Krishna Shrivastav
वीरगञ्जको सिर्सिया सुक्खा बन्दरगाह भन्सार परिसदबाट लाखौ समान चोरी
Krishna Shrivastav

वीरगञ्ज । पर्साको वीरगञ्जमा रहेको सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट लाखौ रूपैयाको सुकमेल चोरी भएको छ । काठमाण्डौमा रहेको पशुपति एक्जिम प्रालिले दक्षिण अमेरिकाको ग्वाटेमालाबाट खरिद गरी ल्याएको २० फुटे आठ वटा कन्टेनरमध्ये दुईवटा कन्टेनरको सिल फुटाएर लाखौ रूपैयाको सुकमेल चोरी भएका छन । गएको अक्टोबर १९ तारिखमा दुबई हुँदै विशाखापट्टनम बन्दरगाह भएर एक्सप्रेस–वे कन्टेन कम्पनीका आठ वटा कन्टेनरमा खरिद गरी ल्याएको दुई सय कार्टुन सुकमेलमध्ये कन्टेनर नम्बर ईएससीयू २००२२०६ र ईएससीयू २००२२४८ को सिल हटाएर ११ कार्टुन सुकमेल चोरी भएको आयातकर्ता कम्पनीका वीरगञ्जमा रहेका प्रतिनिधि मधु बरालले बताए ।