जम्मु कश्मीरमा भारतीय सेनाको गाडी भीरबाट खस्यो, गाडीमा सवार सबैको मृत्यु

 Krishna Shrivastav

काठमाडौं । जम्मू कश्मीरको रामबनमा एउटा सैन्य गाडी ५०० मिटर गहिरो खोंचमा खसेको छ। यस घटनामा तीन सैनिकको मृत्यु भयो। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा नियन्त्रण गुमाएर कार भीरबाट खसेको देखिन्छ। रामबनका एसएसपी कुलबीर सिंहले समाचार एजेन्सी एएनआईलाई भने , “एउटा धेरै दुर्भाग्यपूर्ण घटना भएको छ जसमा सेनाको गाडीका चालकले नियन्त्रण गुमाए र गाडी लगभग ५०० मिटर गहिरो खोंचमा खस्यो।” प्रहरीका अनुसार गाडीमा तीन जना सवार थिए र तीनै जनाको मृत्यु भएको छ। एसएसपी कुलबीर सिंह भन्छन् ‘प्रारम्भिक अनुसन्धानमा हामीले नट-बोल्ट फेला पारेका छौं, जुन कारको स्टेयरिङको हुन सक्छ। यद्यपि, सही

Breaking News, विश्व, समाचार  संग सबंधीत छ |

भावी योजना बनाउन संयुक्त जनआन्दोलन समितिको बैठक आह्वान

 Krishna Shrivastav

काठमाडौं। राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले भावी योजना बनाउन बैठक आह्वान गरेको छ। आज (सोमबार) दिउँसो एक बजे बस्ने बैठकमा राजसंस्था पुनस्र्थापनाका लागि अबको आन्दोलनका कार्यक्रमलाई कसरी लैजाने भन्ने विषयमा बैठक बोलाइएको संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले जानकारी दिए। उनले जनआन्दोलन समितिले हालसम्म आन्दोलनका कार्यक्रम घोषणा नगरेको उल्लेख गर्दै चैत १५ गते तीनकुनेमा समितिको अवधारणा सार्वजनिक गर्ने कार्यक्रममा राज्यले चरम दमन गरेको जनाए। ‘अहिलेसम्म जनआन्दोलन समितिले आन्दोलनका कार्यक्रम नै घोषणा गरेको छैन। तीनकुने घोषणा सभामा राज्यले चरम दमन गरेर समितिका नेता कार्यकर्तालाई पक्राउ गरेको छ,’ नेपालले डिसी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

किट कलेजमा नेपाली छात्राको मृत्यु प्रकरण : सत्यतथ्य पत्ता लगाउन सरकारलाई सभामुखको रुलिङ

 Krishna Shrivastav

काठमाडौं। प्रतिनिधसभाका सभामुख देवराज घिमिरेले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूटमा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा साहको रहस्यमय मृत्युको घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारलाई निर्देशन दिएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उक्त घटनामा सरकारले बिशेष ध्यान दिनुपर्ने धारणा राखेपछि समाभुख घिमिरेले उक्त घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन लागि भारत सरकारसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन निर्देशन दिएका हुन्। उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न भएको उनले बताए। सभामुख घिमिरेले पीडित परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

ट्रम्पले विदेशी फिल्ममा शतप्रतिशत कर लगाउने

 Krishna Shrivastav

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब विदेशी चलचित्रहरूमा पनि कर लगाउने घोषणा गरेका छन्। उनले विदेशी फिल्महरूमा १०० प्रतिशत कर लगाएका छन्। आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा यो घोषणा गर्दै ट्रम्पले लेखे , “अमेरिकाको फिल्म उद्योग धेरै छिटो मर्दैछ। अन्य देशहरूले हाम्रा फिल्म निर्माताहरू र स्टुडियोहरूलाई अमेरिकाबाट टाढा लैजान हरेक सम्भावित प्रोत्साहन दिइरहेका छन्।” उनले भने ‘यो अन्य देशहरूद्वारा संगठित प्रयास हो र त्यसैले यो ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ हो।’ ट्रम्पले विदेशी चलचित्रहरूमा १०० प्रतिशत कर लगाउने प्रक्रिया सुरु गर्न वाणिज्य विभाग र अमेरिकी व्यापार प्रतिनिधिलाई अधिकार दिइरहेको बताए। “हामी

