ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

 Krishna Shrivastav

वीरगंज । वीरगन्जको सिर्सियामा रहेको सुक्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालय आउँदो साउनदेखि वीरगन्ज भन्सार कार्यालयमा गाभिने भएको छ । अहिले वीरगन्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी (आइसिपी)छ भने सुक्खा बन्दरगाह भन्सार कार्यालय छुट्टै अस्तित्वमा छ । संघीय सरकारको निर्णयअनुसार यी दुई निकाय गाभिन लागेका हुन् । सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले साउनदेखि सुक्खा बन्दरगाह कार्यालय वीरगन्ज भन्सारमा गाभिने जानकारी दिए । सुक्खा बन्दरगाह ५७ बिघा क्षेत्रफलमा फैलिएको छ । विश्व बैंकसँग ८२ करोड ऋण लिएर यो बन्दरगाह निर्माण गरिएको हो । सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्षको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रविको मुद्दाबारे अधिवक्ताहरूको ‘ब्रिफिङ’- ‘मुद्दा कानुनीभन्दा बढी राजनीतिक, गलत नियतका साथ आकर्षित नहुने अभियोग लगाइयो

 Krishna Shrivastav

वीरगंज । कानुन व्यवसायीहरूले सहकारीको बचत हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले खेपिरहेको मुद्दाबारे ‘ब्रिफिङ’ गरेका छन् । लामिछानेको विचाराधीन मुद्दाको बहसमा संलग्न कानुन व्यवसायीहरूले बिहीबार रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरू, सांसदहरू र पार्टीसँग आबद्ध कानुन व्यवसायीलाई ‘ब्रिफिङ’ गरेका हुन् । रास्वपा कानुन विभागका अनुसार ‘ब्रिफिङ’मा वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, रमण श्रेष्ठ, मेघराज पोखरेल, सुरेन्द्र थापा, अधिवक्ताहरू दीपेन्द्र झा, डा. नारायणदत्त कँडेल, राजेन्द्र सेढाईं, सुदीज्ञ पन्त र सञ्जल गोले सहभागी थिए । पन्तले संसदीय छानबिन विशेष समितिको प्रतिवेदनको निष्कर्षविपरीत मुद्दा लगाइएको, लामिछानेले कुनै पनि सहकारीमा ऋण लिन निवेदन

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

माधवकुमार नेपालको राजनीतिक जीवनको आलो प्रभात

 Krishna Shrivastav

वीरगंज । नेपाली राजनीतिमा लामो समयसम्म शालीनता, इमानदारी र सिद्धान्तनिष्ठताको प्रतीकका रूपमा चिनिँदै आएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अहिले भने गम्भीर आरोपको घेरामा परेका छन्। उनको छविमा पहिलोपटक भ्रष्टाचारको आरोपले गहिरो असर पारेको छ। ६ दशक लामो राजनीतिक जीवनमा धेरै उतारचढाव पार गरिसकेका नेपालमाथि अब विशेष अदालतमा मुद्दा चल्नेछ, जसको फैसला नै उनको सार्वजनिक जीवनको आगामी गन्तव्य निर्धारण गर्ने सम्भावना प्रवल छ। मुलुकमा लोकतन्त्र स्थापनादेखि गणतन्त्र आगमनसम्मका हरेक राजनीतिक मोडमा सक्रिय सहभागिता जनाएका नेता नेपाल विगतमा एक निष्कलंक नेताको रूपमा चिनिँदै आएका थिए। तर, प्रधानमन्त्रीका

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

विश्वकै लामो मुक्तिनाथ केबुलकार बनाउन ५७ अर्ब ६४ करोड लगानी स्वीकृत

 Krishna Shrivastav

वीरगंज । सरकारले विश्वकै लामो मानिएको ‘मुक्तिनाथ केबुलकार’ परियोजनाको ५७ अर्ब ६४ करोड लगानी स्वीकृत गरेको छ । बिहीबार सम्पन्न लगानी बोर्डको ६४औँ बैठकले परियोजनाको लगानी स्वीकृत गरेको हो । परियोजना विकास सम्झौता (पिडिए) गर्न बिहीबारकै बैठकले कार्यकारी अधिकृत सुशील ज्ञवालीको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । अब वार्ता समितिले प्रस्तावक कम्पनी मुक्तिनाथ दर्शन प्रालिसँग वार्ता गरेर पिडिएको मस्यौदा बनाउनेछ । सरकारले १५ जेठमा ल्याएको आगामी आवको बजेटमा पनि यो परियोजना निर्माणमा सहजीकरण गर्ने उल्लेख छ । बोर्डका प्रवक्ता प्रधुम्नप्रसाद उपाध्यायले परियोजनाको लगानी स्वीकृत भएको जानकारी दिए । ‘साथै, पिडिएका लागि वार्ता कमिटी पनि गठन

Breaking News, देश, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

पतञ्जलीको भ्रष्टाचारमा सूर्यविनायक नगरपालिकाका मेयरविरुद्ध पनि मुद्दा दायर

 Krishna Shrivastav

वीरगंज । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको हदबन्दीभन्दा धेरै जग्गा खरिदबिक्रीमा भक्तपुरको सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापालाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएको छ। सो जग्गा गैरकानुनी रूपमा खरिदबिक्रीमा संलग्न रहेको भन्दै आयोगले थापाविरुद्ध पनि मुद्दा चलाएको हो । मुद्दा चलेसँगै उनी स्वतः पदबाट निलम्बनमा पर्ने भएका छन् । थापाले पतञ्जली योगपीठसँग जग्गा खरिद गरेका थिए। हदबन्दीभन्दा धेरै जग्गा खरिदबिक्री गर्न नपाइनेमा उनले खरिद गरेको आधारमा प्रतिवादी बनेका हुन्। यसमा सो समूहसँग उनको साँठगाँठ रहेको आयोगको निष्कर्ष छ । सरकारको नाममा आउनुपर्ने काभ्रेपलाञ्चोकको साँगास्थित सात रोपनी आठ आना एक पैसा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

विश्व वातावरण दिवसमा सशस्त्र प्रहरी गुल्ममा वृक्षारोपण निरन्तरता

 Krishna Shrivastav

वीरगञ्ज । लालबाबु सिंह । प्रकृति सेवा प्रतिष्ठान नेपालले वृक्षारोपण कार्यलाई निरन्तरता दिएको छ। वीरगञ्जको अलौमा रहेको सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सिमा सुरक्षा गुल्मको प्राङ्गणमा लगातार दोस्रो दिन वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रम प्रतिष्ठानका सहसचिव अबिनाश झाको नेतृत्वमा सम्पन्न भएको हो। कार्यक्रममा सशस्त्र प्रहरी नायब निरीक्षक कृष्ण पुजाराको विशेष सहभागिता रहेको थियो। उनले आँप, लिची, निम, धुप, जकरण्ड, गुलमोहर, अर्जुन लगायत १५ थान बिरुवाहरु रोपिएको जानकारी दिए। कार्यक्रममा वीरगञ्ज कपडा बैंक अध्यक्ष लालबाबु सिंह, युवा समाजसेवी केदार गुप्ता र सशस्त्र प्रहरीहरु सहभागी थिए। सो अवसरमा सशस्त्र प्रहरी नायब

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

नेपाल इन्टरमोडलको संचार रणनीति विषयक अन्तर्क्रिया कार्यक्रम बीरगञ्जमा सम्पन्न

 Krishna Shrivastav

बीरगञ्ज | नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा तथा बीरगञ्ज उद्योग वाणिज्य सङ्घको सह–आयोजनामा “नेपाल इन्टरमोडल यातायात विकास समिति” को संचार रणनीति विषयक छलफल तथा अन्तर्क्रिया कार्यक्रम बीरगञ्ज उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रममा बीरगञ्ज उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष श्री माधव राजपालज्यूले इन्टरमोडल विकास समितिले अपनाउनुपर्ने संचार रणनीतिका विविध पक्षहरूबारे महत्वपूर्ण धारणा व्यक्त गर्नुभयो। उहाँले पारदर्शिता, समन्वय, तथा सूचना प्रवाहलाई सशक्त बनाउन समितिले स्पष्ट रणनीति तय गर्नुपर्नेमा जोड दिनुभयो। छलफल कार्यक्रममा विभिन्न सरकारी निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

आज शुक्रवारको राशिफल

 Krishna Shrivastav

मेष सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ। वृष अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ। मिथुन विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ। कर्कट आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। सिंह नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

ज्योतिष डा. बिबेकको किताब VastuShastra’ अन्तरास्टृय बजारमा सार्वजनिक

 Krishna Shrivastav

वीरगंज । हस्तरेखा, ज्योतिष र वास्तुशास्त्रका क्षेत्रमा उदाउँदो नामका रूपमा परिचित डा. बिबेकद्वारा लिखित पुस्तक ‘VastuShastra’ अब विश्वभरका पाठकहरूका लागि Amazon तथा Flipkart मार्फत उपलब्ध भएको छ। वैज्ञानिक दृष्टिकोणबाट ज्योतिषशास्त्र र वास्तुशास्त्रलाई प्रस्तुत गर्ने लक्ष्यसहित डा. बिबेकले यो पुस्तक प्रकाशन गरेका हुन्। उनले भने, “हाम्रो परम्परागत विद्या हस्तरेखा, वास्तु र ज्योतिषलाई वैज्ञानिक आधारमा बुझाउने प्रयासस्वरूप यो पुस्तक ल्याइएको हो।” पुस्तकमा ज्योतिष, वास्तुशास्त्र, हस्तरेखा र भाग्यको परस्पर सम्बन्धलाई तथ्यमा आधारित रुपमा विश्लेषण गरिएको छ। नेपाल र भारत मात्र होइन, विश्वभरका बिद्यार्थी, शोधकर्ताहरू र रूचि राख्ने पाठकहरूका लागि उपयोगी हुने विश्वास गरिएको

