Krishna Shrivastav
फाेनमा केटी जिस्काएकाे निहुँमा कुटपिट हुदाँ पर्सामा एक युवकको मृत्यु
Krishna Shrivastav

वीरगंज । पर्सामा फोनमा केटी जिस्काएको बिषयलाई लिएर विवाद भई कुटपिट हुँदा एक युवकको मृत्यु भएको छ। पर्सागढी नगरपालिका–४ बरवाटाडी टोल बस्ने २१ बर्षीय जमुदिन महमद अंसारीको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक अंसारीका १७ बर्षीय भाईले भारतको केरला बस्ने १६ बर्षीय किशोरीलाई टेलिफोन गरि जिस्काएका थिए। त्यही बिषयलाई लिएर गत शनिबार राति वकिल महमद अंसारी र अली महमद अंसारीबीच झगडा भएको थियो । झगडाको क्रममा कुटपिट हुदा अबतुल्लाह मियाँ अंसारीले चिर्पटले प्रहार गर्दा गम्भीर घाइते भएका जमुदिनको एलएस न्युरो अस्पताल बारामा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको पर्साका प्रहरी