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

तराई-मधेशका नेतामाथि राज्यले अन्याय गरेको महन्थ ठाकुरको आरोप

 Krishna Shrivastav

काठमाडाैं। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले तराई-मधेशका नेताहरुमाथि राज्यले अन्याय गरेको भन्दै आपत्ति जनाएका छन्। सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै ठाकुरले थारु-मधेशी जनजातिलाई राज्यबाट निरन्तर अन्याय भइरहेको भन्दै आपत्ति जनाए। उनले आफुहरुमाथि निरन्तर अन्याय हुँदा पनि राज्यले त्यसलाई नसुनेको भन्दै अव सुनाउने ठाँउ नरहेको बताए। ठाकुरले आफूहरुमाथि सार्वजनिक रुपमा भएको दुर्व्यवहारका घटना अब संसदमार्फत नागरिकलाई सुनाउने जिकिर गरे। उनले रेशम चौधरीलाई फर्जी पत्रका आधारमा विनाकारण पक्राउ गरी ५ घन्टासम्म जेलमा राखेर दुर्व्यवहार गरिएको दाबी गरे। ठाकुरले राज्यले विजेताको रुपमा आफूलाई प्रस्तुत गरेको र बिजेता नै न्यायको कुर्सीमा बसेका कारण

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

संयन्त्रको अभ्यासमा समस्या भए खारेज गर्न सुझाव सूर्य थापाको सुझाव

 Krishna Shrivastav

काठमाडाैं। नेकपा एमालेका सांसद सूर्य थापाले सत्तासाझेदारबीच संयन्त्रको अभ्यासमा समस्या भए खारेज गर्न सुझाव दिएका छन्। सोमबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै थापाले लोकप्रियताका लागि सत्तासाझेदार दलका नेताहरुले नै सरकारबिरुद्ध वक्तव्यवाजी गरेको देखिएको भन्दै सत्तासाझेदारबीच संयन्त्रको अभ्यासमा समस्या भए खारेज वा बिघटन गर्न सुझाव दिए। तर अस्थिरतालाई मलजल हुने काम सत्तासाझेदारभित्र रहेका कसैले पनि गर्न नहुने उनले बताए। उनले अहिले सत्तागठबन्धनको बिपतिमा कुनै काम नभएको दावी गर्दै सरकार एमालेकरण भयो भन्नु गलत भएको उल्लेख गरे। त्यस्तै थापाले गठबन्धनको अभ्यासमा सवै अधिकार एकदललाई मात्रै नहुने भन्दै ऊर्जा मन्त्रीको प्रस्तावमा कुलमानलाई हटाएको बिषय

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

भारत-पाकिस्तान तनावबारे संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक आज, बन्द कोठामा वार्ता हुने

 Krishna Shrivastav

काठमाडौं । पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढ्दै गएको छ। यो बढ्दो तनावको बारेमा छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आज, मे ५ मा बैठक गर्नेछ। समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार सुरक्षा परिषद्ले पाकिस्तान र भारतबीचको वर्तमान अवस्थाबारे ‘बन्द कोठा’ मा छलफल गर्नेछ। संयुक्त राष्ट्र सुरक्षा परिषद्मा हुने बन्द ढोकाको छलफल सार्वजनिक गरिँदैन। आइतबार, पाकिस्तानको विदेश कार्यालयले पहलगाम आक्रमणपछि यस क्षेत्रमा भएका पछिल्ला घटनाक्रमहरूको बारेमा संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई जानकारी गराउने निर्णय गरेको बताएको छ। विज्ञप्तिमा भनिएको छ – पाकिस्तानका विदेशमन्त्री इशाक दारले संयुक्त राष्ट्र संघका लागि पाकिस्तानका स्थायी

Breaking News, विश्व, समाचार  संग सबंधीत छ |

ठूलो मात्रामा लागूऔषध गाँजा बरामद

 Krishna Shrivastav

सुनसरी | सुनसरीबाट ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गरिएको छ। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हिजो (आईतबार) ८ः४० बजेको समयमा धरान–१७ स्थित खैरबनी टोल क्षेत्रमा विशेष अपरेशन चलाएको थियो । सो क्रममा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ अन्तर्गत पर्ने जंगल क्षेत्रमा केही व्यक्तिहरूले गाँजा बोकेर ल्याइरहेका थिए। प्रहरी देखेपछि ती व्यक्ति गाँजाका पोका जंगलमै फालेर फरार भएका थिए । सोही स्थानमा प्रहरीले खोजि गर्दा प्लास्टिकका ११ वटा पोकामा प्याक गरिएको अवस्थामा कुल ३३० केजी गाँजा फेला परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । बरामद गरिएको गाँजा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

यसकारण मैले सेजमा लगानी गर्ने आँट गरिनँ-गणेश लाठ

 Krishna Shrivastav

वीरगंज | सिमरा सेजमा मलाई पनि उद्योग सञ्चालन गर्ने इच्छा थियो । सोही अनुसार मैले जग्गा बुकिङ गरेँ । पछि सम्झौताका लागि बारम्बार फोन आउन थाल्यो । सम्झौता गर्ने बित्तिकै भाडा चालु हुन्थ्यो । २ वर्ष अघिको अवस्थामा नयाँ कारखाना सञ्चालन गर्ने वातावरण नै थिएन । लगानी गर्ने पैसा पनि थिएन । बैंकको ब्याजदर पनि चर्को थियो । त्यस्तो अवस्थामा बैंकसँग ऋण लिएर कारखाना सञ्चालन गर्न गाह्रो थियो । दुई पटक मैले म्याद पनि लिएँ । पछि नसक्ने जस्तो भएर छोडिदिएँ । बुकिङ गरेर सम्झौता गर्न नजाँदा बुकिङबापतको पनि पैसा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नगरवासीको बिजुली महसुल पालिकाबाट भुक्तानी

 Krishna Shrivastav

रौतहट । रौतहटको मौलापुर नगरपालिकाले सञ्चालनमा ल्याएको “फ्री बिजुली पानी” कार्यक्रम अन्तर्गत नगरवासीको विद्युत् महसुल भुक्तानी गरिँदै आएको छ । जनताको कृषि तथा घरायसी मिटरको समपूर्ण विद्युत् महसुल बापतको रकम मौलापुर नगरपालिकाकी मेयर रिना साहले विद्युत् प्राधिकरण मौलापुर वितरण केन्द्रलाई निरन्तर भुक्तानी गर्दै आएकी हुन् । सोहीअनुसार मेयर साहले वैशाख महिनाको विद्युत् महसुल बापतको २२ लाख १० हजार बराबरको चेक प्राधिकरणलाई हस्तान्तरण गरेकी छन्। यस सँगै चालु आर्थिक वर्ष २०८१/०८२ मा मौलापुर नगरपालिकाले जनताको विद्युत् महसुल बापत हालसम्म रु २ करोड ५७ लाख १० हजार रकम विद्युत् प्राधिकरणलाई निकासा गरिसकेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बारामा जसपाको नयाँ नेतृत्व: रमेश यादव जिल्ला अध्यक्षमा निर्वाचित

 Krishna Shrivastav

बारा । सिकिन्द्र साह । बाराको जनता समाजवादी पार्टी (जसपा) नेपालको नयाँ जिल्ला अध्यक्षमा रमेश यादव निर्वाचित भएका छन्। पचरौता नगरपालिकाका पूर्व नगरप्रमुख समेत रहेका यादवले आफ्ना निकटतम प्रतिद्वन्द्वी धर्मबिर प्रसाद यादवलाई ९९ मतले पराजित गर्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा कुल ४७२ मत खसेकोमा रमेश यादवले २६९ मत प्राप्त गरे भने धर्मबिर प्रसाद यादवले १७५ मतमा सीमित रहे। अध्यक्षसहित अन्य पदहरूमा पनि नयाँ नेतृत्व चयन गरिएको छ। उपाध्यक्ष पदमा शिवेन्द्र प्रसाद सिंह र पुनम कुशवाहा निर्वाचित भएका छन्। सचिवमा शम्भु कुमार गुप्ता, सह-सचिवमा सिकन्द्र

मुख्य समाचार, राजनीति, समाचार  संग सबंधीत छ |

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

 Krishna Shrivastav

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल: मेष : सञ्चित धन खर्च हुने भएकाले सचेत बन्नुपर्नेछ। तपाईंले गरेका राम्रा कामको जस अरुले लिनेछन्। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक संगठनमा अगाडि नबढ्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। वृष : दिन राम्रो छ। आज सुरुवात गरेका काम दीर्घकालसम्म रहनेछन्। प्राविधिक शिक्षामा प्रगति हुनेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा शान्ति मिल्नेछ। राजनीतिक क्षेत्रमा भने तपाईंले सेवाको अवसर प्राप्त गर्नुहुनेछ। मिथुन : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने समय छ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। अपरिचित साथीले तपाईंको

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु

 Krishna Shrivastav

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व पश्चिम लोकमार्गमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु भएको छ । दुर्घटनामा गरुडा नगरपालिका ३ मलाहिटोल बस्ने वर्ष ६० का बलिराम सहनी र उनकी छोरी ४० वर्षीय उर्मिला देवी सहनीको मृत्यु भएको हो । मृतक सहनीले चलाएको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई बा ६ च ३५२६ नम्बरको कारले ठक्कर दिएको थियो । उनीहहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हेटौँडा बाट चन्द्रपुरतर्फ आउँदै गरेको कारले निजगढतर्फ जाँदै गरेको मोटरसाइकललाई आज बिहान सवा ६ बजे ठक्कर दिएको थियो। ठक्करबाट घाइते

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सांसद माया राईको कार्यकालमा २ करोड ४० लाख हिनामिना

 Krishna Shrivastav

काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न प्रतिनिधिसभा सदस्य माया राई विरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । भोजपुर घर भएकी राई नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य पनि हुन् । कालिमाटीमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी सहकारीमा उनले सदस्य र सहसचिव भएर काम गरेकी थिइन् । २०७३ कार्तिक ६ देखि २०७४ मंसिर ४ सम्म उनी सदस्य थिइन् । २०७४ मंसिर ४ देखि २०७६ भदौ २१ सम्म उनले सहसचिव भएर काम गरिन् । उनको कार्यकालमा २ करोड ४० लाख ४४ हजार ७९० रुपैयाँ हिनामिना भएको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

मधेस प्रदेशमा पहिलो पटक क्यान्सर रोगीहरूको लागि किमो थेरापी सेवा सुरु

 Krishna Shrivastav

वीरगन्ज | मधेस प्रदेशमै पहिलो पटक वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा क्यान्सर रोगीहरूको लागि किमो थेरापी सेवा सुरु भएको छ । भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा बाराको निजगढका एक क्यान्सर बिरामीलाई किमो थेरापी दिएर यो सेवा सुरु गरिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सबै प्रदेशमा क्यान्सर उपचार सेवा पुराउने लक्ष्य सहित नारायणी अस्पतालमा क्यान्सर उपचार सेवा र उक्त उपचार हुने अंकोलोजी वार्डको शुभारम्भ गरेको केही समय पछि किमो थेरापी सेवा सुरु भएको हो । मधेस प्रदेशमै नारायणी अस्पतालमा क्यान्सर उपचार सेवा सुरु भएपछि अब बिरामीहरू उपचारका लागि बाहिर

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

बचत अपचलन गरेको आरोपमा सहकारीका पूर्वअध्यक्ष पक्राउ

 Krishna Shrivastav

झापा | सहकारी संस्थामा बचत अपचलन गरेको आरोपमा विर्तामोडस्थित पातालग्गा बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष रेवती खनाल पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक बिजय श्रेष्ठले खनाललाई धनगढीबाट पक्राउ गरेर झापा ल्याइएको जानकारी दिनुभयो । खनाललाई आजै जिल्ला अदालत झापामा उपस्थित गराइने उहाँको भनाइ छ । खनालले विसं २०७८ भदौ २३ गते आफू, पत्नी, भाइ, बहिनी र मामाससुराका नाममा रु दुई करोड छ लाख आठ हजार ३८३ ऋण निकालेर फरार भएका थिए । विसं २०७८ कात्तिक १६ गते संस्थाका उपाध्यक्ष ट्कप्रसाद भेटवालले खनालविरुद्ध इलाका प्रहरी

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

निजामति सेवामा महिलाका लागि छुट्याएको ५० प्रतिशत पदमध्ये दलित समुदायलाई १२ प्रतिशत : मन्त्री गुप्ता

 Krishna Shrivastav

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले संघीय निजामति सेवामा महिलाका लागि छुट्याएको ५० प्रतिशत पदमध्ये दलित समुदायलाई १२ प्रतिशत छुट्याइएको बताएका छन्। आइतवारको राष्ट्रिय सभा बैठकमा पेश भएको ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन २०८१’माथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले महिला समावेशी पदबाहेकको अन्य पचास प्रतिशत समावेशी पदमध्ये दलित समुदायलाई १५ प्रतिशत पद छुट्याएको बताए। प्रस्तावित दलितहरुको हक अधिकार तथा विकास ऐन, २०८१ तर्जुमा सम्बन्धी अवधारणा पत्र सहमतीका लागि राष्ट्रिय दलित आयोगमा पठाइएको उनको भनाइ छ। उनले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आज आइतबारको राशिफल

 Krishna Shrivastav

मेष सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ। वृष अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ। मिथुन विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ। कर्कट आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। सिंह नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

समाचार
News

युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

News

दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

News

आज आइतबारको राशिफल

News

जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

News

भोजपुरमा एकै परिवारका ४ जनाको हत्या