Breaking News, कला मनोरंजन, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

विश्व वातावरण दिवसको अवसरमा प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा लगातार पाचौ एवं मुख्य दिन बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

 Krishna Shrivastav

वीरगंज । लालबाबु सिंह । प्रकृति सेवा प्रतिष्ठान नेपालले श्री शारदा मा. वि. को सहकार्यमा वातावरण दिवस २०८२ को अवसरमा आयोजित ५ दिने कार्यक्रम अन्तर्गत पाचौ एवं मुख्य दिन बिहिबार वीरगन्ज -२४ बहुअरी मा अवस्थित श्री शारदा माध्यमिक विद्यालयको प्राङ्गणमा बृहत वृक्षारोपण कार्यक्रम आयोजन सुसम्पन्न गरेको छ । प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंह एवं श्री शारदा विद्यालयका प्रधानाध्यापक अनिल बर्णवालको सन्युक्त अध्यक्षता एवं युवा नेता समाजसेवी प्रकाश कुमार उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा अतिथिहरु विधालय ब्यवस्थापन समितिका सदस्य हदिस मिया , प्रतिष्ठानका सदस्य भोला प्रसाद

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

 Krishna Shrivastav

वीरगन्ज । विश्व वातावरण दिवसको अवसरमा आज वीरगञ्ज महानगरपालिका–१७ स्थित इन्टिग्रेटेड चेकपोइन्ट (आईसीपी) ड्राइपोर्ट टर्निङ क्षेत्रमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। बिहान ७:४५ बजे सुरु भएको उक्त कार्यक्रम ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर–१०, भारतका महावाणिज्य दूतावास वीरगञ्ज, वीरगञ्ज महानगरपालिका र राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समितिको संयुक्त आयोजनामा गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि भारतका महावाणिज्य दूतावास वीरगञ्जका प्रमुख डी.एस. मीना थिए भने कार्यक्रमको अध्यक्षता ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले गरे। कार्यक्रममा नागरिक समाज, समाजसेवी, सुरक्षा निकायका पदाधिकारी, सञ्चारकर्मी,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

 Krishna Shrivastav

पोखरिया | शैलेश गुप्ता |पर्सा को पोखरिया नगरपालिकाको सभा हलमा आज ३ दिने नमूना स्थानीय तह युवा संसद अभ्यास कार्यक्रम तथा नमूना युवा नगर सभा २०८२ सम्पन्न भयको छ। मधेश प्रदेश सरकारको खेलकूद तथा समाज कल्याण मंत्रालय जनकपुरधाम नेपालको आयोजना तथा पोखरिया नगरपालिका को समन्वय र प्रदेश युवा संजाल मधेश प्रदेश जनकपुरधाम नेपालको सहकार्यमा सम्पन्न भयको कार्यक्रममा पोखरिया नगरपालिका वडा नम्बर १ देखी १० सम रहेका २५ जाना युवा युवतीहरु सहभागी थिय । कार्यक्रममा संसद सदन र स्थानीय तहको सम्बन्धमा ३ दिन राम रतन र नईम रैनले सहभागीहरुलाई प्रशिक्षण दिएका

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

 Krishna Shrivastav

वीरगंज | पर्साको भेडीयाही स्थित नेशनल मेडिकल कलेज र वीरगन्ज महानगरपालिकाका १३वटै वडाबिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । बुधबार अस्पतालको सभा हलमा वीरगन्ज महानगरपालिकाका १३वटै वडाका वडा अध्यक्षहरू र नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक सहनवाज अनसरीबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । स्वास्थ्य सम्झौता अन्तगर्त नेशनल मेडिकल कलेजले उपलब्ध गराउने स्वास्थ्य सुविधा तथा छुट यसप्रकार रहेको छ । ओपिडी टिकटमा २५ प्रतिशत , जेनरल बेड चार्जमा १५ प्रतिशत, आइसियु, एनआइसियु, पीआइसियुको बेड चार्जमा ५ प्रतिशत, जेनेरल लाप्रोस्कोपिक तथा इण्डो स्कोपिकमा ८ प्रतिशत, पयाथोलोजी जाँचमा १० प्रतिशत,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

