• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    पर्साको चार गाउँपालिकाले ल्याउन सकेनन बजेट

  • वीरगंज संजाल
  • Jun 27, 2023, 11:32 am
  • १३८९

    वीरगंज । पर्साका चार वटा स्थानीय तहले निर्धारित मितिमा नीति, कार्यक्रम तथा बजेट नल्याएका कारण संघीय र प्रदेश सरकारबाट पाउने अनुदानमा कटौती हुने भएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार स्थानीय तहले प्रत्येक वर्षको असार १० गतेभित्र आगामी आर्थिक वर्षको गाउँ सभा तथा नगर सभा मार्फत नीति, कार्यक्रम तथा बजेट पेस गर्नुपर्ने व्यवस्था छ ।त्यस्तै नीति, कार्यक्रम तथा बजेटको पेस गरेको १५ दिनभित्र सभाका सदस्यहरूको बहुमतले त्यसलाई पारित गर्नुपर्ने हुन्छ । तर पर्साका १४ स्थानीय तह मध्ये १० वटा पालिकाले मात्रै आइतबार १० गतेभित्र गाउँ सभा र नगर सभा गर्दै आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि नीति, कार्यक्रम तथा बजेट पेस गरेर त्यसलाई पारित गर्ने प्रक्रिया अगाडि बढाएका छन् । चार वटा पालिकाले भने अझै नीति, कार्यक्रम तथा बजेट पेस गर्न सकेका छैनन् ।छिपहरमाई, धोबिनी, बिदवासिनी र कालिकामाई गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐनमा भएको व्यवस्थाअनुसार असार १० गते गाउँ सभा गर्न नसकेका हुन् ।

    कालिकामाई गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीको विवादका कारण गाउँ सभा हुन सकेको छैन । गाउँपालिका अध्यक्ष वशिष्ठ कुमार कलवारले वरिष्ठ कर्मचारीलाई सरुवा गरेर कनिष्ठलाई स्वास्थ्य संयोजकको जिम्मेवारी दिएपछि सुरु भएको विवादका कारण कार्यालयको सम्पूर्ण कामकाज नै ठप्प छ । त्यसमाथि गाउँपालिका अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । प्रमुख प्रशासकीय अधिकृत अमितकुमार गिरीको जिराभवानी गाउँपालिकामा सरुवा भएपछि उनको सट्टामा कालिकामाई पठाइएका नामोनाथ यादव हालसम्म हाजिर हुन सकेका छैनन् । उनले इमेल मार्फत हाजिर हुन्छ भनेर जानकारी गराए पनि गाउँपालिका अध्यक्ष कलवारले उनलाई हाजिर हुन् नदिएको स्रोतको दाबी छ । बिन्दवासिनी गाउँपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँ सभा गर्न नसकिएको अध्यक्ष प्रमोद तिवारीले बताए । तिवारीका अनुसार प्रमुख प्रशासकीय अधिकृत राजु साहको सरुवा भएपछि उनको सट्टामा सङ्घीय मन्त्रालयले पठाएको दुखी कपारले हालसम्म हाजिर गरेका छैनन् । तिवारीले गाउँपालिकामा जनप्रतिनिधिहरू बिच कुनै विवाद नरहेको स्पष्ट पारे । प्रमुख प्रशासकीय अधिकृत हाजिर हुनसाथ गाउँ सभा गरेर बजेट ल्याउने काम अगाडि बढाइने उनले जानकारी दिए ।

    त्यस्तै धोबिनी गाउँपालिकाले एक÷दुई दिन भित्र गाउँ सभा गर्ने उपाध्यक्ष मञ्जु देवीले बताइन । समयमा तयारी नपुग्दा सभा गर्न ढिलाइ भएको उनको कथन छ । ‘आज बैठक बस्दै छ । एक÷दुई दिनमा गाउँ सभा गरे नीति, कार्यक्रम पारि गर्दै आगामी आर्थिक वर्षका लागि बजेट ल्याउँछौँ,’ उनले भनिन् । उनले पनि गाउँपालिकामा जनप्रतिनिधि बिच कुनै किसिमको विवाद नरहेको स्पष्ट पारिन । छिपहरमाई गाउँपालिकामा भने जनप्रतिनिधिको बिचमा चलिरहेको विवादका कारण गाउँ सभा अनिश्चित भएको छ । गाउँपालिकाका सूचना अधिकारी सन्नी कुमारका अनुसार जनप्रतिनिधिहरूको विवादका कारण गाउँ सभाको तयारसमेत सुरु हुन सकेको छैन । जनप्रतिनिधिहरू बिचमा भागबन्डाको विषय नमिल्दा विवाद भएको गाउँपालिका निकट स्रोत दाबी छ । समयमा गाउँ तथा नगर सभा मार्फत बजेट नल्याउने स्थानीय तहले सङ्घीय र प्रदेश सरकारबाट प्राप्त गर्न अनुदानमा कटौती हुने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प
  • सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा
  • अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ
  • भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा

    अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ

    भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने

    प्रधानमन्त्री र सरकारबारे समीक्षाको विन्दुमा रास्वपा पुगेको छैन : रवि लामिछाने

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा

    अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ

    भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने

    प्रधानमन्त्री र सरकारबारे समीक्षाको विन्दुमा रास्वपा पुगेको छैन : रवि लामिछाने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    News

    सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा

    News

    अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ

    News

    भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने

    News

    प्रधानमन्त्री र सरकारबारे समीक्षाको विन्दुमा रास्वपा पुगेको छैन : रवि लामिछाने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