Krishna Shrivastav
बलात्कार कसुरमा पाँच वर्ष कैद
Krishna Shrivastav

वीरगंज । ५७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा सर्लाहीकाे ईश्वरपुर नगरपालिका–५ का ४८ वर्षीय सुर्य बहादुर स्याङवोलाई जिल्ला अदालत सर्लाहीले बिहिबार पाँच वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश विनोद कुमार गौतमको इजलासले आरोपितलाई कसुर ठहर गर्दै पाँच वर्ष कैद सजाय र ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिने गरी मुद्दाको अन्तिम फैसला गरेको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । पीडितलाई आरोपित स्याङवोले २०७६ साउन १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय केशरगंजमा भदौ ८ गते उजुरी दिएकाे थियाे । पीडितको स्वास्थ्य परीक्षण भदौ ९