Krishna Shrivastav
पुलिस महिला गोल्डकपको फाइनलमा
Krishna Shrivastav

मकवानपुर | विभागीय टोली नेपाल पुलिस क्लब मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा मंगलवार भएको पहिलो सेमिफाइनल खेलमा चितवनको महिला टोलीलाई ७-० गोलले हराउँदै पुलिस उपाधि नजिक पुगेको हो | पुलिसको जितमा मिना देउवा र निर्मा उपाध्यायले ह्याट्रिक गरिन् । मिनाले खेलको २१ औं, ४० औं र ५९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । निर्माले ३४, ६६ र ८० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् । पुलिसको लागि अर्को एक गोल ४५ औं मिनेटमा सुश्मा तामाङले गरिन् ।