पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

 Krishna Shrivastav

वीरगञ्ज । वीरगञ्ज गण्डकदेखि जगरनाथपुर–इनर्वा सडक जोड्ने मार्गअन्तर्गत महुवन नजिकै पटनी चौकमा गएराति ९ बजे एक जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा भीषण दुर्घटना भएको छ। ठोक्किएपछि दुवै सवारीसाधन निर्माणाधीन नालीमा खस्दै आगो लागेको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार दुईमध्ये एकजनाको खुट्टा भाँचिएको, टाउकोमा चोट लागेको र एकको घटनास्थलमै मृत्यु भएको छ। जिपमा सवार चालक र यात्रु भने अझै वेपत्ता रहेका छन् र खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा बारुण यन्त्र तुरुन्त पुगेको र आगो नियन्त्रणमा लिएको थियो । दुर्घटनाको जानकारी पाएलगत्तै सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादव घटनास्थलमा पुगेका थिए र

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

 Krishna Shrivastav

वीरगञ्ज । कृष्ण श्रीवास्तव । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवले महिलाको सशक्तिकरण तथा आत्मनिर्भरता अभिवृद्धिमा गाउँपालिकाले विशेष पहल गर्दै आएको बताएका छन्। गाउँपालिकाको आयोजनामा तीन महिनासम्म सञ्चालन गरिएको सिलाई कटाई तालिमको समापन कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो प्रतिबद्धता जनाएका हुन्। गत जेठ ५ गतेदेखि सुरु भएको तालिम बिहीबार सम्पन्न भएको हो। २० जना महिलाहरूको सक्रिय सहभागिता रहेको उक्त तालिमको समापन अवसरमा अध्यक्ष यादवले सहभागी सबैलाई प्रमाणपत्रसहित सिलाई मेसिन हस्तान्तरण गरे। “सिर्जनशील सीप हासिल गरेर महिलाहरूले घरमै बसेर आम्दानी गर्न सकून् भन्ने उद्देश्यले गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको हो,” अध्यक्ष यादवले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

 Krishna Shrivastav

सर्लाही । सर्लाहीमा बाटो चौडा गर्ने विषयमा भएको विवादमा प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ । सर्लाहीको बरहथवा नगरपालिका–४ खैराटोलमा शनिबार बिहान बाटो विस्तारको क्रममा स्थानीयवासी र प्रहरीबिच झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो । मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीका अनुसार बाटो चौडाइको क्रममा केही स्थानीयले विरोध जनाउँदै ढुङ्गा मुढा गरेपछि प्रहरीले बाध्य भएर ब्ल्याङ्क फायर गरेको हो। झडपका क्रममा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक दिवाकर गणेशसहित चार जना घाइते भएका छन्। घाइतेमध्ये तीन जना सर्वसाधारण रहेको प्रहरीले जनाएको छ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

 Krishna Shrivastav

काठमाडौँ। भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई राजनीतिक प्रतिशोध साँधेर षड्यन्त्रपूर्वक फसाइएको दाबी गर्दै एक लामो अपिल जारी गरेका छन्। पार्टी स्थापनाको तेस्रो वर्षगाँठको अवसरमा सार्वजनिक गरिएको अपिलमा उनले आफूमाथिको सहकारी ठगीको आरोप निराधार रहेको बताउँदै देशका पुराना शक्तिहरूले आफूविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरेको आरोप लगाएका छन्। अपिलमा लामिछानेले रास्वपाको उदयबाट अत्तालिएका पुराना शक्तिहरूले आफूलाई सिध्याउन भयानक षड्यन्त्र रचेको उल्लेख गरेका छन्। ‘छत्तीस वर्षमा यिनीहरूले देश र जनतालाई दिएको दुःखका अगाडि मैले पाएको दुःख त केही पनि होइन,’ उनले भनेका छन्, ‘जब यिनीहरूले सिंगो

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

 Krishna Shrivastav

चितवन । प्रहरीले चितवनमा यात्रुवाहक बस र ईभी माइक्रो बस ठोक्किएर मृत्यु भएका र घाइतेहरूको विवरण सार्वजनिक गरेको छ । शनिबार बिहान जिल्लाको राप्ति नगरपालिकास्थित भन्डारामा धनगढीबाट काँकडभित्तातर्फ जाँदै गरेको प्र.१–००१ ख ३५८३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र.३–००१ ज २९९ नम्बरको माइक्रो बस एक आपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा २४ जना यात्रु घाइते भएका थिए । यस्तो छ मृतक तथा घाइतेहरूको विवरण भरतपुर सरकारी अस्पतालमा मृत्यु भएका– १.मकवानपुर हटिया ३ बस्ने वर्ष ५५ का सोमप्रसाद रुपाखेती २.मकवानपुर हेटौँडा ५ बस्ने वर्ष ५३

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

 Krishna Shrivastav

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरुको पक्षधर भएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आज (शनिबार) बसेको बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलमा भाग लिने क्रममा उनले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘नेपालमा दुई किसिमका जनता छन् । एउटा विदेशमा कमाएर नेपाल ल्याउँछन् । अर्को नेपालमा लुटेर विदेश लैजान्छन् । वर्तमान सरकार कुन जनताको पक्षधर हो ? नेपाललाई लुटेर विदेश लैजाने दलाल र भगौडाहरुको पक्षधर हो कि ? नेपालकोलागि मर्ने र लड्नेहरुको पक्षधर हो ? आज सरकारको कार्यक्रम र

राजनीति, विचित्र संसार, विश्व, वीरगंज संजाल बिशेष, स्वास्थ्य  संग सबंधीत छ |

अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

 Krishna Shrivastav

बीरगञ्ज । कृष्ण श्रीवास्तव । ११औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतकाे महावाणिज्य दूतावास, बीरगञ्जद्वारा शंकराचार्य गेटमा विशेष योग कार्यक्रम सम्पन्न गरिएको छ। जुन २१ मा आयोजना गरिएको सो कार्यक्रम दूतावासद्वारा सञ्चालन गरिएका योग दिवस सम्बन्धी श्रृंखलाका कार्यक्रमहरूको समापन समारोहसमेत हो। नेपाल–भारत सीमाको ठीक छेउ र नेपाल प्रवेशद्वारको रूपमा चिनिने शंकराचार्य गेटमा आयोजित कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री माननीय सतीश कुमार सिंह प्रमुख अतिथि तथा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जयसवाल विशिष्ट अतिथि रहनुभएको थियो। कार्यक्रममा भूतपूर्व मन्त्री, सरकारी उच्च अधिकारी, पतञ्जलि योग समितिका सदस्य, नेपाल–भारत मैत्री संघका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

 Krishna Shrivastav

सिरहा । सिरहाको गोलबजारमा एक १७ वर्षीया युवतीले युवकमाथि डेरामै पुगेर छुरा प्रहार गरेकी छन् । प्रेम सम्बन्धमा रहेका दुबै जनाबीचको विवादपछि घटनाको रुप लिएको बताइएको छ । गोलबजार नगरपालिका–४ मा डेरा लिएर बस्दै आएका २४ वर्षीय अशोक कुमार महतोमाथि सोही नगरपालिकाको वडा नम्बर २ की किशोरीले घाँटीमा तरकारी काट्ने छुरा प्रहार गरेकी हुन् । घटना आज साँझतिर भएको हो । महतोको घाँटीमा छुरा लागेको र अवस्था गम्भीर रहेकाले उनलाई तत्कालै उपचारका लागि गोलबजारकै भुमिजा अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । सिरहा प्रहरीका प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार घटनापछि

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

 Krishna Shrivastav

वीरगन्ज । प्रतिनिधि सभाको आगामी निर्वाचन नजिकिँदै गर्दा देशभर चुनावी सरगर्मी बढ्दै गएको छ । त्यही सन्दर्भमा पर्सा–३ क्षेत्र पनि पछाडि छैन । यहाँको चुनावी माहोलमा अहिले एउटा नाम विशेष चर्चामा छ—रुपेश कुमार पाण्डेय । राजनीतिमा पुराना अनुहारहरूसँग प्रतिस्पर्धा गर्दै पाण्डेय युवाशक्तिको नयाँ प्रतिनिधिको रूपमा उदाउँदै छन् । उनको लोकप्रियता चुलिँदै गर्दा यहाँका नेताहरू चुनावी क्षेत्र परिवर्तन गर्नेसम्मको तयारीमा देखिएका छन् । केही पुराना नेताहरूले भने उनलाई रोक्ने रणनीति बनाइरहेको पाइएको छ । यस्तो अवस्थामा पाण्डेय भने जनतामाझ अझ गहिरो संवादमा व्यस्त छन्। पाण्डेयले अन्य नेताहरूझैँ केवल शहरमा मात्र नबसी

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

 Krishna Shrivastav

बाँके । नेकपा एमाले जिल्ला कमिटी बाँकेद्वारा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम आज भव्य र उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य माननीय राजकुमार गुप्ता प्रमुख अतिथि रहनु भएको थियो। मन्त्री गुप्ताले कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै पार्टी संगठनको मजबुती, जनउत्तरदायी शासन प्रणाली र समावेशी विकासको आवश्यकतामा बल दिनुभयो। उहाँले भन्नुभयो, “पार्टी संगठनको सुदृढीकरण बिना राष्ट्रिय विकास सम्भव छैन। सबै तहका सरकारहरू जनतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ।” उहाँले सुशासन र संघीयता कार्यान्वयनमा नेकपा एमालेले खेलेको अग्रगामी भूमिकालाई स्मरण गर्दै स्थानीय तहदेखि

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

 Krishna Shrivastav

काठमाडौं। अमेरिकी विदेश विभागले अन्तर्राष्ट्रिय विद्यार्थी भिसाका लागि अपोइन्टमेन्टको तालिका पुनः सुरु गर्ने बताएको छ। भिसा आवेदन दिने विद्यार्थीहरूको सामाजिक सञ्जाल खाताहरू पनि जाँच गरिने पनि भनिएको छ। यसका लागि सबै आवेदकहरूलाई उनीहरूको सामाजिक सञ्जाल प्रोफाइलको गोपनीयता सेटिङ ‘सार्वजनिक’ राख्न निर्देशन दिइनेछ। “हामी हाम्रो भिसा जाँचमा उपलब्ध सबै जानकारीहरू संयुक्त राज्य अमेरिकामा प्रवेशको लागि योग्य नहुन सक्ने आवेदकहरू, विशेष गरी राष्ट्रिय सुरक्षामा खतरा निम्त्याउन सक्ने व्यक्तिहरू पहिचान गर्न प्रयोग गर्छौं,” अमेरिकी विदेश विभागले एक प्रेस विज्ञप्तिमा भन्यो। “नयाँ दिशानिर्देशहरू अन्तर्गत आवेदकहरूको अनलाइन उपस्थिति सहित व्यापक र कडा छानबिन गरिनेछ,” विदेश

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

इरानको सरकारी टिभी ह्याक

 Krishna Shrivastav

काठमाडौं । इरानको सरकारी टिभीले आफ्ना दर्शकहरूलाई सरकार विरुद्ध “उठ्न” आह्वान गरिएको क्लिपको बारेमा चेतावनी दिएको छ। इरानको सरकारी टिभीले भन्यो : “यदि तपाईंले टिभीमा वाहियात सन्देशहरू देख्नुभयो भने, यो शत्रुद्वारा उपग्रह सिग्नलहरू जाम गरेको कारणले हो।” सरकारी टिभीले आफ्ना दर्शकहरूलाई चेतावनी दिएको भिडियो सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले पनि सेयर गरेका छन्। भिडियोले इरानी सरकारलाई आफ्ना जनताको अपेक्षा पूरा गर्न असफल भएको आरोप लगाउँछ र मानिसहरूलाई “आफ्नो भविष्यको लागि कदम चाल्न” आह्वान गर्दछ। भिडियोको स्रोत र कथित ह्याकिङ अज्ञात छ। भिडियो क्लिपको माथिल्लो दायाँ कुनामा सिंहको प्रतीक देखिन्छ, जसमा जुन

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

 Krishna Shrivastav

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार राति इरानमाथि आक्रमण गर्ने योजनालाई अनुमोदन गरेको अमेरिकी मिडिया सीबीएस न्युजले जनाएको छ । यद्यपि, ट्रम्पले इरानमाथि आक्रमण गर्ने वा नगर्ने भन्ने बारेमा अन्तिम निर्णय लिएका छैनन्। एक वरिष्ठ गुप्तचर स्रोतले सीबीएसलाई बताएअनुसार यदि इरान आफ्नो आणविक कार्यक्रम त्याग्न सहमत भएमा ट्रम्पले आफ्नो आक्रमण योजना रोक्न सक्छन्। यो समाचार पहिलो पटक वाल स्ट्रिट जर्नलले रिपोर्ट गरेको थियो। बुधबार, जब ट्रम्पलाई इरानमा अमेरिकी हस्तक्षेपको बारेमा सोधिएको थियो, उनले भने, “म त्यो गर्न सक्छु, म त्यो नगर्न पनि सक्छु।” जुन १३ मा इजरायलले इरानको ‘आणविक

