Krishna Shrivastav
प्रधानमन्त्री ओलीलाई राजनीतिबाट सन्यास लिन सुझाव
Krishna Shrivastav

धनुषा । नेकपा प्रचण्ड माधव पक्षका केन्द्रीय सदस्य रामचन्द्र झाले प्रधानमन्त्री केपी शर्मा ओलीले अविलम्ब राजीनामा दिनुपर्ने बताएका छन् । बुधबार जनकपुरधाममा निकालिएको विजय जुलुसपछिको कोणसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्नेमा जोड दिए । पूर्वमन्त्री समेत रहेका झाले नेपाली जनताले प्रतिगामी शक्तिलाई एक पटक फेरि परास्त गरेर देखाएको दाबी गरे । नेता झाले अब नेपाली राजनीतिमा ओलीको कुनै काम नरहेकोले राजनीतिबाट सन्यास लिन सुझाव दिए । ‘पार्टीले ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ’ झाले भने, ‘इज्जत जोगाउन भए पनि राजीनामा दिनुस्, पार्टीले समेत कारबाही