Krishna Shrivastav
प्रचण्ड-माधव समूहलाई जसपाले भन्यो : ‘तपाईंहरूको पार्टी कुन हो ?’
Krishna Shrivastav

काठमाडौं | नेकपाको दाहाल–नेपाल समूहले प्रधानमन्त्रीविरुद्ध साझा अविश्वास प्रस्ताव दर्ता गर्नेदेखि नयाँ सत्ता समीकरणका विषयमा सहकार्यको प्रस्ताव अन्य शक्तिसँग अघि सारेको छ। उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले यही प्रस्ताव लिएर बिहीबार जनता समाजवादी पार्टी (जसपा) नेताहरूसँग छलफल गरेका छन्। तर, नेकपाको विवाद पहिले टुंगिनुपर्नेमा जसपा देखिएको छ। जसपा वरिष्ठ नेता राजेन्द्र महतोले दाहाल–नेपाल पक्षको पार्टी कुन हो ? त्यो स्पष्ट हुनुपर्ने विषयमा कुरा उठाएको जानकारी दिए। ‘उहाँहरू (दाहाल–नेपाल) कसरी अगाडि बढ्ने भन्ने कुरा गर्दै हुनुहुन्थ्यो। सहकार्य गर्न सकिन्छ कि भनेर कुराहरू राख्नुभयो’, नेता महतोले भने, ‘तपाईंको कुन