Krishna Shrivastav
भुक्तानीको माग गर्दै निर्माण व्यवसायीले गरे सडक डिभिजन कार्यालय घेरा
Krishna Shrivastav

वीरगंज । बिल भुक्तानीको माग गर्दै निर्माण व्यवसायीहरूले सडक डिभिजन कार्यालय,रौतहटको कार्यालय घेराउ गरेका छन् । चालु आर्थिक वर्षमा सम्पन्न गरेका विभिन्न विकास निर्माणको काम सम्पन्न गरेर कार्यालयमा पेश गरिएको विलको रकम भुक्तानी नगरेको भन्दै चन्द्रनिगाहपुरस्थित सडक डिभिजन कार्यालयमा आइतबारदेखि विरोध कार्यक्रम तथा धर्नामा बसेका हुन । निर्माण व्यवसायी संघ,रौतहटका पदाधिकारीहरु सडक डिभिजन कार्यालयको गेटमा विरोधस्वरुप टायर बालेर धर्नामा बसेका छन् । सो कार्यालयअन्तरगत रौतहट र सर्लाही दुई जिल्लामा संघीय भौतिक पूर्वाधार मन्त्रालयका विकास निर्माणका कार्यक्रमहरू सञ्चालन हुँदै आएको छ। कार्यालयले विभिन्न निर्माण व्यवसायीको २५ करोड रुपैयाँ बढि रकमको बिल