नेपालमा पनि ७ जनामा कोरोना पुष्टि

 Krishna Shrivastav

वीरगन्ज । केही सातादेखि यता छिमेकी राष्ट्र चीन हुँदै भारतमा समेत कोरोना बढेपछि नेपाल सरकारले पनि सतर्कता अपनाउन सुरु गरेको छ । विगतका वर्षहरूमा पनि भारतमा कोरोना बढेपछि नेपालमा फैलिएको अनुभवको कारण नेपाल समयमै सतर्क हुनु पर्ने इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रबल झाले बताए । ‘भारतमा बढेको देखेपछि हामीले पनि आफ्ना संयन्त्रणहरु तयारी अवस्थामा राखेका छौ’उनले भने । केही दिन अघि स्वास्थ्यमन्त्री प्रदिप पौडेलसँग तयारीको लागि छलफल गरेको र सीमा नाका, हवाई नाकाहरूमा हेल्थ डेस्क राखिसकेको जानकारी दिए । ‘सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई तयारी अवस्थामा रहन भनिसकेका

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

किशोर उमेरका राजकुमार सन्किएपछि साउदी सरकारले लगाएको थियो मदिरामा प्रतिबन्ध

 Krishna Shrivastav

काठमाडौं । साउदी अरेबियाले आफ्नो देशमा मदिरामाथि लगाइएको प्रतिबन्ध हटाउन लागेको दाबी गरिएका रिपोर्टहरू प्रकाशित भएपछि अहिले यो विषय चर्चामा छ । रिपोर्टमा एक्स्पो २०३० र फिफा विश्वकप २०३४ जस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूको तयारी गरिरहेको साउदीले २०२६ देखि देशमा मदिराको नियन्त्रित खरिद र बिक्रीलाई अनुमति दिँदै मदिरामाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको दाबी गरिएको छ। साउदीका अधिकारीहरूले भने यी रिपोर्टहरूको दाबीलाई अस्वीकार गरेका छन् । यद्यपि नयाँ शासक मोहम्मद बिन सलमानले पछिल्लो समय गरेका उदारवादी निर्णयका कारण साउदीले छिटै मदिरामाथिको नियन्त्रण हटाउने विश्वास गरिएको छ । सलमानले आफ्नो महत्वाकांक्षी परियोजना ‘भिजन २०३०’

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

भिजिट भिसा प्रकरणले तात्यो संसद, गृहमन्त्रीको राजीनामा ‘बमट लाइन’

 Krishna Shrivastav

काठमाडौं। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन्। मंगलबार प्रतिनिधिसभा बैठक सुरु हुनेबितिकै माओवादीलगाएतका प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाउँदै गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन्। उनीहरुले छानविन समिति बनाएर गृहमन्त्रीमाथि अनुसन्धान गर्न समेत माग गरेका छन्। प्रतिपक्षी दलले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका सांसद बर्षमान पुनलाई बोल्न समय दिएका थिए। पुनले भिजिट भिसा प्रकरण मानवतस्करीसँग जोडिएको उल्लेख गर्दै बिमानस्थलभित्रकै भ्रष्टाचार राजनीतिक संरक्षणबिना सम्भव नरहेको बताए। सो प्रकरणमा गृहमन्त्री प्रत्यक्ष जोडिएको देखिएकाले राजीनामा दिएर अनुसन्धानलाई सहयोग गर्न उनले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

फ्रान्सका राष्ट्रपतिले आफ्नी श्रीमतीको थप्पड खाएका हुन् ?

 Krishna Shrivastav

काठमाडौं । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंको भियतनाम भ्रमणको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। यस भिडियोमा फ्रान्सेली राष्ट्रपतिकी श्रीमती ब्रिगिट म्याक्रोनले उनको अनुहारमा थप्पड हानेको देखिएको छ। यो भिडियो भाइरल भएपछि, फ्रान्सको पहिलो जोडी बीच मतभेद भएको अनुमानले गति लियो। यस सम्बन्धमा फ्रान्सेली राष्ट्रपतिले एक वक्तव्य दिएका छन्। फ्रान्सेली राष्ट्रपतिले आफ्नी श्रीमतीसँग कुनै पनि विवाद भएको अनुमानलाई अस्वीकार गरेका छन् र भनेका छन् – ‘हामी मजाक गरिरहेका थियौं।’ भियतनामको राजधानी हनोईमा पत्रकारहरूसँग कुरा गर्दै फ्रान्सेली राष्ट्रपतिले आफ्नी श्रीमतीसँग झगडा गरिरहेको नभइ ठट्टा गरिरहेको बताए। उनका अनुसार उनको भिडियो विकृत गरिएको यो

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

एकै परिवारका सात जना रहस्यमय अवस्थामा मृत भेटिए

 Krishna Shrivastav

काठमाडौं । हरियाणाको पंचकुलामा एउटा कारभित्र सात जना मृत फेला परेको खबर आएको छ। पंचकुलाका डीसीपी हिमाद्री कौशिकले मृतक सबै एकै परिवारका भएको र उनीहरूको पहिचान भइसकेको बताए। उनले भने ‘प्रथम दृष्टिमा यो आत्महत्याको घटना देखिन्छ’। समाचार एजेन्सी पीटीआईका अनुसार उनीहरू देहरादूनका एकै परिवारका सदस्य थिए। २६ मे राति मिडियासँग कुरा गर्दै डीसीपी हिमाद्री कौशिकले भने , “हामीलाई ओजस अस्पतालमा ६ जनालाई ल्याइएको जानकारी प्राप्त भयो। हामी त्यहाँ पुग्दा, हामीले उनीहरूको मृत्यु भइसकेको पायौं र सिभिल अस्पतालको सेक्टर ६ मा लगिएको एक जनाको पनि मृत्यु भयो।” डीसीपीले भने, “प्रथम नजरमा

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

छोटो शीर्षक: विद्यार्थी नेतृत्त्वमा वीरगन्जमा ६१ जनाको रक्तदान

 Krishna Shrivastav

वीरगन्ज । लालबाबु सिंह । ठाकुरराम क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा आइतबार रक्तदान कार्यक्रम आयोजना भयो, जसमा १ महिला सहित ६१ जनाले रक्तदान गरे। रगतको अभाव रहेको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै स्वतन्त्र विद्यार्थी युनियनले वीरगन्जको रक्तसञ्चार केन्द्रको आग्रहमा मानवीय भावनाले प्रेरित रक्तदान कार्यक्रमको आयोजना गरेको हो। क्याम्पस प्राङ्गणमा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा कांग्रेस युवा नेता अरविन्द गुप्ता सहभागी थिए भने कार्यक्रमको अध्यक्षता युनियन अध्यक्ष राजकुमार यादवले गरे। कार्यक्रममा क्याम्पस प्रमुख रञ्जित यादव, रेडक्रस पर्सा अध्यक्ष बृजकिशोर पटेल, समाजसेवी प्रकाश उपाध्याय, सञ्चारकर्मी लालबाबु सिंहलगायतको उपस्थिति थियो। रक्तदान गर्नेहरूमा प्रीती पटेल,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा दाजुबहिनीको मृत्यु

 Krishna Shrivastav

बुटवल । कपिलवस्तुमा आगलागीमा परी दाजुबहिनीको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका-५ जयनगरमा खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी हुँदा जलेर दाजुबहिनीको मृत्यु भएको छ । आइतबार साँझ खाना पकाउने क्रममा ग्यासको रेगुलेटर खोल्ने बित्तिकै आगलागी हुँदा १८ वर्षीया सोनम यादव र उनका दाइ २५ वर्षीय शिवकुमार यादव जलेर गम्भीर घाइते भएका थिए । उपचारको क्रममा उनीहरुको मृत्यु भएको कपिलवस्तुका प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए । मृतक सोनम राष्ट्रिय मावि मुरफुटवामा कक्षा १० मा अध्ययनरत थिइन् । विद्यालयमा सोमबार शोक बिदा दिइएको प्रअ लालचन्द पाण्डेयले जानकारी दिए ।


ठाकुरराम क्याम्पसमा मयंक रौनियार प्रेस सल्लाहकारमा नियुक्त

 Krishna Shrivastav

वीरगंज । स्वतन्त्र विद्यार्थी युनियन, ठाकुरराम बहुमुखी क्याम्पसमा मयंक रौनियार प्रेस सल्लाहकार पदमा नियुक्त भएका छन्। वीरगंज संजाल मार्फत उनलाई प्रेस सल्लाहकारमा नियुक्त गरिएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। रौनियार विगत ८ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रूपमा संलग्न रहँदै आएका छन्। उनले स्वतन्त्र विद्यार्थी युनियन, ठाकुरराम बहुमुखी क्याम्पसको विभिन्न गतिविधिमा समेत सक्रिय सहभागिता जनाउँदै आएका छन्। हालै सम्पन्न युनियनको निर्वाचनमा पनि उनको उल्लेखनीय योगदान रह्यो। उनी प्रेस सल्लाहकारमा नियुक्त गरिएको औपचारिक घोषणा पर्सा क्षेत्र नं. १ का नेपाली काँग्रेस क्षेत्रीय सभापति अरविंद कुमार गुप्ताले ठाकुरराम क्याम्पसको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

राजावादी जनआन्दोलन समितिको ओलीलाई चुनौतीः ज्ञानेन्द्र जस्तै सडकमा एक्लै हिँडेर देखाऊ

 Krishna Shrivastav

काठमाडौं– जेठ १५ गतेदेखि राजसंस्था फर्काउनका लागि निरन्तर आन्दोलनको घोषणा गरेको जनआन्दोलन परिचालन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकमा एक्लै हिँडेर देखाउनका लागि चुनौती दिएको छ। समितिले एक विज्ञप्ति जारी गरी एमालेका कार्यकर्तालाई जेठ १५ गते काठमाडौं कब्जा गर्नका लागि ओलीले आह्वान गरेको विषयप्रति प्रश्न उठाउँदै भन्यो,‘ज्ञानेन्द्र शाहजस्तो त्यहि दिन सडकमा एक्लै हिँडेर देखाऊ।’ समितिका प्रवक्ता स्वागत नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘राजधानी (काठमाडौँ) कब्जा गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिले उहाँ केवल सुरक्षाकर्मीको कब्जामा रहेर मात्र सुरक्षित हुनुहुन्छ देश अहिले उहाँको कब्जामा छैन भन्ने प्रमाणित गरेको छ। त्यसैले शान्तिपूर्ण संवैधानिक राजसंस्थासहितको

Breaking News, देश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

थारू समुदायका एक हजार आठ सयजनाको रगत परीक्षण

 Krishna Shrivastav

कञ्चनपुर– जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट थारू समुदायका एक हजार ८४२ जनाको रगत परीक्षण गरेको छ । सिकलसेल एनिमिया तथा थालेसिमिया रोग पहिचान तथा निदान गर्ने उद्देश्यले आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट उक्त सङ्ख्यामा रगत परीक्षण गरिएको स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया तथा थालेसिमिया रोगसम्बन्धी स्रोत व्यक्ति सिद्धराज भट्टले जानकारी दिए । उनका अनुसार पुनर्वास नगरपालिका र भीमदत्त नगरपालिकाका थारु समुदायको बसोबास रहेका ६ वटा वडामा रगत परीक्षण गरिएको थियो । जसमा १९७ जनामा सिकलसेल एनिमिया ‘पोजेटिभ’ देखिएको छ । उनले रगत परीक्षण गर्दा पोजेटिभ देखिएका नमूनालाई

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

आज सोमबारको रशिफल

 Krishna Shrivastav

मेष काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला। मेहनत गर्दा शत्रुहरूलाई तह लगाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै धेरै योजना सफल हुनेछन। वृष पढाइ लेखाइमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यमा जुट्नाले प्रशस्तै फाइदा हुनेछ। मिथुन बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। महत्वाकांक्षी योजना सफल होलान। कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। कर्कट व्यापार ब्यबसायमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धी पराजित हुनेछन। सोचेभन्दा आम्दानी बढ्नेछ। सहयोगीहरूले पनि साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। सिंह विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। पठन पाठनमा प्रगति हुनेछ। विशेष

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

बी.पी. उद्यानको बजार छपकैयाँमा सर्ने तयारी अन्तिम चरणमा

 Krishna Shrivastav

वीरगन्ज । कृष्ण श्रीवास्तव । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयाँस्थित रेल्वेरोडसँगै जोडिएको करिब ३२ कट्ठा जग्गामा बी.पी. कोइराला उद्यान अन्तर्गतको अस्थायी बजार (हाटबजार) सार्ने तयारी अन्तिम चरणमा पुगेको छ। वीरगञ्ज महानगरपालिकाले हाल शहरको विभिन्न भागमा अनियमित रूपमा सञ्चालन भइरहेका फाटफुट बजारलाई व्यवस्थापन गर्दै व्यवस्थित र सुरक्षित स्थानमा सार्ने योजना अनुसार यो कार्य अघि बढाइएको हो। महानगरले रेल्वे ट्र्याक नजिकै रहेको यो जग्गालाई सार्वजनिक प्रयोगका लागि तयारी गर्दै हाटबजारका लागि पूर्वाधार निर्माणको कार्य तीव्र रुपमा अगाडि बढाएको छ। अहिले आवश्यक संरचना निर्माण, बजार स्टलको व्यवस्थापन, सडक पहुँच र पार्किङ व्यवस्थापनलगायतका

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो

 Krishna Shrivastav

वीरगन्ज । लालबाबु सिंह । महालक्ष्मी विकास बैंकले आफ्नो ३१औं वार्षिकोत्सवको अवसरमा महिनाव्यापी कार्यक्रम आयोजना गरी विविध गतिविधिमार्फत उत्सवमय वातावरणमा मनाएको छ। बैंकले देशभरिका शाखा कार्यालयहरुमार्फत ३१ जना महिला उद्यमीलाई सम्मान गरेको जानकारी प्रेस विज्ञप्तिमार्फत दिएको छ। वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताको प्रवाहमा टेवा पुर्‍याउने उद्देश्यसहित उक्त सम्मान गरिएको हो। यस्तै, बैंकले १० वटा शाखा तथा केन्द्रीय कार्यालयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३२० पिन्ट रगत संकलन भएको थियो। रगत व्यवस्थापनमा सहजता ल्याउने उद्देश्यले यो कार्यक्रमलाई प्राथमिकता दिइएको बताइएको छ। वार्षिकोत्सवकै अवसरमा देशको भौगोलिक तथा सांस्कृतिक विविधता

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक

 Krishna Shrivastav

वीरगन्ज । लालबाबु सिंह | नेपालको व्यावसायिक सवारी साधन बजारमा थप सशक्त उपस्थिति जनाउँदै महिन्द्राको युटिलिटी सवारी साधनको आधिकारिक वितरक अग्नि इन्करपोरेटेड प्रा.लि.ले १.७ टन भार क्षमता भएको नयाँ महिन्द्रा बोलेरो पिक-अप फ्ल्याटबेड 1.7T नेपाली बजारमा सार्वजनिक गरेको छ। आइतबार वीरगन्ज–१४ स्थित प्रतिमा चोकमा रहेको अग्नि ग्रुपको महिन्द्र शोरूममा आयोजित विशेष समारोहका बीच उद्योग वाणिज्य संघ वीरगन्जका अध्यक्ष हरि गौतमले गाडीको औपचारिक रुपमा उद्घाटन गरे। समारोहमा प्रमुख अतिथि गौतमले बोलेरो पिक-अप 1.7T बलियो, भरपर्दो, कम लागतमा सञ्चालनयोग्य र नेपाली यातायात व्यवसायका लागि उपयुक्त विकल्प भएको उल्लेख गर्दै यसको लोकप्रियता अझ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्

 Krishna Shrivastav

वीरगन्ज । लालबाबु सिंह । सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलले वडा प्रहरी कार्यालय बिर्ताको सहकार्यमा आइतबार साइबर अपराध सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। वीरगन्ज–१६ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, नगवामा आयोजित उक्त कार्यक्रममा कक्षा ८ र ९ मा अध्ययनरत ७६ जना विद्यार्थीलाई साइबर अपराधबारे जानकारी प्रदान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि प्रहरी निरीक्षक निरोज चौलागाईंले वृत्तचित्रमार्फत साइबर अपराध के हुन्, यसका कारण हुने सम्भावित हानि–नोक्सानी, कानुनी सजाय तथा जरिवाना र त्यसबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा विस्तृतरूपमा प्रशिक्षण दिएका थिए। उनले विद्यार्थीहरूलाई सचेत रहन, सुरक्षित इन्टरनेट प्रयोग गर्न

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रोशनी शाही मृत फेला

 Krishna Shrivastav

रोशनी शाही मृत अवस्थामा फेला परेकी छन् । उनी आइतबार (आज) दिउँसो भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित आफ्नै कोठामा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए । ‘‘शाही आफ्नै भाडामा लिएको फ्ल्याटभित्र मृत फेला परेकी छन् । हामीले उनको श्रीमान् बाहिर भएका कारण शव उठाएका छैनौँ । तर, जनप्रतिनिधिको रोहबरमा कोठा खोलेर हेर्दा घोप्टो परेको अवस्थामा शव फेला परेको हो,’’ उनले भने । शाहीले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कारको आरोप लगाएकी थिइन् । सोही आरोपपछि महरा पक्राउ परेका थिए ।


मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

 Krishna Shrivastav

काठमाडौँ — बंगालको खाडीबाट आएको हावाको बहावले बोकेर ल्याएको मौसमी प्रभावबाट बन्ने मनसुन सामान्यत: मे ३१ वा जुन १ (जेठ १७ वा १८) मा केरला आइपुग्छ र जुन १३ (जेठ ३०) भित्र नेपाल प्रवेश गर्छ । तर, भारतको मौसम विभागका अनुसार दक्षिणी केरला राज्यमा सरदर एक साताअगावै शनिबार मनसुन भित्रियो । भारतमा औसत समयभन्दा अगावै मनसुन प्रवेश गरिसकेकाले नेपालमा पनि चाँडै मनसुन सुरु हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आकलन गरेको छ । ‘केरलामा मनसुन आइसकेकाले अबको ७ देखि १० दिनभित्र पूर्वी नेपालको झापा हुँदै प्रवेश गर्ने

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

छेडागाड नगर अस्पताललाई तीन करोडको स्वास्थ्य उपकरण हस्तान्तरण

 Krishna Shrivastav

सुर्खेत — काठमाडौंको कुमारी फाउन्डेसनले जाजरकोटको छेडागाड नगरपालिकाको नगर अस्पताललाई तीन करोड बढीको स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रहेका फाउन्डेसनका अध्यक्ष राजीवबिक्रम शाहले पालिकाका अध्यक्ष रत्नबहादुर खड्कालाई उपकरणहरु हस्तान्तरण गरेका हुन् । रोटरी क्लब अफ काठमाडौं र रोटरी क्लब अफ मुम्बई कप परेडको सहयोगमा कुमारी फाउन्डेसनले पालिकालाई उपकरणहरु उपलब्ध गराएको हो । ‘दुर्गमका स्थानीयलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने एउटा सानो सपना पूरा भएको मन्त्री छ,’ मन्त्री शाह भन्छन्, ‘स्वास्थ्य चौकीमा आौषधि र अति आवश्यक उपकरण अभावले नागरिकले अकालमा ज्यान गुमाउनु परेको दर्दनाक अवस्था

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

समाचार
News

वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

News

अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

News

जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

News

जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

News

घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