पथलैयाबाट तस्करीको डेढ करोडको सामानसहित दुई वटा ट्रक पक्राउ

 Krishna Shrivastav

वीरगन्ज | बाराको पथलैयाबाट प्रहरीले राजश्व छलीको करिब डेढ करोड ५० लाख भन्दा बढी मुल्यको सामानसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगन्जबाट मालसामान लोड गरेर भैरहवा र काठमाडौं जाँदै गरेका दुवै ट्रक प्रहरीले पथलैयामा रोकेर चेकजाँच गर्दा दुवै ट्रकबाट भन्सार छलीका १ करोड ४२ लाख १ हजार ८५१ रुपैयाँ मुल्यको सामान बरामद भएको बाराका प्रहरी उपरीक्षक सुरेश काफलेले बताए । विरगन्जबाट भैरहवातर्फ जाँदै गरेको ना ६ ख ३८२८ र वीरगन्जबाटै काठमाडौं जाँदै गरेको ना ८ ख ४८४२ नम्बरको ट्रक पथलैयामा बुधबाराति रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा ना

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सोलार वैकअप सिस्टम टेक्निसियन र बार्बर तालिमको प्रमुख अतिथी अनिल अग्रवाल द्वारा समुदघाटन

 Krishna Shrivastav

वीरगन्ज । सोलार वैकअप सिस्टम टेक्निशियन र बार्बर तालिमको प्रमुख अतिथी वीरगन्ज उधोग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले आज समुदघाटन गरेका छन । पारस सीप विकास केन्द्र द्वारा आयोजित एवं BICCI MEDF को सहयोगमा आयोजना हुने सो तालिमको आज वीरगन्ज उधोग वाणिज्य संघको सभाहलमा अग्रवालले दिप प्रज्जवलन गरि समुदघाटन गरेका हुन । सो तालिम पारस सीप विकास केन्द्रका अध्यक्ष पारस प्रसाद कुर्मी को अध्यक्षता एवं वीरगन्ज उधोग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालको विशिष्ट आतिथ्यमा सम्पन्न भएकोमा अतिथिहरु नेपाल नाइ संघ पर्साका सभापति निसार अहमद,प्रा.डा. हरेराम ठाकुर ,प्रशिक्षक सियाराम नेपाली ,BICCI

Breaking News, देश, समाचार  संग सबंधीत छ |

जिउतिया पर्वकाे अवसरमा वीरगन्जका विद्यालयमा भाेलि विदा

 Krishna Shrivastav

वीरगन्ज | जिउतिया पर्वकाे अवसरमा वीरगन्ज महानगरपालिकामा रहेका विद्यालयहरुमा भाेलि शुक्रबार विदा दिइएको छ । वीरगन्ज महमनगरपालिका नगरपालिकाकाे कार्यालयले बिहीबार एक सुचना जारी गरेर जिउतिया पर्वकाे अवसरमा भाेलि शुक्रबार महानगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विदा दिइएको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पाैडेलले जारी गरेकाे सुचनामा भाेलि शुक्रबारका दिन वीरगन्जमा रहेका सबै विद्यालयमा विदा दिने निर्णय गरिएको उल्लेख छ। तराई मधेसमा मनाइने महिलाहरुकाे महान् पर्व जिउतिया आजदेखि विधिवत रुपमा सुरु भएकाे छ ।


माथिल्लो मैलुङ खोलाको आईपीओ बिक्री खुला

 Krishna Shrivastav

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपश्चात् १२ लाख ८४ हजार २०० कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन खुला गरेको हो । कम्पनीले निष्कासन गरेको आईपीओमा आवेदकले १० देखि १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ । तर, उक्त अवधिसम्म मागअनुसार आवेदन नपरेमा ढिलोमा कात्तिक २ गतेसम्म आवेदन खुला रहनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

दैनिक समातिन्छ तस्करीको सामान, समातिँदैनन् तस्कर

 Krishna Shrivastav

वीरगंज | नेपालीको महान् पर्व दसैं, तिहार र छठ नजिकिँदै गर्दा भारतबाट भान्सार छलेर भित्र्याइएको ठुलो परिमाणमा तस्करीको मालवस्तु दैनिक रूपमै पक्राउ पर्ने क्रम बढेको छ । राजस्व अनुसन्धान, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले विभिन्न नाकाहरूबाट तस्करी गरी भित्र्याइएको खाद्यान्न सामग्री, लत्ताकपडालगायत मालबस्तु सीमानाका वा ढुवानीका साधनबाट दैनिक रूपमै पक्राउ गरेका हुन् । असोज १५ गते सोमबार पर्सा प्रहरीले भारतबाट भन्सार छली गरी भित्र्याएर वीरगन्जस्थित जय माँ गल्ला स्टोरमा भण्डारण गरी राखिएको ठुलो परिमाणको खाद्यान्न सामग्री केराउ बरामद गर्यो । वीरगन्ज महानगरपालिका–१६ स्थित रेल्वे सडक खण्डमा अजय साहले सञ्चालन गरेको जय माँ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बाहिरी मुलुकतर्फ लैजान लागेको मुद्रासहित अमेरिकी नागरिक पक्राउ

 Krishna Shrivastav

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाईछिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको मुद्रासहित अमेरिकी नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ७० वर्षीय डेभिड एलन हार्वुड रहेका छन् । उनको साथबाट ११५ अमेरीकी डलर, ४४ सिंगापुर डलर, २० हजार ९९० थाई भाट, २८ हजार १० भारतीय रूपैयाँ, ६ लाख ७ हजार ४९६ नेपाली रूपैयाँ र नेपाली लगायत विभिन्न भाषामा उल्लेखित रकम खुल्न नसकेका प्राचीन मुद्राहरू ६४ थान बरामद गरिएको छ । काठमाडौंबाट थाई उडान हुँदै बैंकक जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियामा जाँच तथा तलासी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

व्यापारव्यवसाय ठप्प, महंगीले जनताको ढाड सेक्यो, सरकार अझै पनि किन बन्दै छ मुकदर्शक !

 Krishna Shrivastav

वीरगंज । रुषा थापा। अहिले बजारमा व्यापारीहरु भन्छन्, ‘मन्दी आयो । व्यापार नै भएन ।’ अधिंकाश मानिसहरु त पाँच सय र हजारको नोट हाहाकार हुन थालेको समेत बताउँछन् । कतिपय त कयौं महिनादेखि पाँच सय र हजारको नोट नदेखेको पनि बताउँछन् । अहिले काठमाडौं उपत्यकाभित्र होस् या बाहिर ६० प्रतिशत सटर खाली भइसकेका छन् । जसोतसो खुलिरहेका पसलहरुमा पनि व्यापार छैन । ग्राहक आउने आशाले बिहानै खाना नखाई आएका व्यापारीहरु बेलुका रित्तो हात फर्किनुपर्ने अवस्था छ । तीन वर्षअघि दिनमा दशौं लाखको व्यापार हुने पसलमा अहिले त कहिलेकाँही त बहनी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भायानेटले ल्यायो आश्चर्यजनक मूल्यमा १२५ Mbps इन्टरनेट र चाडपर्वको मौसममा चार अविश्वसनीय छुटहरूको अफर

 Krishna Shrivastav

काठमाडौं l नेपालको पहिलो फाइबर इन्टरनेट, आइपीटीभी र मल्टि-गिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १२५ Mbps को इन्टरनेट सेवा वार्षिक ८,४०० रुपैयाँको सुपथ मूल्यमा सार्वजनिक गरेको घोषणा गरेको छ। यसका साथै महान चाड दशैं र तिहारको पावन अवसरमा भायानेटले आफ्ना ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होम एप्लायन्समा ५०% सम्मको छुट पनि उपलब्ध गराउने भएको छ। भायानेटको “चाडमा चौका” चाडपर्व अभियानमा ग्राहकहरूले अब प्रतिवर्ष भ्याट बाहेकको रु ८४०० मा १२५ Mbps इन्टरनेटको मज्जा लिन सक्नेछन्, जुन बजारमा उपलब्ध यो स्पीडको इन्टरनेटका लागि प्रस्ताव गरिएको सबैभन्दा कम मूल्य हो। यसका साथै

Breaking News, देश, समाचार  संग सबंधीत छ |

मधेश सरकारको कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारीमा भौतिक मन्त्री कृष्णा यादव

 Krishna Shrivastav

जनकपुर । मधेश प्रदेश सरकारको कार्यबाहक मुख्यमन्त्रीको जिम्मा भौतिक मन्त्री कृष्णा यादवलाई दिइएको छ ।मुख्यमन्त्री सरोज यादव काम विशेषले प्रदेशबाहिर हुने भएकोले कार्यबाहक मुख्यमन्त्रीको रुपमा कृष्णा यादवलाई तोकेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट एक पत्र जारी गर्दै मुख्यमन्त्री सरोज यादवको हस्ताक्षरमा भौतिक पूर्वाधार विकास मन्त्री यादवलाई कार्यबाहक मुख्यमन्त्री ताकिएको हो । मुख्यमन्त्री सरोज यादवद्वारा जारी लेटरमा भनिएको छ– ‘म काम विशेषले प्रदेशबाहिर जाँदैछु ,नआउञ्जेलसम्मका लागि मधेश प्रदेश सरकारको (कार्यसम्पादन) नियमावली २०८० को नियम १४ को उपनियम(३) बमोजिम तपाइलाई कार्यबाहक मुख्यमन्त्री तोकेको व्यहोरा जानकारी गराइन्छ ।’


पर्साको बहुदरमाईमा सम्पन्न रक्तदानमा ३१ पोका रगत संकलन

 Krishna Shrivastav

वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगरी उप– शाखा र राम नगरी युवा समाजको आयोजनामा बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरीस्थित स्वास्थ्य चौकी छठ घाट प्राङगणमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ३१ पोका रगत संकलन भएको छ । कार्यक्रममा २ जना महिला सहित ३१ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्र वीरगञ्जमा भएको रगत अभावलाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरिएको नेपाल रेडक्रस सोसाईटी राम नगरी उप–शाखाका सभापति हरिन्द्र साहले जनाए । रक्तदान गर्नेहरुमा कमलेश गुप्ता,अन्जली यादव, अनुराधा पटेल, जय नरेश साह,

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सर्वोच्चको आदेश जिल्लाद्धारा अस्वीकार, माया र सुरेन्द्रले कहिले पाउँने न्याय ?

 Krishna Shrivastav

वीरगञ्ज । गएको असार १२ गते सर्वोच्च अदालतले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको विवाह अस्थायी अभिलेख रहने गरी दर्ता गर्न दिएको आदेश कार्यान्वयन भएको छैन। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको एकल इजलासले विवाह दर्ता गर्न अस्वीकार गरेपछि माया र सुरेन्द्रको जोडी उच्च अदालत पाटन धाइरहेको छ। उच्च अदालत पाटनले २९ असारमा दर्ता भएको पुनरावेदन निवेदनमा आदेश दिएको छैन। हरेक हप्ता बिहीबार पेशीमा चढ्ने माया र सुरेन्द्रको पुनरावेदन निवेदन घुमेको घुम्य छ। आउँदो हप्ताको बिहीबार पुनरावेदन निवेदन पेशीमा चढ्ने निश्चित नै छ। मायाको पहिचान नेपालले हालै काठमाडौमा पत्रकार सम्मेलन गरेर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रक्सौल-काठमाडौं रेलमार्ग पाँच वर्षमा तयार हुने

 Krishna Shrivastav

वीरगंज | भारतले रक्सौल–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन अनुसार पाँच वर्षभित्र रेल मार्ग तयार गरी नेपाललाई बुझाइसक्ने लक्ष्य राखेको छ ।नेपालको तर्फबाट सबै प्रक्रिया पूरा भएमा सन् २०२४ देखि पहिलो चरणको काम सुरु गर्ने बताइएको छ । भारतको कोंकण रेल्वे कम्पनीले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन अनुसार भारतले चार हजार करोड भारतीय रुपैयाँमा पाँच वर्षभित्र सो रेल मार्ग तयार गरेर नेपाललाई सुम्पिने छ । नेपालस्थित भारतीय दूतावासका एक अधिकारीका अनुसार रक्सौलदेखि काठमाडौँसम्म रेलवे लाइनको दुरी १७०.९६ किलोमिटर छ । त्यसमा रक्सौलदेखि शिखरपुरसम्म सिङ्गल लाइन हुन्छ भने शिखरपुरदेखि काठमाडौँसम्म डबल लाइन

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

चामल, मैदा, चिउरा र खानेतेलको होलसेल मूल्य घट्यो

 Krishna Shrivastav

वीरगंज | दशैं तिहार जस्ता चाडपर्व नजिकिए पनि उल्लेख्य व्यापार नभएपछि खाद्यान्न उत्पादकहरूले केही खाद्यान्नको मूल्य घटाएका छन् । पछिल्लो दुई साताको अवधिमा प्रमुख खाद्यान्नहरू चामल, खानेतेल, चिउरा र मैदा तथा आँटाको मूल्य घटेको होलसेल व्यापारीले दावी गरेका छन् । होलसेलमा खाद्यान्नको मूल्य घटे पनि उपभोक्तालाई जानकारी नहुँदा खुद्रा मूल्य महँगो भएको हुनसक्ने नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघले जनाएको छ । चिनी, गेडागुडी र दलहन बाहेकका खाद्य वस्तुमा मूल्य ओरालो लागेको नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले बताए ।उनले भने,‘ ‘चामल, तेल, आँटा पीठो

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाजवादी नीति, कार्यक्रम, योजना, बजेट र क्रियाकलापको विकल्प छैन : माधवकुमार नेपाल

 Krishna Shrivastav

वीरगंज | नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी नीति, कार्यक्रम, योजना, बजेट र क्रियाकलापको विकल्प नरहेको बताएका छन् ।पार्टीले सञ्चालन गरेको ‘समाजवादी जागरण अभियान–२०८०’ का क्रममा जनकपुरधाम पुगेका अध्यक्ष नेपालले विभिन्न नाममा देखिन थालेका निराशा एवं आक्रोशलाई सम्बोधन गर्न समाजवादी नीति, कार्यक्रम, योजना, बजेट र क्रियाकलापको विकल्प नरहेको बताए । समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले राजनीतिक क्रान्ति सफल भए पनि आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्न बाँकी रहेको उल्लेख गर्दै उनले समाजवादका मूल्य, मान्यतालाई आत्मसात गर्दै नेपालको संविधानमा सहमतिका साथ लिपिबद्ध गरेको प्रतिवद्धताप्रति सबै

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

धर्मगुरु श्रीआचार्यलाई रिहा गर्न जनकपुरधामका साधुसन्तको माग, प्रशासन विरुद्ध विरोधसहित आन्दोलन गर्ने चेतावनी

 Krishna Shrivastav

जनकपुर | धर्मगुरु आयार्य श्रीनिवास महाराजलाई प्रहरीले पक्राउ गरेकोमा जनकपुरधामका साधुसन्तहरुले उनको रिहाईको माग गर्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् । रामानन्दिय बैष्णव संघले बुधबार जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत धर्मगुरु श्रीआचार्यलाई यथासिघ्र विना सर्त रिहाई गर्न माग गर्नुका साथै त्यसो नभए सम्पूर्ण साधुसन्त र हिन्दूवादीहरुले विरोध र आन्दोलन गर्ने चेतावनी दिएका छन् । रामानन्दिय बैष्णव संघका अध्यक्ष एवम जानकी मन्दिरका छोटे महन्त रामरोशन दास वैष्णवले सनातन धर्मगुरु श्रीनिवास आचार्यलाई रिहाई नगरेमा भोली जनकपुरधाममा र्याली निकालेर प्रहरी प्रशासन विरुद्ध आन्दोलन गर्ने जानकारी दिए । श्रीनिवास आचार्यले गौहत्या गर्नेहरुलाई चर्को अभिव्यक्ति दिँदै आत्मरक्षा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मोटरसाइकललाई रेलले किच्यो, झन्डै जोगिए चालक

 Krishna Shrivastav

वीरगञ्ज । जनकपुर जयनगर रेलको ठक्करबाट लिक क्रस गरिरहेका एक जना मोटरसाइकल चालक घाइते भएका छन् । मोटरसाइकल किचिएर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । मङ्गलवार साँझ साढे ७ बजेको करिबमा जयनगरबाट भंगहा तर्फ जाँदै गरेको रेलले जनकपुरको सीता चोक नजिक लिक क्रस गरिरहेको प्र–२–०२–००३ प ००९० नम्बरको मोटरसाइकललाई किचेको थियो । ठक्करबाट मोटरसाइकल चालक धनुषाको जनकपुरधाम उपमहानगरपालिका – १९ वेङगा पिपराडीका २६ वर्षीय राकेश कुमार यादव घाइते भएका छन् । स्थानीय प्रत्यक्षदर्शीका अनुसार झन्डैले मोटरसाइकल चालकको ज्यान जोगिएको थियो । मोटरसाइकलमा ठक्कर लागेपछि यादव लिक बाहिर लडेका थिए । यादवको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

हेटौँडाबाट काठमाडौँ जोड्ने सडक अवरुद्ध

 Krishna Shrivastav

वीरगंज | गए रातिदेखि परेको वर्षासँगै आएको पहिराका कारण हेटौँडाबाट काठमाडौँ जोड्ने दुईवटा सडकखण्ड आज बिहानैबाट यातायात अवरुद्ध भएको छ। पहिराका कारण हेटौँडाबाट काठमाडौं जोड्ने कान्ति लोकपथ सडकखण्डअन्तर्गत ललितपुर जिल्लाको भट्टेडाँडास्थित पहिरो जाँदा आज बिहानैदेखि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। यसैगरी पहिराका कारण कुलेखानी–सिस्नेरी सडकखण्डअन्तर्गत विभिन्न स्थानमा पहिरो जाँदा आज बिहानैदेखि यातायात अवरुद्ध भएको छ। ती दुवै सडकखण्डमा गएको पहिरो आज अपराह्नमा हटाई यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए। उक्त सडकखण्ड हुँदै चल्ने सवारीसाधन वैकल्पिक सडकबाट सञ्चालन गर्न प्रहरी

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने श्यामबहादुर पुर्पक्षका लागि थुनामा

 Krishna Shrivastav

वीरगंज | कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका व्यक्ति पुर्पक्षका लागि थुनामा पठाइएको छ । काठमाडौं जिल्ला अदालतको आदेशले खुकुरी प्रहार आरोपमा पक्राउ परेका श्यामबहादुर सापकोटालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्‍युतमणि न्यौपानेले जानकारी दिए। सापकोटालाई केन्द्रीय कारागार पठाइएको उनले जानकारी दिए । सापकोटाले भदौ २० गते दिउँसो काठमाडौं महानगरपालिका-२८ भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब बाहिर सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गरेका थिए। क्लबमा साक्षात्कार कार्यक्रम राखिएको थियो। उक्त कार्यक्रममा बोल्न सहमहामन्त्री यादवलाई बोलाइएको थियो। श्यामबहादुर सापकोटा पनि कार्यक्रममा बसेर नेताहरूको भाषण

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

१३ लाख बढी मूल्यको काजु बरामद

News

पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

News

जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

News

सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

News

श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु