एसइईको पूरक परीक्षा साउन २६ र २७ गते

 Krishna Shrivastav

वीरगंज । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि (पूरक) परीक्षा साउन २६ र २७ गते हुने भएको छ। शनिवार सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको मिति तय गरेको हो। अन्तिम ग्रेड सी वा सी भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन्। बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि परीक्षा दिने पाउने बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ। ग्रेड वृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय एकाइमा पठाउनुपर्नेछ। परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन्।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जनकपुर रामानन्द चोकमा १ घण्टा हाइवे चक्का जाम

 Krishna Shrivastav

वीरगंज । रामनिवास कुमार पटेल । जनकपुरको रामानन्द चोकमा १ घण्टा हाइवे चक्का जाम गरिएको छ । विगत १८ महिना देखि राजर्षि जनक विश्वविद्यालय मानविकी तथा सामाजिक विज्ञान संकाय विश्वविद्यालयको उपकुलपति’ डिन, क्यम्पस प्रमुख विहिन भएकोले यहि विद्यालयमा (वि.ए.एल.एल वि.) को चौथो सेमेस्टरमा अध्यन गर्ने जमसेद आलम द्वारा जनकपुरको रामानन्द चोकमा १ घण्टा हाइवे चक्का जाम गरिएको छ । जमसेद आलम : ६ महिनाको सेमेष्टर प्रणाली ९ देखि १० महिना सम्ममा परीक्षा हुँदैछ। दोस्रो पटक उपकुलपतिका लागि खोलिएका आह्वानमा ६ जनाको short list मा नाम आएको र मिति २०८०/०३/०५ गते

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

करेन्ट लागेर कामदारको मृत्यु

 Krishna Shrivastav

वीरगंज । सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । शुक्रबार साँझ ७ बजेको समयमा सप्तरीको छिन्मस्ता गाउँपालिका ५ स्थित मुसहरी टोलमा बाटोको ढलान कार्यमा संलग्न कामदारको रुपमा काम गर्ने २७ वर्षीय रामेश्वर मंडलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।


काम समयमै सक्न उपमेयर आलमकाे निर्देशन

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले महानगरका विभिन्न वडामा भइरहेका विकास निर्माणका कामको स्थलगत अनुगमन गर्न सुरु गरेका छन् ।बिहानको समयलाई अनुगमनमा बिताउने अभिप्रायका साथ आलमले महानगरभित्रका विभिन्न स्थानमा अनुगमन गर्ने कार्यलाई निरन्तरता दिने बताएका छन् । शनिवार बिहान पनि उपमेयर आलमले वीरगन्ज महानगरपालिका वडा नम्बर २६ सुगौली विर्तामा भइरहेका विकास निर्माणका विभिन्न कार्यहरुको स्थलगत अनुगमन गरेका हुन् । सम्बन्धीत शाखाका कर्मचारीलाई पनि संगै लिएर अनुगमनमा गएका उपमेयर आलमले निर्माण भइरहेको सडक, भवनको सहि तरिकाले काम गर्न ठेकेदार र निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । निर्माण कार्य कुनै पनि

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगन्ज १० मा वडाअध्यक्षकाे पहलमा बाेरिङ जडान भएपछि स्थानीयवासी हर्षित

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महानगरपालिका वडा नम्बर १० काे घडीअर्वा र रानीघाटमा खानेपानीको समस्या समाधान गर्न वडाअध्यक्षाे पहलमा बोरिङ जडान भएपछि स्थानीय हर्षित भएका छन् ।पछिल्लो समय बढेको गर्मीसँगै समयमा बर्षात नहुँदा जमिनमुनि सतहको पानी सुक्दा चापाकलहरूमा पानी आउन छोडेपछि अचानक आएको खानेपानीको समस्यालाई समाधान गर्न बोरिङ जडान भएपछि वडावासी हर्षित भएका हुन् । वडाअध्यक्ष सुशील साह कानुले वडा स्तरीय बजेटबाट रानीघाट र घडिअर्वा टोल गरी दुई स्थानमा बोरिङ जडान गराएका हुन् । ‘अहिले पहिलो चरणमा वडाका दुई स्थानमा बोरिङ जडान गरेको छु । दोस्रो चरणमा ठाउँ ठाउँमा पाइप मार्फत त्यसको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सवारी दुर्घटना न्युनिकरणका लागि वीरगन्ज १० का ६ स्थानमा लगाइयाे स्पिड ब्रेकर

 Krishna Shrivastav

वीरगंज । सवारी दुर्घटना न्युनिकरणका लागि वीरगन्ज महानगरपालिका वडा नम्बर १० काे विभिन्न चाेकका सडकमा स्पिड ब्रेकर लगाइएकाे छ । वडाअध्यक्ष सुशील साह कानुकाे पहलमा वडास्तरीय बजेटबाट वडा नम्बर १० विभिन्न ६ स्थानमा स्पिड ब्रेकर लगाइएकाे हाे । वडाअध्यक्ष कानुका अनुसार, ठाकुराम क्याम्पसबाट सिर्सिया जाने चाेक, बालमन्दिर चाेक, टाउन हल अगाडि, नेपाल राष्ट्र बैंक अगाडि , अशाेकवाटीका जाने चाेक र आदर्श स्कुल अगाडि गरि ६ स्थानमा स्पिड ब्रेकर लगाइएको हाे । सहरकाे केन्द्रमा रहेकाे वडा नम्बर १० मा तिब्र गतिमा कारण सवारी दुर्घटना हुने क्रम बढेपछि त्यसैलाई मध्यनजर गरि स्पिड

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

‘आदिपुरुष’का लेखकले मागे माफी

 Krishna Shrivastav

वीरगंज । विवादित भारतीय फिल्म आदिपुरुषका संवाद लेखक मनोज मुन्तसिरले हिन्दु धर्मावलम्बीहरूलाई चोट पुगेको भन्दै माफी मागेका छन्। सामाजिक सञ्जालमा शनिबार बिहान उनले लेखेका छन्, ‘म आदिपुरुष फिल्मबाट जनभावनालाई पर्न गएको चोट स्वीकार गर्छु, मेरा सम्पूर्ण दाजुभाइ दिदीबहिनी,आदरणीय ऋषिमुनि तथा श्रीरामका भक्तजन सबैसँग हात जोडेर निःशर्त माफी माग्छु।’ फिल्म आदिपुरुष प्रदर्शनमा आएलगत्तै यसमा राखिएका दृश्य तथा संवादलाई लिएर नेपाल तथा भारतभर चर्को विरोध भएको थियो। फिल्ममा समावेश धेरैजसो दृश्यले रामायणको उपेक्षा गरेको त्यसका पात्रहरूलाई गलत ढंगले अर्थ्याइएको थियो। नेपालकी छोरी सीतालाई भारतमा जन्मिएको भन्ने संवाद राखिएको भन्दै काठमाडौँलगायत देशका केही मेयरले

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज परिवारमा सुख सन्तोष छाउनेछ । सफल यात्राको योग छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । जोशजाँगर र उमङ्ग पनि बढ्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् र शुभकार्यको चर्चा चल्नेछ । सेयर बजारमा लागेकाहरूलाई समय निकै राम्रो रहनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज प्राविधिक काममा सफलता प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सेवा नेपाल समूहद्वारा वीरगञ्ज – २६ मा वृक्षारोपण

 Krishna Shrivastav

वीरगंज । सेवा नेपाल समूह नेपाल नामक सामाजिक संस्थाले सिटिजन्स पब्लिक स्कूलसँगको सहकार्यमा वीरगञ्ज – २६ मा वृक्षारोपण गरेको छ । हरित वीरगञ्ज बनाउने उद्देश्यका साथ संस्थाले वीरगञ्ज – २६ का विभिन्न स्थानमा भिन्न प्रकारका बोटबिरुवाहरू रोपेर वृक्षारोपण गरेको हो । संस्थाका अध्यक्ष अङ्केत पूरीको सभापतित्वमा भएको कार्यक्रममा सशस्त्र प्रहरी बल पर्साका प्रहरी उपरीक्षक (एसपी) सुमन थपलिया, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी नायव निरीक्षक (सई) हनुमान राउत, वडा अध्यक्ष शम्भु तिवारी, इलाका प्रहरी कार्यालय सुगौली बिर्ताका प्रमुख प्रमोद कुमार लगायतले पनि सहभागिता जनाएका थिए । त्यस्तै कार्यक्रममा सिटिजन्स स्कूलका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रासायनिक मलको कालोबजारी गर्ने बहुदरमाईका साह वीरगंजबाट पक्राउ

 Krishna Shrivastav

वीरगंज । मलको कालो बजारी गरेको आरोपमा पर्सा प्रहरीले एक व्यवसायीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका – २ निवासी २८ वर्षीय दिपेशकुमार साह रहेका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले उपलब्ध गराएको शक्ति युरिया मलको ५० किलोग्रामको बोराबाट पल्टी गरी भारतीय युरिया मलको ४५ किलोग्रामको बोरामा राखी प्याकेजिङ गरी अनधिकृतरूपमा विक्री वितरण गर्दै आएको विशेष सूचनाको आधारमा साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साहलाई बिहीबार बिहान साढे ९ बजेको करिबमा वीरगञ्ज महानगरपालिका – २१ हनुमान मन्दिर चोकबाट उनले सञ्चालन गरेको रासायनिक मल गोदामबाट नियन्त्रणमा लिइएको पर्सा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मुख्य नालामाथी बनेको हरिखेतान क्याम्पस भवन भत्काएर हटाउन वीरगन्ज महानगरको निर्देशन

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महानगरपालिकाले मुख्य नालामाथि निर्माण गरेको संरचना हटाउन हरिखेतान बहुमुखी क्याम्पसलाई निर्देशन दिएको छ । क्याम्पसको संरचना मुख्य नालामाथी निर्माण हुँदा नाला सफाईमा अवरोध भएकाले निर्माण गरिएका संरचना हटाउन महानगरले क्याम्पसलाई निर्देशन दिएको हो । जिल्ला हुलाक कार्यालयदेखी मुख्य नाला सफाई गर्दै आएको महानगरले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउँदै सफाईलाई निरन्तरता दिँदै आएको छ ।हरिखेतान क्याम्पस पछाडीसम्म सफाई गरेको महानगरले क्याम्पसको संरचना नहट्दा मुख्य नाला सफाइमा अबरोध भएपछि क्याम्पसको संरचना तत्काल हटाउन महानगरले शुक्रबार क्याम्पस प्रशासनलाई निर्देशन दिएको हो । पटक पटक सूचना दिँदा पनि हटाउन

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पोखरिया नगरपालिकामा अाज १८ दिने ब्युटिसियन तालिम सम्पन्न

 Krishna Shrivastav

वीरगंज । राजन कुमार बानिया । पर्साको पोखरिया नगरपालिका वडा न ७ रानिगंजमा अाज १८ दिने ब्युटिसियन तालिम सम्पन्न भएको छ। पोखरिया नगरपालिकाको सहयोग तथा सिवमान्चल बिकास एन्ड संचार समाज प्रा ली पोखरिया को अायोजनामा महिला हरुको लागि सीप अभिबृद्विको लागि १८ दिने तालिमको समापन समारोह वडा नं ७ का वडा अध्यक्ष परमानन्द प्रसाद कुर्मीक़ो अध्यक्षता तथा पोखरिया नगरपालिकाको नगर प्रमुख प्रदुमन प्रसाद चौहानक़ो प्रमुख आतिथ्यमा भएको तालिम मा बोल्दै प्रमुख अतिथि चौहानले भने महिला हरुलाई अात्मनिर्भर बनाउनको लागी सिपमुल्क कार्यक्रम ल्याएर राजगारी दिने सोच रहेको छ। नगरपालिकाका महिला हरु

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बारामा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना युवक घाइते

 Krishna Shrivastav

वीरगंज । बारामा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना युवक घाइते भएका छन् । बाराको करैयामाई गाउँपालिका १ सहजौली बस्ने ३० वर्षीय फिरोज हवारी र प्रसौनी गाउँपालिका १ प्रसौनी बस्ने २३ वर्षीय महम्मद बाबुजान आलम घाइते भएका हुन् । आज बिहान प्रसौनी–२ स्थित दुधौरा पुलमा कलैयाबाट वीरगञ्जतर्फ आउदैँ गरेको ना ७ ख ६४३४ नम्बरको टिपरले विपरीत दिशाबाट जादै गरेको ना २४ प ३४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक फिरोज र पछाडी सवार महम्मद बाबुजानको शरिरको विभिन्न भागमा चोट लागेको छ । ठक्करबाट फिरोज गम्भिर घाइते भएको र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

महोत्तरीबाट स्रोत नखुलेको १० लाख ३० हजार रुपैयाँसहित भारतीय युवक पक्राउ

 Krishna Shrivastav

वीरगंज । स्रोत नखुलेको १० लाख ३० हजार रुपैयाँसहित महोत्तरी प्रहरीले एक भारतीय युवकलाई नियन्त्रणमा लिएको छ। बिहीबार दिउँसो जलेश्वर नगरपालिका वडा नं. ३ स्थित भिठ्ठामोडबाट जलेश्वरतर्फ आउँदै गरेको बिआर ३० ड्ब्लु ५३५२ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्दा रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। पक्राउ पर्नेमा भारत बिहार प्रान्त जिल्ला सितामढी थाना सुरसण्ड ग्राम सिखण्डी भिठ्ठामोड ५ बस्ने २० वर्षीय चन्दनकुमार साफी रहेकोे प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए । बरामद भएको रुपैयाँ तथा मोटरसाइकल सहित साफीलाई आवश्‍यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय बारा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपाल भित्रिदैँ गरेको अवस्थामा साढे २९ किलो विस्फोटक पदार्थ सहित भारतीय नागरिक पक्राउ

 Krishna Shrivastav

वीरगंज । भारबाट नेपाल भित्रिदैँ गरेको विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ । जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ३ खुनपुरबाट प्रहरी टोलीले २९ किलो ५०० ग्राम विस्फोटक पदार्थ बरामद गरेको हो । सशस्त्र प्रहरीले भारतीय नागरिकसहित विस्फोटक पदार्थ फेला पारेपछि नेपाल प्रहरीलाई जानकारी गराएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले विस्फोटक पदार्थसहित लख्मिपुर खिरी चन्दन चौकी बस्ने ४२ वर्षका शिव गुप्तालाई पक्राउ गरेको हो । भरुवा बन्दुकमा प्रयोग गरिने विस्फोटक पदार्थ सहित पक्राउ परेका गुप्ता विरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले जानकारी दिए ।


बाराको निजगढमा बसबाट ८ लाख बराबरको मोबाईलको टेम्पर ग्लास बरामद

 Krishna Shrivastav

वीरगंज । सशस्त्र प्रहरीले पूर्वपश्चिम राजमार्गस्थित बाराको निजगढ नगरपालिका ८ बकैया पुल क्षेत्रबाट ८ लाख रुपैयाँ बराबरको मोबाइलको पीभीसी टेम्पर ग्लास बरामद गरेको छ। महोत्तरीबाट काठमाडौंतर्फ गइरहेको ना ५ ख ४७६७ नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्दा न्यून बिलबिजक भएको उल्लिखित मूल्य बराबरको १६ हजारवटा ग्लास सुरक्षा बेस निजगढले बरामद गरेको हो। बरामद गरिएको १६ वटा कार्टुनमा राखिएका ग्लास आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।


सप्तरीमा चट्याङ लागेर एकजनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज । सप्तरीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । बिहिबार साँझ सप्तरीको बिष्णुपुर गाउँपालिका ७ बिष्णुपुर टोल बस्ने ७० वर्षीय राम प्रसाद रामको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आफनै खेतमा काम गरिरहेको अवस्थामा परेको बर्साको पानी सँगै चटयाङ परी घाईते भएका रामलाई उपचारको लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज लगेकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।


पर्सामा सर्पले टोक्दा एकजनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज । पर्सामा सर्पले टोक्दा एकजनाको मृत्यु भएको छ । जिल्लाको जिराभवानी गाउँपालिका १ का ५० वर्षीय सत्यनारायण साहको सर्पको टोकाईबाट मृत्यु भएको हो। बुधबार खेतमा काम गरिरहेका बेला साहलाई सर्पले टोकेपछि उपचारका लागि उनलाई ठोरी गाउँपालिकास्थित सर्पदंश उपचार केन्द्रमा लगिएकोमा उपचारको क्रममा बिहीबार बिहान १० बजे मृत्यु भएको हो ।


समाचार
News

लागू औषधसहित युवक पक्राउ

News

आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

News

देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

News

पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

News

बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक