करोड ९७ लाख १८ हजार अनुमानित बजेट तथा नीति तथा कार्यक्रम ल्याएको हो । सशर्त अनुदान तर्फ २३ करोड, प्रशासनिक खर्च र अन्य चालू तर्फ ११ करोड २३ लाख १८ हजार, पूर्वाधार निर्माण तथा अन्य योजना कार्यक्रम तर्फ २४ करोड २१ लाख र प्रदेश विशेष एवं

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको मौसम : देशभर पानी पर्ने, तराईमा हावाहुरी चल्ने

 Krishna Shrivastav

वीरगंज । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ–गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी , गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका धेरै भू भागहरू र बाँकी तराईका थोरै

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

३० लाख ऋण दिएर १ करोड २६ लाख असुलेको आरोपमा ललितपुरबाट १ जना पक्राउ

 Krishna Shrivastav

वीरगंज । ३० लाख रुपैयाँ ऋण दिएर १ करोड २६ लाख असुलेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको नखीपोटका ४६ वर्षीय ज्ञानेन्द्र महर्जन छन्। उनलाई जिल्ला प्रहरी परिसर ललितपुरले असार ८ गते ललितपुरकै जुपिटरटोलबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार ज्ञानेन्द्रले ललितपुरकै ३७ वर्षीय मनोज महर्जनलाई वैदेशिक रोजगारीमा जानका लागि भनेर ३० लाख रुपैयाँ ऋण दिएका थिए। पटक पटक गरेर १ करोड २६ लाख लगिसक्दा समेत अझै रकम माग्न नछाडेको भन्दै मनोजले ज्ञानेन्द्रविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए। उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। उनको घरबाट प्रहरीले

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सर्पले डसेर एक युवकको मृत्यु

 Krishna Shrivastav

वीरगंज । झापाको हल्दिबारीमा विषालु सर्पको डसाइबाट एक युवकको मृत्यु भएको छ। हल्दिवारी गाउँपालिका- २ पाराखोपी निवासी ३२ वर्षीय शम्भु राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। प्रहरीका अनुसार आइतबार मध्यरातमा घरको ढोकामा विषालु सर्प देखेपछि राजवंशीले सर्पलाई समातेर घाँटीमा बेर्न खोजेका थिए। सोही क्रममा सर्पले उनको दुवै हातमा डसेका थिए। सर्पले डसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि चाराआली लैजाने क्रममा बाटैमा मृत्यु भएको डीएसपी रिजालले बताए। ‘अत्यधिक मदिरा सेवन गरेका कारण उनले सर्प समातेर घाटीमा बेर्न खोज्दा घटना घटेको हो’ डीएसपी रिजालले भने।

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो चरेशसहित मोल्दोभाका नागरिक पक्राउ

 Krishna Shrivastav

वीरगंज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ८ किलो चरेशसहित मोल्दोभाका नागरिक पक्राउ परेका छन्। टर्किस एयरको ७२७ नम्बरको उडानबाट इस्तान्बुलहुँदै स्वीजरल्याण्ड जान लागेका मोल्दोभाका नागरिक ८ किलो ७ सय ग्राम लागुऔषध चरेशसहित आइतबार पक्राउ परेका हुन्। पक्राउ पर्नेमा डेनिस कुसेरेवी रहेका छन्। त्रिभुवन विमानस्थलको प्रस्थान कक्षबाट उनलाई प्रहरीले पक्राउ गरेको स्रोतले बताएको छ। उनलाई थप अनुसन्धानका लागि लागुऔषध नियन्त्रण व्यूरो लगिएको छ। सो परिणामको लागुऔषध चरेश उनले कहाँबाट ल्याएका हुन् र उनको थप कनेक्सनबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। उनले ०५९६२७३३५ नम्बरको रोमानियाको राहदानी प्रयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

दार्चुलाको दुहु गाउँपालिकाका वडा अध्यक्षको मृत्यु

 Krishna Shrivastav

वीरगंज । जिल्लाको दुहु गाउँपालिका -५ का वडा अध्यक्ष मनोरथ भट्टको मृत्यु भएको छ । स्वास्थमा समस्या देखिएपछि भट् आइतबार जिल्ला अस्पताल दार्चुला आएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रेफर गरिएको थियो। धनगढी लैजाने क्रममा शैल्यशिखर नगरपालिकाको बगौरामा आज बिहान मृत्यु भएको भट्टका आफन्त नवराज भट्टले जानकारी दिएका छन् । अहिले भट्टको शव जिल्ला अस्पताल दार्चुलामा राखिएको छ ।


समाचार
News

लागू औषधसहित युवक पक्राउ

News

आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

News

देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

News

पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

News

बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक