• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

  • वीरगंज संजाल
  • ८ असार २०८२, आईतवार ०५:५२
  • ७६५

    वीरगञ्ज । भारतको उत्तराखण्डस्थित उद्यमसिंह नगरमा आकर्षक रोजगारीको प्रलोभनमा परेर बन्धक बनाइएका ३५ नेपाली युवालाई सकुशल उद्धार गरिएको छ ।

    दिल्लीस्थित सामाजिक संस्था ‘किन इन्डिया’ र स्थानीय प्रहरीको संयुक्त प्रयासमा काशीपुरबाट नेपालीहरूलाई मुक्त गरिएको हो । उद्धार गरिएका युवाहरू १६ देखि ४१ वर्ष उमेर समूहका छन् । उनीहरू ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, सुनसरी, उदयपुर, सर्लाही, दाङ, स्याङ्जा, रुकुम, बाँके, बागलुङ र डोटी जिल्लाका बासिन्दा हुन् ।

    ‘किन इन्डिया’का प्रमुख नवीन जोशीका अनुसार बन्धक बनाइएका युवाहरूलाई दुई सातादेखि १० महिनासम्म कोठामा थुनेर राखिएको थियो । कुटपिट र डर धम्कीका कारण उनीहरूको शरीरमा चोटपटक देखिएको छ ।

    भारतीय सञ्चार संस्था हिन्दुस्तान दैनिकको रिपोर्टअनुसार, युवाहरूलाई तीन वटा कोठामा बन्दी बनाइएको थियो । उद्यमसिंह नगरका प्रहरी अधीक्षक (एसपी) उत्तम सिंह नेगीले बन्धक बनाइएको सूचनापछि तत्काल उद्धार अभियान चलाएको बताए । उनले आपराधिक कार्यमा नेपाली नागरिककै संलग्नता रहेको खुलासा गरेका छन् । प्रहरीले धनगढीका वीरेन्द्र शाहीसहित दुई भारतीय नागरिकलाई पक्राउ गरी अनुसन्धान समेत सुरु गरेको उनले बताए ।

    प्रहरी अनुसन्धानले घटना सुनियोजित आपराधिक सञ्जालको हिस्सा रहेको देखाएको छ । आकर्षक जागिरको प्रलोभन देखाएर नेपालबाट युवाहरूलाई उत्तराखण्ड बोलाउने, कागजात बनाउने बहानामा २० देखि ५० हजार भारतीय रुपैयाँ असुल्ने र त्यसपछि डर धम्की दिएर बन्धक बनाउने गरिएको पाइएको छ ।

    बन्धक बनाइएकाहरूलाई काममा पठाउने आश्वासन दिएर झुलाउने र पुनः नेपालबाट थप मानिस ल्याउन बाध्य पार्ने गरेको जोशीले बताए । “यो एउटा चक्र हो, जहाँ एक व्यक्तिबाट पैसा असुलेपछि उसैलाई प्रयोग गरेर अरूलाई फसाइन्छ,” उनले भने ।

    बन्धनबाट भागेर आएका एक युवकले ताप्लेजुङ जिल्ला प्रशासनमा उजुरी दिएपछि घटना बाहिरिएको प्रहरीले जनाएको छ । उनले कपडा कम्पनीमा हिसाब–किताबको जागिरको प्रलोभनमा चिनजानकै व्यक्तिले उत्तराखण्ड बोलाएको र त्यहाँ पुगेपछि कोठामा थुनेर शारीरिक–मानसिक यातना दिएको बयान दिए । “नेपालका विभिन्न जिल्लाबाट धेरै जना यहाँ छन्, यस्तो अवसर बारम्बार आउँदैन भन्दै बोलाइयो, तर यहाँ आएपछि हामीलाई यातना दिइयो,” उनको उजुरीमा उल्लेख छ ।

    ताप्लेजुङ प्रशासनमार्फत दिल्लीस्थित नेपाली दूतावासमा सूचना पुगेपछि दूतावासले ‘किन इन्डिया’ सँग सहकार्य गरेको थियो । दूतावासको पत्राचार र उत्तराखण्ड प्रहरीको समन्वयमा ३५ जनाको उद्धार सम्भव भएको हो । जोशीका अनुसार यातनाकै कारण ताप्लेजुङका एक २८ वर्षीय युवाको मृत्यु समेत भएको थियो । “अरू नेपाली पनि बन्धक रहेको सूचना छ, उनीहरूको उद्धारका लागि हामी निरन्तर लागिरहेका छौँ,” उनले भने ।

    घटनाले मानव तस्करी र बन्धक बनाउने आपराधिक सञ्जालको डरलाग्दो रूपलाई उजागर गरेको छ । नेपाली युवाहरूलाई रोजगारीको आडमा ठगी र यातनाको सिकार बनाउने यस्ता गतिविधिविरुद्ध कडा कारबाही र सचेतनाको खाँचो देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