गाँजासहित चार जना पक्राउ, २२५ किलो लागू औषध बरामद

 Krishna Shrivastav

बारा । बारा जिल्लाको आदर्शकोटवाल गाउँपालिकामा २२५ किलो गाँजा सहित चार जना पुरुष पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा २०८२ बैशाख २० गते राति करिब २ बजे इलाका प्रहरी कार्यालय बारागढीबाट प्रनानि कुसुम नायकको नेतृत्वमा खटिएको टोलीले वडा नं. ३ स्थित बाताराको एक खेतमा पार्किङ गरिएको प्र.२-०३-००१ त ४८७६ नम्बरको ट्याक्टर जाँच गर्दा फल्स बटम बनाई लुकाइएको अवस्थामा गाँजा फेला पारेको हो। प्रहरीका अनुसार उक्त ट्याक्टरको ढालामुनि लुकाइछिपाइ राखिएको गाँजा १५ वटा कार्टुनमा प्याक गरिएको थियो, जसको कुल तौल २२५ किलो रहेको छ। सोही गाँजा ओसारपसारमा संलग्न रहेका चार जनालाई

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सशस्त्र प्रहरीद्वारा स्रोत नखुलेको नगदसहित तीन भारतीय नागरिक र स्कार्पियो गाडी नियन्त्रणमा

 Krishna Shrivastav

वीरगन्ज । पर्सा जिल्लाको वीरगञ्ज-१६ स्थित वीरगञ्ज भन्सार कार्यालयअन्तर्गत भन्सार चेकजाँच विन्दु भन्दा करिब ५० मिटर अगाडि त्रिभुवन राजपथ सडकखण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल, सशस्त्र प्रहरी गुल्म वीरगञ्जबाट खटिएको टोलीले स्रोत नखुलेको नगदसहित तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। भारतबाट नेपालतर्फ आउँदै गरेको BR 22 P 8300 नम्बरको सेतो रंगको भारतीय नम्बर प्लेट भएको स्कार्पियो गाडीको सिट पछाडिको पकेटभित्र लुकाई ल्याइएको नेपाली रुपैयाँ ९ लाख ५९ हजार नगद फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ। सोही नगदसहित गाडी र त्यसमा सवार तीन भारतीय नागरिकलाई नियन्त्रणमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पोखरिया–१ मा छठघाट तथा रामजानकी मन्दिरको बाउन्ड्रीवालको शिलान्यास

 Krishna Shrivastav

पोखरिया | शैलेश गुप्ता | पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नम्बर १ बनकटवास्थित छठघाट तथा रामजानकी मन्दिर परिसरमा निर्माण हुन लागेको बाउन्ड्रीवालको शिलान्यास एक विशेष समारोहबीच सम्पन्न भएको छ। उक्त शिलान्यास मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल र पोखरिया नगरपालिकाका नगर प्रमुख प्रद्युमन प्रसाद चौहानले संयुक्त रूपमा गरेका हुन्। मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयबाट २५ लाख रुपैयाँको लागतमा निर्माण हुने बाउन्ड्रीवाल गुणस्तरीय र समयमै सम्पन्न होस् भन्ने उद्देश्यले मन्त्री जयसवालले उपभोक्ता समिति र ठेकेदारलाई स्पष्ट निर्देशन दिएका छन्। साथै, निर्माणको गुणस्तरमा कुनै सम्झौता नगरिने

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको रशिफल

 Krishna Shrivastav

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन राम्रो छ। धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) दिन मध्यम छ। सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) सम्पत्ति आर्जन हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ। कुनै कामलाई निरन्तरता दिनु भलो हुनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दिन राम्रो छ। पुरानो रोगबाट मुक्त हुनुहुनेछ। मनमा शान्ति बढ्नेछ। प्रेममा सफलता

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

तराई मधेस जागरण अभियानले माओवादीलाई ऊर्जा प्राप्त भयो : उपमहासचिव पोखरेल

 Krishna Shrivastav

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियानले सकारात्मक सन्देश दिएको बताएका छन्। धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अभियानको उपलब्धिबारे बोल्दै उनले अभियान सफलतापूर्वक सम्पन्न भएको र यसले सकारात्मक सन्देश दिएको बताए। ‘अभियानमा जनताले आफ्ना कुरा सुनाए, हाम्रो नेतृत्वले जनतालाई हाम्रा कुरा सुनायो,’ उनले भने, ‘यसले हामीलाई ऊर्जा प्राप्त भएको छ।’ उनले अभियानले जनतासँग नयाँ सम्बन्ध स्थापित गरेको बताए। अभियानका क्रममा जनताका समस्या नजिकबाट बुझ्ने र हेर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै उनले जनताबाट धेरै माया र

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

कुलमान ८ अर्ब नाफा भन्दै थिए, हितेन्द्रले श्वेतपत्रमार्फत ५ अर्ब २६ करोड नोक्सानी देखाए

 Krishna Shrivastav

वीरगंज । नेपाल विद्युत् प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा रहेको तथ्य स्वमतपत्रमार्फत सार्वजनिक भएको छ। शुक्रवार प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै उक्त घाटा रकमबारे जानकारी दिएका हुन्। यसअघि तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले भने प्राधिकरण ८ अर्ब बढी नाफामा रहेको दाबी गर्दै आएका थिए। अहिले श्वेतपत्रअनुसार प्राधिकरणले गत आर्थिक वर्ष २०८०/०८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको कार्यकारी निर्देशक शाक्यले जानकारी दिए । नाफा भने पनि आयकर ऐनको प्रावधानअनुसार थप ह्रास कट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म पाँच अर्ब २६

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कश्मीर आतंकवादी आक्रमणविरुद्ध राष्ट्रिय एकता अभियानको विरोध रयालीमा प्रहरी हस्तक्षेप, अभियानको विरोध

 Krishna Shrivastav

वीरगञ्ज । भारतको कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा बिहीबार निकालिएको विरोध रयालीमा प्रहरीले हस्तक्षेप गरेको छ। बाराको सिमरादेखि सुरु भएको विरोध रयालीलाई पर्साको वीरगञ्जतर्फ आउँदै गर्दा जितपुरमा प्रहरीले अवरोध गरेको अभियानका अध्यक्ष विनय यादवले जानकारी दिएका छन्। यद्यपि प्रहरीको अवरोधका बाबजुद रयाली वीरगञ्ज पुगेर प्रदर्शन गर्न सफल भएको यादवले बताएका छन्। जितपुरमा भएको हस्तक्षेपप्रति गम्भीर आपत्ति जनाउँदै अभियानले प्रेस विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “हाम्रो प्रदर्शन पूर्णतः शान्तिपूर्ण थियो, जसको उद्देश्य पहलगाममा ज्यान गुमाएका भारतीय सुरक्षाकर्मी, सर्वसाधारण र नेपाली नागरिक सुदीप न्यौपानेप्रति श्रद्धाञ्जली अर्पण

Breaking News  संग सबंधीत छ |

ओडिशामा बिरगंजकी छात्रा प्रिशा शाहको रहस्यमय निधनले विद्यार्थी समाज स्तब्ध

 Krishna Shrivastav

बिरगंज | हिजो भारतको ओडिशा राज्यमा बिरगंजकी एक होनहार छात्रा प्रिशा शाहको रहस्यमय निधनले सम्पूर्ण नेपाली विद्यार्थी समुदायलाई गहिरो स्तब्धता र शोकमा डुबाएको छ। प्रिशा शाह उच्च शिक्षा अध्ययनका लागि ओडिशा गएकी थिइन्। उनको अचानक र रहस्यमय रूपमा मृत्यु भएको खबरले देश–विदेशमा रहेका नेपाली विद्यार्थी तथा अभिभावकहरूमा ठूलो पीडा उत्पन्न भएको छ। उक्त दुःखद घटनालाई सम्झेर दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै आज नेपाल विद्यार्थी संघ, बिरगंजद्वारा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो


स्ववियु पदाधिकारीहरू सक्रिय: ठाकुरराम बहुमुखी क्याम्पसको पछाडिको जंगलमा सरसफाइ अभियान सम्पन्न

 Krishna Shrivastav

वीरगञ्ज । हालै सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचनमा विजयी भएका पदाधिकारीहरू सक्रिय रूपमा काममा उत्रिएका छन्। ठाकुरराम बहुमुखी क्याम्पसमा निर्वाचित स्ववियु नेतृत्वले आज क्याम्पसको पछाडिको क्षेत्रफलभरि फैलिएको जङ्गल र झाडीमा सरसफाइ अभियान सञ्चालन गरेका छन्। दशकौंदेखि उपेक्षित जस्तो देखिने उक्त क्षेत्रमा फोहोर, झाडी, प्लास्टिकजन्य पदार्थ र अत्यधिक रुग्ण वनस्पति फालिएको थियो, जसले न त विद्यार्थीहरूको पढाइ वातावरणलाई सहज बनाउँथ्यो, न त क्याम्पसको समग्र वातावरणलाई सुन्दर। सरसफाइ अभियानमार्फत पुरै क्षेत्र सफा पारिएको छ र क्याम्पसलाई हरियाली तथा व्यवस्थित बनाउने दिशामा एक सकारात्मक सन्देश दिइएको छ। स्ववियु पदाधिकारीहरूले यो अभियानलाई आफ्नो

Breaking News  संग सबंधीत छ |

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र नगरप्रमुखबीच भेटघाट, समुन्नत वीरगञ्ज निर्माणमा सहकार्यको प्रतिबद्धता

 Krishna Shrivastav

वीरगञ्ज | वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख श्री राजेशमान सिंहज्यूसँग वीरगञ्ज उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलले भेटघाट तथा छलफल गरेको छ। सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको नेतृत्वमा गएको टोलीले नगरप्रमुखको कार्यकक्षमा भेट गर्दै वीरगञ्जको विकास, समृद्धि र व्यवस्थापनका विषयमा संस्थागत सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको हो। भेटका क्रममा नगरप्रमुख श्री सिंहज्यू र सङ्घ अध्यक्ष श्री गौतमज्यूले वैभवशाली, समुन्नत, स्वच्छ र समृद्ध वीरगञ्ज निर्माणका लागि महानगर र उद्योग वाणिज्य सङ्घबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। दुवै पक्षले समन्वयमा रही भविष्यमा विभिन्न कार्यक्रम र पहलहरू अघि बढाउने सहमति जनाएका छन्। भेटमा सङ्घका वरिष्ठ उपाध्यक्ष

Breaking News  संग सबंधीत छ |

वीरगञ्जको डोम बस्तीमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सम्पन्न

 Krishna Shrivastav

वीरगन्ज । आज मिति २०८२ साल बैशाख १९ गते शुक्रबार बिहान ७:१५ बजे वीरगञ्ज महानगरपालिका वडा नं. ०१ को बजार छपकैया स्थित डोम बस्ती टोलमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर आयोजना गरिएको छ। सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रीन सिटी सामुदायिक सेवा केन्द्र, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर, रुँगटा वेलफेयर सोसाइटी तथा वीरगञ्ज सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा सो शिविर सञ्चालन गरिएको हो। शिविरका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र थिए भने कार्यक्रमको अध्यक्षता ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले गरेका थिए।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपाली छात्राको फेरि शंकास्पद मृत्यु: भुवनेश्वरको KIIT मा अर्को दुःखद घटना

