Krishna Shrivastav
भेपमार्फत सुन तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धान : राहुल महरासहित चारजनाविरुद्ध मुद्दा चलाउन सिफारिस
Krishna Shrivastav

बहुचर्चित विद्युतीय चुरोट (भेप)भित्र लुकाई गरिएको सुन तस्करीसँग सम्बन्धित दोस्रो चरणको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेस गरेको छ । प्रहरीले प्रतिवेदनमा सुन तस्करीमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा चलाउनुनपर्ने निष्कर्ष निकालेको छ । तर, उनका छोरा राहुलसहित चारजनाविरुद्ध भने मुद्दा चलाउन सिफारिस छ । घटनामा नयाँ पात्रको नामसमेत जोडिएपछि प्रहरीले दोस्रो चरण पुनः अनुसन्धान थालेको थियो । सोही क्रममा राहुल गत १३ भदौमा पक्राउ परेका थिए । प्रहरीले पूरक अभियोजनमा राहुलसहित अन्य चारजनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो । अन्य प्रतिवादी लोकेन्द्र पौडेल, तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङ