अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास

 Krishna Shrivastav

वीरगन्ज | वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंस्थित मुस्लिम समुदायको कब्रगाहमा वाउन्ड्रीवाल निर्माण कार्यको शिलान्यास गरिएको छ। वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले शिलान्यास गरेका हुन् । करीब ५० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको यो संरचनाले कब्रगाहको सुरक्षा, संरक्षण तथा व्यवस्थापनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ। शिलान्यास कार्यक्रममा बोल्दै मेयर सिंहले वीरगन्जलाई सांस्कृतिक, धार्मिक र जातीय विविधताको प्रतिकको रूपमा उल्लेख गर्दै भने, “यहाँका सबै धर्म र समुदायको आस्था र परम्पराको संरक्षण हाम्रो साझा दायित्व हो। कब्रगाहको वाउन्ड्रीवाल निर्माण केवल संरचनात्मक कार्य होइन, यो धार्मिक सम्मान, सामाजिक सद्भाव र नागरिक

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

गहवामाई रथ यात्रा’ आयोजनका लागि गठित धार्मिक समन्वय समिति विस्तार

 Krishna Shrivastav

वीरगन्ज | वीरगन्जमा आगामी असार १३ गते निकाल्न लागिएको ‘गहवामाई रथ यात्रा’ लाई भब्यरुपमा सम्पन्न गर्नका लागि गठित गहवामाई रथ यात्रा धार्मिक समन्वय समिति विस्तार गरिएको छ ।समितिका संयोजक ज्योतिष सम्राट पण्डित पुरुषेत्तम दुबेका अनुसार, शनिबार समितिको विस्तार गरिएको हो । जसको सदस्यमा नेपाल विश्व हिन्दु महासंघका अमर सरार्फ, हिन्दु परिषद नेपालका लालबाबु प्रसाद कुर्मी, विश्व हिन्दु परिषदका ज्योति रूङ्गटा,हिन्दु महिला समाज नेपालकी प्रिया सिंह,सामुदायिक सेवा केन्द्र परिवारकी राधा शर्मा,ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रका गोबर्धन चौधरी,पुरी पीठ परिषदका डा. अनिल झा, कर्मकाण्डी ब्राम्हण समाजका पुरुषोत्तमदेव उपाध्याय,राम राज्य परिषदका धर्मेन्द्र कुमार पटेल,

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

नारायणी अस्पतालमा विधुत सेवा अवरुद्ध प्रकरण : गुप्ता निलम्बित,थप कारबाहीका लागि सिडिओमा पत्रचार

 Krishna Shrivastav

वीरगन्ज । वीरगन्जको नारायण अस्पतालमा शुक्रबार राति विद्युतको सर्किट सर्ट भएर विद्युत सेवा अवरुद्ध हुदाँ आइसियु र सिसिसियु वार्डका बिरामीहरुलाई परेको समस्या बारे अस्पताल विकास समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अस्पतालको आइसियु र सिसिसियु वार्डमा शुक्रबार राति विद्युत सर्किट सर्ट भएर करिब ३ घण्टासम्म विद्युत सेवा अवरुद्ध हुदाँ त्यहाँ उपचाररत रहेका १७ जना बिरामीहरुको ज्यान जोखिममा परेको थियो । उक्त घटनाप्रति अस्पताल विकास समितिको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अस्पताल विकास समितिका अध्यक्ष धिरज कुमार गुप्ताले शनिबार साममाजिक सञ्जाल फेसबुकमा लेखेका छन् –हिजो राति नारायणी अस्पतालको आइसियु/एनआइसियु वार्डमा सर्टसर्किट

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पन्चगाँवा गोल्ड कप फुटबलको उपाधि वीरगन्ज युथ एकेडेमीले जित्यो

 Krishna Shrivastav

वीरगन्ज । पर्साकाे सखुवाप्रसौनी गाउँपालिका–२ मा आयाेजित तेस्रो पन्चगाँवा गोल्ड कप फुटबलको उपाधि वीरगन्ज युथ एकेडेमीले जितेको छ। पन्चगाँवा खेलमैदामा शनिबार भएको फाइनल खेलमा आराम्भ भेट्रान्स वीरगन्जलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै वीरगन्ज युथ एकेडेमीकाले उपाधि जितेको हो। प्रतियोगिताकाे समापन समारोहमा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवले उपाधि विजेता टिमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरे। समापन समाराेहमा गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ट, वडा नम्बर २ का वडाध्यक्ष चिरञ्जीवी महतो थारु, प्रधानाध्यापक शिवनाथ चौधरी, इलाका प्रहरी कार्यालय एकटांगाका प्रहरी नायब निरीक्षक नवराज घिमिरे, बुद्धिजीवी भूपदेव चौधरी, दिपनारायण माविका व्यवस्थापन समिति अध्यक्ष शंकर महतो

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै वीरगन्जका मेयर सिंह जनकपुरमा सम्मानित

 Krishna Shrivastav

वीरगन्ज | वीरगन्ज महानगरपालिकाका मेयर ाजेशमान सिंहलाई शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै प्रधानाध्यापक संघ नेपाल (पान) मधेस प्रदेशले सम्मानित गरेको छ । जनकपुरमा शनिबार आयोजित प्रधानाध्यापक संघ नेपाल (पान) मधेस प्रदेशको दोस्रो प्रदेश सभामा वीरगन्ज महानगरका प्रमुख सिंहलाई सम्मानित गरिएको हो ।वीरगन्ज महानगरपालिकाले पछिल्ला वर्षहरूमा शैक्षिक पूर्वाधार विकास, गुणस्तरीय शिक्षाको प्रवर्धन र बालमैत्री वातावरण निर्माणमा खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गर्दै पान मधेस प्रदेशले मेयर सिंहलाई सम्मानित गरेको हो । अस्वास्थ्यताका कारण मेयर सिंह स्वयम् कार्यक्रममा उपस्थित हुन नसके पनि उनको तर्फबाट वीरगन्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

मुलुकलाई जोगाउँनका प्रधानमन्त्री ओलीको राजीनामा र अन्तरिम सरकार गठनको आवश्यक्ता छ : प्रभु साह

 Krishna Shrivastav

जनकपुर । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मुलुकमा बढदो बेथिति, ब्रह्मलुट, विभेद एवं दलाल दलतन्त्रका कारण मुलुक धरासायी बन्दै गईरहेको बताएका छन् । ‘दलतन्त्रको भण्डाफोर गरौं, गणतन्त्रको दिशामा अघि बढौं’ आजपाद्धारा आज (शनिबार) मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकलाई जोगाउँनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गरेर अन्तरिम सरकार गठन गर्नुपर्ने बताए । ‘मुलुकमा भ्रष्टाचार, लुट, बेथिति बढदो छ । दलाल दलतन्त्रले गणतन्त्र बदनाम भएको छ । मुलुक धरासायी बन्दै गईरहेकाले प्रधानमन्त्रीले राजीनामा गरेर अन्तरिम सरकार गठन गर्नुको विकल्प छैन्,’

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

समृद्ध नेपाल फाउण्डेसनद्वारा बाराको नकटुवामा निशुल्क आँखा शिविर

 Krishna Shrivastav

वीरगञ्ज | समृद्ध नेपाल फाउण्डेसनको आयोजनामा शनिबार बाराको नकटुवामा निःशुल्क आँखा शिविर आयोजना गरिएको छ । निःशुल्क आँखा शिविरमा एक सय ४० जनाको आँखाको परीक्षण गरिएको थियो । समृद्ध नेपाल फाउण्डेसनका अध्यक्ष सुरजकुमार सरार्फले नकटुवामा बसोबास गर्दै आइरहेका सर्वसाधारणलाई लक्षित गर्दै आँखा शिविर आयोजना गरिएको जानकारी दिए ।‘‘आँखा शिविरको क्रममा ४० जना मोतियाविन्दुको विरामी पहिचान भएका छन्,’’ उहाँले भन्नुभयो,‘‘वीरगञ्ज सामुदायिक आँखा अस्पतालसँगको सहकार्यमा मोतियाविन्दु भेट्टिएका विरामीको निःशुल्क आँखाको शल्यक्रिया गरिनेछ । ’’ विश्रामपुर गाउँपालिकाका कार्यपालिका सदस्य रागिनी कुमारीले निःशुल्क आँखा शिविरको कारणले स्थानीय बासीले घरआँगनमा आँखा उपचार गर्न पाएकोमा खुसी

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सशस्त्र प्रहरी बल पर्साद्वारा १३,८०,९६० रुपैयाँ बराबरको सामान भन्सार दाखिला

 Krishna Shrivastav

पर्सा । सशस्त्र प्रहरी बल नेपाल विभिन्न बी.ओ.पी. बाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छलि ल्याउँदै गरेको १३,८०,९६० रुपैयाँ बराबरको विभिन्न सामान नियन्त्रणमा लिई वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ। मिति २०८२ साल जेठ १६ गते बीरगंज महानगरपालिका–२५ स्थित चण्डालचोकबाट प्रदेश २–०३–००१ स ४२६४ नम्बरको ई–रिक्सामा लोड गरि ल्याइएको करिब २,७०,००० रुपैयाँ बराबरको मोटर पार्ट्स र २,००,००० रुपैयाँ बराबरको ई–रिक्सा नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। त्यसैगरी, विशेष सूचनाका आधारमा बीरगंज म.न.पा.–१६ स्थित नगवा गाउँको डम्पिङ साइटमा सशस्त्र प्रहरी प्र.सी.सु.गुल्म बीरगंजबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा ल्याइएका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

एलएस न्युरो अस्पताल द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

 Krishna Shrivastav

वीरगन्ज । लालबाबु सिंह । “रक्तदान जीवनदान” भन्ने संदेशलाई आत्मसात गर्दै वीरगंजस्थित एलएस न्युरो अस्पतालले शुक्रवार खुला रक्तदान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । सो कार्यक्रममा डा. ओम गुप्ता, डा. अब्तुश कास ,डा. अनुज पटेल,एशा सुनार,सुमित्रा कुमारी, गोविन्द साह, विक्रम चौधरी, सुनिल कुमार, दीपक साह, सगम साह, अनुषा, करुणा कार्की, सन्दीप कुमार लगायत २२ महिला सहित ५२ जनाले उत्साहपुर्वक आआफ्नो शरिरको अमुल्य रक्तदान गरी अनुपम उदाहरण प्रस्तुत गरि मानवता बलियो बनाएको अस्पतालका संचालक रामप्रवेश प्रसाद कुर्मीले बताए । कार्यक्रमको प्रमुख उद्देश्य अप्ठ्यारो अवस्थामा रहेका बिरामीहरूको जीवन रक्षा गर्नु र रक्त

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्सा ख्रीष्टीयान युवा समिति गठन, अध्यक्षमा सुनबहादुर लामा

 Krishna Shrivastav

वीरगन्ज । लालबाबु सिंह । पर्सा ख्रीष्टीयान समाजको आयोजनामा ‘जागृति सम्मेलन तथा नव समिति गठन’ कार्यक्रमको अवसरमा पर्सा ख्रीष्टीयान युवा समिति गठन गरिएको छ । ठोरीस्थित जङ्गल रिसोर्टमा बिहिबार सम्पन्न कार्यक्रममा जिल्ला भरिका ख्रीष्टीयान मण्डलीहरूबाट प्रतिनिधित्व प्राप्त सुनबहादुर लामा ‘माइकल’ (ठोरी) सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन् । कार्यक्रमको अध्यक्षता मधेश प्रदेश ख्रीष्टीयान समितिका अध्यक्ष तथा पर्सा ख्रीष्टीयान समाजका पूर्वअध्यक्ष रेभ. पा. बाबुराम क्षेत्री ले गर्नुभएको थियो । कार्यक्रममा ११ सदस्यीय समिति चयन गरिएको छ, जसमा एक जना सदस्य मनोनीत गरिने क्वानोनिया वीरगन्ज मण्डलीका एल्डर क्षेत्र बहादुर क्षेत्रीले बताएका छन

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भोजपुरी गीत–साहित्यसँगै ‘आपन भाषा, आपन पहिचान’ अभियान अघि बढ्दै

 Krishna Shrivastav

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका अन्तर्गतको भोजपुरी प्रतिष्ठान, वीरगञ्जको आयोजनामा सञ्चालित ‘आपन भाषा आपन पहिचान’ अभियान अन्तर्गत दोस्रो साप्ताहिक कार्यक्रम वीरगञ्ज चिनीमिलस्थित सिद्धार्थ माध्यमिक विद्यालयमा सम्पन्न भएको छ। प्रतिष्ठानका सदस्य सचिव अमित अग्रवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सल्लाहकार प्रमोद पाण्डे, अतिथि अस्मिता पटेल तथा विशिष्ट अतिथिका रूपमा शिक्षक सन्नी दुवे र शिक्षिका सिता अधिकारीको उपस्थिति थियो। कार्यक्रममा अमोद गुप्ता र अस्मिता पटेलले भाषा र साहित्यसम्बन्धी मन्तव्य राख्दै आफ्ना रचनाहरू प्रस्तुत गरेका थिए। प्रमोद पाण्डेले भाषा र बोलीको अन्तर प्रस्ट्याउँदै मातृभाषाको मानवीकरण र मानकीकरण अपरिहार्य रहेको बताए। उनले भोजपुरी भाषाले विश्वभर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेशनल मेडिकल कलेज र स्वास्थ्य चौकी प्रमुखबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

 Krishna Shrivastav

बीरगन्ज । बिरगंजस्थित नेशनल मेडिकल कलेजमा बिरगंज महानगरपालिकाका ३२ वटा वडाका स्वास्थ्य चौकी प्रमुखहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य नेशनल मेडिकल कलेजले नेपाल सरकारबाट मान्यता प्राप्त विभिन्न स्वास्थ्य सेवाहरू—जस्तै स्वास्थ्य बीमा सेवा, सामाजिक सुरक्षा कोष, विपन्न नागरिक औषधि उपचार, क्षयरोग (टीबी) कार्यक्रम, खोप सेवा, कर्मचारी सञ्चय कोष सेवा—बारे जानकारी दिनु रहेको थियो। कार्यक्रम नेशनल मेडिकल कलेजका प्रिन्सिपल प्रा. डा. के.एन. सिंहको अध्यक्षतामा सम्पन्न भयो भने प्रमुख अतिथि कलेजका प्रबन्ध निर्देशक शाहनवाज अंसारी थिए। उनले नेपाल सरकारले निःशुल्क उपचारको व्यवस्था गरे तापनि धेरै नागरिकहरूले यसको लाभ लिन नसकेको भन्दै

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वीरगन्जका उद्योगी भन्छन् : ‘दुईतिहाइको सरकारले ल्याएको बजेट टालटुलेमात्रै’

 Krishna Shrivastav

पर्सा । संघीय सरकारले बिहीबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटबारे मुलुकको आर्थिक राजधानी वीरगन्जका उद्योगी व्यवसायीले मिश्रित प्रतिक्रिया दिएका छन्। वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले दुई तिहाइ बहुमतको सरकारले ल्याएको बजेट सन्तोषजनक नभई टालटुले मात्र रहेको प्रतिक्रिया दिएका छन्। दुई तिहाइ बहुमतको सरकारले बलियो बजेट ल्याउन सक्थ्यो, यो मुलुकलाई आर्थिक संकटबाट बाहिर निकाल्ने मौका पनि थियो,’ उनले भने, ‘मुलुकलाई आर्थिक दुष्चक्रबाट निकाल्ने मौकाको सदुपयोग गर्न सकेन, समस्याहरूलाई थाती राखेर टालटुले बजेट ल्याउने काम भयो ।’ बजेटमा जे जसो भनिए पनि पुँजीगत खर्च हुन नसक्ने र चालु खर्च

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

एसइई प्रदेशबाट सञ्चालन गर्ने सरकारकाे घोषणा

 Krishna Shrivastav

वीरगञ्ज । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) प्रदेशबाट सञ्चालन गर्ने घोषणा गरेको छ । बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै एसइई प्रदेशबाट सञ्चालन गर्ने घोषणा गरेका हुन् । यसअघि राष्ट्रिय परीक्षा बोर्डमार्फत परीक्षा सञ्चालन हुँदै आएको छ । बोर्डले परीक्षाको लागि प्रश्न पत्र तयार पार्ने र नतिजा सञ्चालनको काम गर्दै आएको छ । सरकारको यो घोषणासँगै सम्पूर्ण जिम्मेवारी नै प्रदेशमा जानेछ । बोर्डले २०७८ सालमै राष्ट्रिय परीक्षा बोर्ड नियमावली २०७६ संशोधन गर्दै एसइई परीक्षा सञ्चालन गर्ने जिम्मा प्रदेश सरकारलाई दिएको थियो ।


२१६० पत्ता Tramadol र ७६ बोतल ONEREX सहित २ जना भारतीय नागरिक कारसहित पक्राउ

 Krishna Shrivastav

बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित इलाका प्रहरी कार्यालयअगाडि चेकप्वाइन्टमा विशेष सूचनाका आधारमा गरिएको निगरानीमा ठूलो परिमाणको लागूपदार्थ बरामद गरिएको छ। मिति २०८२ जेष्ठ १५ गते बिहान ११:४० बजे इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी निरीक्षक धन प्रसाद श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले बीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेको BR 01 BU 3485 नम्बरको भारतीय कारलाई रोकी चेकजाँच गर्दा कारको विभिन्न भागमा लुकाएर राखिएको प्रतिबन्धित लागूपदार्थ बरामद गरेको हो। प्रहरीले सो कारको पछाडिको सिटमुनि, दायाँबायाँ ढोकामा फल्स बटम बनाई राखिएको Tramadol Hydrochloride क्याप्सुल २१६० पत्ता (कुल २१,६०० ट्याबलेट) र कारको बायाँ साइडको अगाडिको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्सामा १८ औं संघीय लोकतान्त्रिक गणतन्त्र दिवस दीप प्रज्वलन गरी मनाइयो

 Krishna Shrivastav

पर्सा । पर्सा जिल्लाका आठ प्रमुख राजनीतिक दलले बिहीबार साँझ वीरगन्जको माईस्थानमा १८ औं संघीय लोकतान्त्रिक गणतन्त्र दिवसको अवसरमा संयुक्त रुपमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रममा सहभागी राजनीतिक दलका नेताहरूले गणतन्त्रको विकल्प नभएको भन्दै यसका कमीकमजोरीहरूलाई सुधार गरी गणतन्त्रको संस्थागत विकासमा जोड दिएका छन्। दीप प्रज्वलन कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति तथा मधेश प्रदेश सरकारका मन्त्री जनार्दन सिंह क्षेत्री, नेकपा एमाले पर्साका कार्यवाहक अध्यक्ष मनोज कुमार गुप्ता, माओवादी केन्द्र पर्साका निवर्तमान अध्यक्ष राम दरश कुशवाह, राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका अध्यक्ष हरि पन्त, जसपा नेपाल पर्साका अध्यक्ष राम नरेश

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

विगत सात वर्षदेखि खेलकुद ऐन बन्न सकेको थिएन। म मन्त्री भए बित्तिकै खेलकुद ऐन पास गरए।

 Krishna Shrivastav

वीरगन्ज । मधेस क्रिकेट लिगका समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जयसवाल यो पहिलो सिजन लाई सफल बनाउन १० दिन देखि आफ्नो उत्कृष्ट प्रदर्शन गर्नुहुने विभिन्न जिल्लाका टिमका साथीहरू र आजको अन्तिम खेलमा विजेता र उप विजेता भई एउटा राम्रो सन्देश दिन सफल भएका हाम्रा काप्तान लगाएत टिमका साथीहरूलाई यस खेलमा उपस्थिति सम्पूर्ण खेलप्रेमी आदरणीय महानुभावहरू सञ्चारकर्मी, सुरक्षाकर्मी, साथीहरू, सर्वप्रथम यहाँहरूलाई मधेस प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्रीको हैसियतले। मधेसको भूमिमा स्वागत अन्तिम दिनमा पनि गर्न चाहन्छु। विशेषगरी हाम्रा क्रिकेट सङ्घका उच्च पदअधिकारीहरू आउनुभएका छन् यहाँ सम्पूर्णलाई म स्वागत गर्न

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

६ लाख नगदसहित एक व्यक्ति र मोटरसाइकल भन्सार बुझायो : सशस्त्र प्रहरी बल पर्सा

 Krishna Shrivastav

पर्सा ।श्रुति साह। सशस्त्र प्रहरी बल नेपाल, प्र.सी.सु. गुल्म वीरगञ्जबाट खटिएको टोलीले छ लाख नेपाली रुपैयाँसहित एक जना पुरुष र मोटरसाइकल नियन्त्रणमा लिई वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ। मिति २०८२ साल जेठ १४ गते सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ स्थित त्रिभुवन राजपथको वीरगञ्जतर्फ जाने सडक खण्डमा चेकजाँचको क्रममा प्रदेश २–०३–००४ प ५६६४ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त रकम फेला परेको हो। भारतबाट नेपालतर्फ आइरहेको उक्त मोटरसाइकलमा सवार बारा जिल्लाको बिश्रामपुर गाउँपालिका–३ बरैनिया निवासी अन्दाजी ४० वर्षीय पुरुषको शरीर तथा जुत्तामा लुकाएर ल्याइएको स्रोत नखुलेको नेपाली नगद रकम फेला परेको सशस्त्र प्रहरीले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

News

अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

News

जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

News

जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

News

घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