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

 Krishna Shrivastav

पोखरा । कास्कीको पोखरा महानगरपालिका ८ सिमलचौरबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्याङ्जा घर भई हाल कास्की पोखरा महानगरपालिका वडा नं. ७ रत्नचोक बस्ने २८ वर्षको मनोज रेग्मी, पोखराका २८ वर्षीय राज बहादुर पौडेल, राजेश बहादुर पौडेल र २३ वर्षकी रोज कुँवर रहेका छन्। सोमबार कास्की जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। सिमलचौरस्थित प्रतिभा मार्गमा सवारी साधन चेकजाँच गर्दा ग १७ प ७२३४ नम्बरको मोटर साइकल र ग १४ प ३३५९ नम्बरको मोटर साइकलबाट केही ट्याब्लेट र

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

 Krishna Shrivastav

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद बहिष्कार गरेको छ। शुक्रबार प्रतिनिधि सभाको बैठक विरोध हुँदा पनि चलेको भन्दै राप्रपाले संसद बहिष्कार गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बताए। उनले भने, ‘जनताले दिएको विश्वासलाई घात नगरौं। अन्यायको महल कति दिन टिक्ला र झुटको पर्दाले कति दिन छेकिएला। आज नभए भोलि त ढल्नैपर्छ। किनकी सत्यको जित निश्चित हुन्छ। जबसम्म यो भिजिट भिसा प्रकरणमा छानबिन समिति बन्दैन तबसम्म अवरोध जारी रहन्छ। संसदमा एउटा दलको पनि त्यतिकै हैसियत हुन्छ, एकजना सांसदको पनि त्यति नै हैसियत हुन्छ। विरोध हुँदा पनि संसद चल्छ भने

Breaking News, देश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

 Krishna Shrivastav

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) सांसद अमरबहादुर थापाले बजेट पुस्तिका सदनमै च्यातेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको बजेटमा एकाधिकार कायम गरिएको र जनताप्रति उत्तरदायी नभएको भन्दै उनले बजेट पुस्तिका सदनमै च्यातेका हुन्। उनले भने, ‘भौतिक मन्त्रालयको बजेटले धेरै जिल्ला सम्बोधन गर्न सकेन। अहिलेको बजेट नेतामुखि भएको हुनाले बजेटको किताब हेरेँ, जनताबाट उठेको राजस्वले जनताप्रति उत्तरदायित्व लिएको छैन। एकाधिकार कायम गरेकाले अनुमति लिएर सदनभित्र यो किताब च्यातेको छु।’ भौतिक पूर्वाधार मन्त्रालयको बजेटले दैलेखलाई सम्बोधन गर्न नसकेको उनको गुनासो छ।


सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

 Krishna Shrivastav

धनगढी । खानेपानीमन्त्री प्रदीप यादवले स्थानीय तहसँगको सहकार्यद्वारा देशभरका नागरिकलाई सुरक्षित तथा पर्‍याप्त खानेपानी पुर्‍याउने सरकारको प्रतिबद्धता रहेको बताएका छन्। बिहीबार धनगढीमाई नगरपालिका स्थित डावरटोल–नैनपुरटोल खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री यादवले आयोजना मार्फत नगरवासीलाई घरदैलोमै स्वच्छ, सुरक्षित र पर्‍याप्त मात्रामा खानेपानी पुर्‍याइ यहाँका स्थानीयवासीको स्वास्थ्य, सरसफाइ र जीवनस्तरमा समेत उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे। आयोजनालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न स्थानीय सरकार, प्राविधिक समूह र जनसहभागिताको ठूलो भूमिका रहेको उल्लेख गर्दै मन्त्री यादवले प्रशङ्सा समेत गरे। उनले यस्ता आयोजनाले समावेशी विकासलाई तीव्रता दिने उल्लेख गर्दै अन्य वडाहरूमा पनि क्रमशः यस्ता योजना

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

तीन दलका शीर्ष नेताको बैठक स्थगन

 Krishna Shrivastav

काठमाडौं । समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको आजका लागि तय भएको बैठक स्थगन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो २ बजे बस्ने भनिएको बैठक विशेष कारणवश हाललाई स्थगन भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ। बुधबारका लागि तय भएको बैठक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं बाहिर रहेकाले आज दिउँसो ३ बजेका लागि सारिएकामा पुनः २ बजे बस्ने भएको थियो।


समाचार
News

नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

News

ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

News

महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

News

देशभर बर्षा र बाढीको चेतावनी

News

आज राष्ट्रीय धान दिवस