Krishna Shrivastav
वीरगञ्जसँग सम्बन्धित भ्रामक सूचना सार्वजनिक नगर्न प्रशासनको चेतावनी
Krishna Shrivastav

पर्सा | जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सञ्जालमार्फत समाजमा भ्रम र उत्तेजना फैलाउने खालका भ्रामक सूचनाहरू सार्वजनिक भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रशासनले विशेषगरी पुराना घटनासँग सम्बन्धित सामग्री तथा पछिल्लो समयमा वीरगञ्जको परिवेशलाई प्रतिकूल असर पार्ने खालका असम्बन्धित सामाग्रीहरू सामाजिक सञ्जालमा पोष्ट, शेयर, लाइक तथा टिप्पणी गरी फैलाउने कार्यप्रति चिन्ता व्यक्त गरेको छ। यस प्रकारका गतिविधि कानून विपरीत हुने भन्दै प्रशासनले त्यसरी सार्वजनिक गरिएका सामग्रीहरू तुरुन्त हटाउन अनुरोध गरेको छ। साथै, यस प्रकारका क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई कानूनी कारवाही हुने चेतावनी समेत दिएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा हस्ताक्षरित