 Krishna Shrivastav

वीरगंज । जनमत पार्टीप्रति सबै वर्गको आकर्षण तीव्र रूपमा बढिरहेको संकेत दिंदै, आज पर्सा जिल्लाको पार्टी कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा जिल्लाका महिला उद्यमी तथा सक्रिय समाजसेवी महिलाहरूले जनमत पार्टीको सदस्यता ग्रहण गरेका छन्। पार्टी प्रवेश गर्ने प्रमुख महिलाहरूमा अनिता महतो, लालमुनी महतो, पुजा कुमारी साह, इन्दु देवी, बबिता देवी, सुदामा देवी, अर्चना चौधरी, रोमा चौधरी, र सुगन्धी देवी लगायत छन्। उनीहरूलाई जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, केन्द्रिय सदस्य रम्भा मिश्र, महानगर अध्यक्ष महादेव शर्मा, महिला जिल्ला अध्यक्ष अन्जना गुप्तालगायत नेताहरूले स्वागत गर्दै औपचारिक सदस्यता प्रदान गरे। पार्टी प्रवेश

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

 Krishna Shrivastav

वीरगञ्ज । लालबाबु सिंह । विश्व वातावरण दिवस २०८२ को पूर्वसन्ध्यामा प्रकृति सेवा प्रतिष्ठान नेपालले लगातार चौथो दिन साइकल रैलीको आयोजना गरी वातावरणप्रति जनचेतना फैलाएको छ। प्रतिष्ठानले श्री शारदा माध्यमिक विद्यालयको सहकार्यमा सञ्चालन गरिरहेको पाँचदिने अभियान अन्तर्गत बुधबार वीरगञ्जको नेरामावि मुर्लीबाट शुरु भएको रैली शारदा मावि बहुअरीमा पुगेर सम्पन्न भयो। रैलीमा समाजसेवी प्रकाश उपाध्याय प्रमुख अतिथि थिए भने प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको नेतृत्व, शारदा माविका प्रधानाध्यापक अनिल वर्णवाल, सहसचिव अबिनाश झा, सदस्य भोला प्रसाद र केदार गुप्तासहित बहुअरी र मुर्लीका कक्षा ९ र १० का ६७ जना विद्यार्थीको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

 Krishna Shrivastav

वीरगन्ज । आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनासम्ममा काँकडभिट्टा हुँदै बङ्गलादेशबाट चार अर्ब ७५ करोड आठ लाख छ हजार ८७१ बराबरको मालसामान आयात भएको छ। नेपालबाट ३५ करोड ६२ लाख ९७ हजार ८२७ बराबरका उत्पादन बङ्गलादेश निर्यात भएका छन्। काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट सवैभन्दा धेरै रु एक अर्ब ७८ करोड ४२ लाख बराबरको अप्रशोधित जुट आयात भएको छ। यसैगरी, आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास,

Breaking News, देश, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

आईपीएलको उपाधि बेंगलुरुलाई

 Krishna Shrivastav

वीरगन्ज । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले जितेको छ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा मंगलबार भएको खेलमा पंजाब किंग्सलाई ६ रनले पराजित गर्दै बेंगलुरुले पहिलो पटक आईपीएलको उपाधि जितेको हो। फाइनल खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले जितका लागि दिएको एक सय ९१ रनको लक्ष्य पछ्याएको पंजाबले २० ओभरमा ७ विकेट गुमाएर एक सय ८४ रन बनायो। पंजाबका शशांक सिंह अर्धसतकीय पारी खेलेपनि टोलीलाई उपाधि दिलाउन सकेनन्। उनले ३० बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै ६१ रन बनाए भने जोश इंग्लिसले ३९ रन बनाए। २३ बल

Breaking News, खेलकुद, देश, मुख्य समाचार, विदेश, समाचार  संग सबंधीत छ |

मुद्दा मिलाइदिन्छु भनी एक लाख ७० हजार ठगी गर्ने पक्राउ

 Krishna Shrivastav

सिरहा। सवारी ज्यान मुद्दा मिलाइदिन्छु भन्दै रू एक लाख ७० हजार ठगी गर्ने एक व्यक्तिलाई सिरहा प्रहरीले सोमबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–१ गौरीपुरका प्रमोदकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए। उनका अनुसार, सिरहा नगरपालिका–१६ माडरका विवेक यादव सवारी ज्यान मुद्दामा हिरासतमा रहँदा मुद्दा मिलाइदिने भन्दै महतोले रकम लिएका थिए। विवेककी आमा रानीदेवी यादवले आफूसँग उनले २०८१ असार २७ मा रू एक लाख ७० हजार लिएको जाहेरीमा उल्लेख गरेको प्रहरूले जनाएको छ। पीडितको जाहेरीका आधारमा प्रमोदलाई पक्राउ गरी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

News

अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

News

जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

News

जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

News

घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