 Krishna Shrivastav

भारत | भुवनेश्वरस्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) मा पुनः एक नेपाली छात्राको शंकास्पद मृत्यु भएको छ। बिहीबार साँझ बिर्गञ्जकी प्रथम वर्षकी बी.टेक. छात्रा प्रिशा शाह आफ्नो छात्रावासको कोठा नम्बर १११ मा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। भुवनेश्वर-कटक क्षेत्रका प्रहरी आयुक्त एस. देव दत्त सिंहले दिएको जानकारीअनुसार, साँझ ७ बजे उपस्थिति जाँच गर्दा कोठामा एक्लै रहेकी प्रिशा कुनै प्रतिक्रिया नदिएपछि जाँच गर्दा उनको शव झुण्डिएको अवस्थामा फेला परेको हो। घटनास्थलमा वैज्ञानिक टोलीले अनुसन्धान गरिरहेको छ र छात्रावासको कोठामा विस्तृत छानबिन भइरहेको छ। मृतक छात्राका केही साथीहरूसँग प्रहरीले सोधपुछ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नागरिकको अपेक्षालाई सर्वोपरि राखेर अघि बढेका छौँ : मन्त्री यादव

 Krishna Shrivastav

वीरगंज । खानेपानीमन्त्री प्रदीप यादवले आम नेपाली नागरिकका लागि शुद्ध खानेपानी सपना मात्र नभई अब व्यवहारिक हक बन्ने बताएका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ५ र ६ मा बिहीबार सम्पन्न ‘नाङ्गेडाँडा बृहत् पम्पिङ खानेपानी योजना’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको उच्च प्राथमिकतामा रहेको ‘स्वच्छ पानी, स्वस्थ जीवन’ अभियानअन्तर्गत देशभरिका दुर्गम गाउँदेखि सहरसम्म खानेपानी सेवा सर्वसुलभ गराउने दीर्घकालीन नीति रहेको बताए । सरकार विकासको प्रत्येक पाइलामा नागरिकको अपेक्षालाई सर्वोपरि राखेर अघि बढिरहेको तथा संघीय सरकार, स्थानीय निकाय र जनताको सक्रिय सहकार्यको उदाहरण स्वरुप सिन्धुलीको सुनकोशी गाउँपालिकाको नाङ्गेडाँडा खानेपानी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

चीनले समुन्द्रमा रोकिदियो भटमास बोकेर आएको अमेरिकन कार्गो जहाज

 Krishna Shrivastav

बेइजिङ। अमेरिका र चीन बिचको ब्यापार युद्दको प्रत्यक्ष देखिन थालेको छ । खासमा अमेरिकन कार्गो जहाज चीन नजिकको समुद्रको बीचमा पुगिसकेको थियो र त्यसको केही समयमै चीनको बन्दरगाहमा पुग्ने अवस्थामा थियो तर चीनले यस्तो गर्‍यो कि जसले सारा विश्व ब्यापारमा हलचल मच्चायो । अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्ध अहिले धेरै अगाडि बढेको सबैलाई थाहा नै छ । अब यी दुई देशमा मात्र नभई विश्वका अन्य देशहरूमा पनि यसको ठूलो प्रभाव पर्ने सम्भावना छ । चीनले मध्य– समुद्रबाट अमेरिकाबाट आएको शिपमेन्ट फिर्ता गरेको र आफ्ना सबै अर्डर रद्द गरेको खबर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पहलगाम हमला : नेपालस्थित पाकिस्तानी दूतावासलाई बुझाइयो ध्यानाकर्षणपत्र

 Krishna Shrivastav

काठमाडौँ । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले भारत जम्मु काश्मिरको पहलगाममा भएको आतङ्ककारी हमलामा नेपाली मारिएकोबारे नेपालस्थित पाकिस्तानी दूतावासलाई ध्यानाकर्षण गराएको छ । अभियानका महासचिव देवेस झाको नेतृत्वमा गएको एक टोलीले दूतावासका सैनिक प्रमुखलाई ज्ञापनपत्र बुझाएको हो । नेपाली नागरिक भएको परिचय दिँदादिँदै पनि सन्दिप न्यौपानेको हत्या गरिएको घटनाले सम्पूर्ण नेपालीहरू शोकाकुल अवस्थामा रहेको विषय ध्यानाकर्षण गराउँदै अभियानले आतङ्कवादी लडाकुहरूको कारबाही रोक्न पाकिस्तान सरकारसँग माग गरेको छ । ज्ञापनपत्रमा भनिएको छ, ‘विभिन्न सञ्चार माध्यमबाट प्रकाशित समाचार अनुसार धर्म सोध्दै हिन्दूहरुलाई गोली हानेको घटनामा नेपालीप्रति पनि दुराग्रह राखेर पाकिस्तानबाट आएका आतङ्ककारीहरुले

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

‘माउन्ट एभरेस्ट’ नक्कली नाम हो : प्रधानमन्त्री

 Krishna Shrivastav

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा ‘माउन्ट एभरेस्ट’ नभएको दाबी गरेका छन् । विराटनगरमा बिहीबारदेखि सुरु भएको कोशी प्रदेश लगानी सम्मेलनलाई सम्बोधन गर्ने क्रममा हिमालहरूको चर्चा गर्दै उनले माउन्ट एभरेस्टसँग सगरमाथाको कुनै साइनो नभएको बताएका हुन् । ‘माउन्ट एभरेस्ट भनेर सगरमाथाको नाम जसको नाममा राखियो । एउटा ब्रिटिस एभरेस्ट व्यक्ति हुन् । ती व्यक्तिले सगरमाथा होइन, ल्होत्से चाहिँ अग्लो छ भनेर हिसाब निकालेका थिए । तर, उनका नाममा सगरमाथा माउन्ट एभरेस्ट किन राखियो ? त्यो बुझिनसक्नु छ ।’ ओलीले भने । उनी चढेको व्यक्ति पनि नभएको ओलीको भनाइ छ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

केजीएफ फेम यशको ‘टक्सिक’ कन्नड र हिन्दीसहित अंग्रेजी भाषामा पनि

 Krishna Shrivastav

हैदारबाद। केजीएफ च्याप्टर १ र केजीएफ च्याप्टर २ को अभूतपूर्व सफलता पछि फ्यानहरू यशको अर्को फिल्मको लागि उत्सुकतापूर्वक पर्खिरहेका छन्। उनको अर्को फिल्म ‘टक्सिक’ को घोषणा हुनेबित्तिकै दर्शकमा ठूलो उत्साह छाएको थियो । तर अहिले आएको समाचारले हिन्दी दर्शकका लागि अलि निराशाजनक हुनसक्छ । सामाजिक सञ्जालमा टक्सिक कन्नड र अंग्रेजी भाषामा मात्रै रिलिज हुने बताइएको छ । यो खबर आउनेबित्तिकै फ्यानहरूले यशको फिल्म हिन्दीमा रिलिज नहुने भन्दै आक्रोश व्यक्त गरिरहेका थिए । केजीएफ च्याप्टर १ र २ ले हिन्दी दर्शकको मनमा विशेष स्थान बनाएको थियो र यशले पनि यहाँ धेरै

Breaking News, कला मनोरंजन, विश्व, समाचार  संग सबंधीत छ |

सुनसरीबाट ७८३ किलो गाँजासहित २ जना नियन्त्रणमा

 Krishna Shrivastav

काठमाडौं । सुनसरीबाट ७८३ किलो गाँजा सहितको ट्रक र २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बलको १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त टोलीले बुधबार गाँजा सहितको ट्रक र त्यसका चालक तथा सहचालकलाई नियन्त्रणमा लिएको हो । धरान उपमहानगरपालिका–१३ निशाने डाँडास्थित कोशी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको ट्रकलाई शंका लागि जाँच गर्दा उक्त परिणामको गाँजा बरामद भएको थियो । सो ट्रक खानतलासीको क्रममा ना ७ ख २८१ लेखिएको नम्बर प्लेट फेला परेको थियो । सशस्त्र प्रहरीले ट्रक चालक सुनसरीका ३१

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

समाचार
News

इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

News

युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

News

दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

News

आज आइतबारको राशिफल

News

जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन