गुगलले प्ले स्टोरबाट हटाएका असुरक्षित १६४ एप, तपाईंको मोबाइलमा त छैनन् ?

 Krishna Shrivastav

 । गुगलको प्ले स्टोरमा कयौं यस्ता एपहरु छन्, जुन फेक हुनुका साथै प्रयोगकर्ताको गोप्य डेटा समेत चोरी गरिरहेका हुन्छन् । गुगलले केही समय अगाडि मात्र आफ्नो प्ले स्टोरबाट १६४ एप हटाएको थियो । कूल मिलाएर यी एप १० करोडभन्दा बढीले डाउनलोड गरिसकेका छन् । कपीक्याट्ज भनिने यस्ता एपले महत्वपूर्ण र चलेका एपहरुको नक्कली प्रति बनाएका हुन्छन् र प्रयोगकर्तालाई ट्र्याक गरेर अप्रत्याशित किसिमका विज्ञापनहरु देखाउने गर्दछन् । यस्ता एपहरु माल्वेरबाट प्रभावित भएका समेत हुनसक्छन् । त्यसो त यस्ता १६४ एपलाई गुगलले आफ्नो प्ले स्टोरबाट हटाइसकेको छ । तर पनि त्यस अघि

Breaking News, Mobile Phones, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

नास्टका वैज्ञानिकमाथि यसकारण लाग्यो शोधपत्र चोरीको आरोप

 Krishna Shrivastav

वीरगंज। जापानको प्रशिद्ध विश्वविद्यालय क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) ले नास्टका वैज्ञानिक तथा इन्जिनियर रोशन पाण्डेमाथि शोधपत्र चोरीको गम्भीर आरोप लगायो । नेपाली स्याट-वानमा नास्ट (नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान) ले सहकार्य गरेको विश्वविद्यालयले नै चेतावनीपूर्ण आशयका साथ दुई चरणमा पत्र पठाएको थियो । क्युटेकले पठाएको पत्रको आधारमा टेकपाना र कान्तिपुरले समाचार प्रकाशन गरे । तर पाण्डेले आफूलाई बौद्धिक अधिकारको विषय राम्रैसँग जानकारी रहेको भन्दै प्रकाशित समाचारको खण्डन नै गरे । नेपालको वैज्ञानिक अनुसन्धान गर्ने सबैभन्दा उच्च निकायको रुपमा रहेको नास्टले भने अहिलेसम्म आफ्नो आधिकारिक धारणा बाहिर ल्याएको छैन । तर नेपालको प्राज्ञिक जगतमा

Breaking News, Mobile Phones, देश, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

व्यक्तिगत ईमेलमा गैरकानूनी विज्ञापन गर्दै शेयर ब्रोकर

 Krishna Shrivastav

वीरगंज। पछिल्लो समय शेयर बजारमा लगानी गर्नेको संख्यामा उल्लेख्य रुपमा वृद्धि भएको छ । प्रविधिको विकाससँगै सुरु भएको अनलाइन शेयर आवेदन, अनलाइन कारोबार र अनलाइनकै फर्छ्यौट सुविधाले पनि शेयरमा लगानी गर्नेको संख्या बढ्दो छ । शेयर बजारले नै देशको अर्थतन्त्र दर्शाउने भएकाले पनि यसमा लगानीकर्ताको सहभागीता बढ्नु राम्रै पनि हो । तर, जुन रुपमा प्रयोगकर्ता बढिरहेका छन्, जुन रुपमा प्रविधिको प्रयोग बढ्दो छ, सोही मात्रामा कारोबारको सुरक्षा र प्रयोगकर्ताको गोपनीयता अर्को महत्वपूर्ण पाटो हो । जबसम्म अनलाइनबाट हुने कारोबार र प्रयोगकर्ताको गोपनीयता कायम गर्न सकिँदैन, तबसम्म यो सधैं चुनौतीपूर्ण रहन्छ

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

रहेनन् अडियो क्यासेटका आविस्कारक ओटेन्स

 Krishna Shrivastav

एजेन्सी । विश्वको पहिलो अडियो क्यासेट बनाउने इन्जिनियर लोऊ ओटेन्सको ९४ वर्षको उमेरमा निधन भएको छ । नेदरल्याण्डको डाइजलमा उनले अन्तिम सास लिएका हुन् । ओटेन्सले पहिलो क्यासेन सन् १९६३ मा बनाइका थिए । उनको आविस्कार पछि विश्वभर अहिलेसम्म १० हजार करोड क्यासेट टेप विक्री भएको अनुमान गरिएको छ । ओटेन्सको यो आविस्कारले संगीतको क्षेत्रमा क्रान्ति ल्याएको थियो । क्यासेटले मानिसहरूलाई घुमफिरको समयमा पनि संगीत सुन्न सक्ने बनाएको थियो । सन् १९२६ मा नेदरल्याण्डको बेलिंगवर्ल्डमा जन्मिएका ओटेन्स इन्जिनियरिङको डिग्री पाएपछि सन् १९५२ मा बेल्जियमको एक उद्योगमा काम गर्न थाले थिए

Breaking News, Mobile Phones, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

ट्वीटरमा अब मोबाइलबाटै फोरके क्वालिटीको फोटो अपलोड गर्न पाइने

 Krishna Shrivastav

वीरगंज। ट्वीटरले मोबाइल प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याउने भएको छ । यसअन्तर्गत कम्पनीले आफ्नो एपबाट फोरके क्वालिटीमा फोटो अपलोड गर्ने सुविधा दिन लागेको छ । यसअघि वेब प्रयोगकर्ताका लागि मात्र हाई रिजोलुसनको फोटो अपलोड गर्ने सुविधा दिइएको थियो । अब यो फिचर एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताहरूको लागि उपलब्ध हुनेछ । हाल वेबमा ४०९६x४०९६ रिजाेलुसनसम्मका फाेटाे अपलाेड गर्न सकिन्छ । अब याे लिमिट माेबाइल एप प्रयाेगकर्ताका लागि पनि लागू हुने भएकाे हाे । ट्वीटरले हालै याे फिचर ल्याउन लागेकाे जानकारी दिएकाे छ । एप प्रयाेगकर्ताले याे फिचर प्रयाेग गर्न ट्वीटर

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

किन दुख्छ घुँडा ? यसबाट कसरी बच्ने ?

 Krishna Shrivastav

वीरगञ्ज । सामान्यतया ४५ वर्षभन्दा माथि उमेर समूहका ब्यक्तिहरूलाई घुँडा दुख्ने समस्या देखिन सक्छ । तर, युवाहरूमा पनि यो समस्या नदेखिने भन्ने होइन । घुँडाको दुखाई विभिन्न कारणले हुन्छ । घुँडा दुख्नुका कारण वंशाणुगत कारण घुँडा दुख्ने समस्याको पहिलो कारण भनेको वंशाणुगत हो । यदि बाबु अथवा आमामध्ये कसैलाई बाथ रोगको समस्या छ भने उनीहरूबाट जन्मिएका छोराछोरीमा पनि बाथ रोगको समस्या देखिन सक्छ । त्यसले घुँडा दुख्ने समस्या निम्त्याउन सक्छ । चोटपटक अथवा बढी तौल घुँडामा कुनै चोटपटक लागेको छ भने पनि उमेर ढल्कँदै जाँदा त्यो बल्झिएर दुख्ने गर्छ ।

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

बिजुली खपत बढाउने, आयात घटाउने सरकारको योजना

 Krishna Shrivastav

वीरगञ्ज । लोडसेडिङको भय फेरि सुरु भएको बेला ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्वदेशमै विद्युत् खपत बढाउने र इन्धनको आयात घटाउने उद्देश्यसहित व्यापार घाटा न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्ययोजना तयार गरेको छ ।‘व्यापार घाटा न्यूनीकरण गर्न आन्तरिक विद्युत् खपत वृद्धिका लागि कार्ययोजना बनाएका छौं,’ मन्त्रालयका सहसचिव एवं प्रवक्ता मधु भेटुवालले भने, ‘निजी क्षेत्रका उद्योगमा विद्युत् सहज बनाउनेदेखि विद्युतीय सार्वजनिक यातायातसम्मको व्यवस्थापनमार्फत विद्युत् खपत वृद्धिको योजना छ ।’ औद्योगिक, यातायात र कृषि क्षेत्रमा विद्युत् खपत वृद्धि गरी व्यापार घाटा घटाउने कार्ययोजना मन्त्रालयले तयार गरेको हो । हाल नेपालले ९० प्रतिशत आयात गर्दा

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

तानसेन जीवित सांस्कृतिक संग्रहालय

 Krishna Shrivastav

वीरगञ्ज । इतिहास र संस्कृतिका अन्वेषक तथा लेखक निर्मल श्रेष्ठको पाँचौं पुस्तक ‘सांस्कृतिक नगर तानसेन ः द लिभिङ्ग म्युजियम’ डिजिटल माध्यमबाट बिहीबार लोकार्पण भएको छ । भगवतीप्रसाद श्रेष्ठ, बालकुमारी श्रेष्ठ र बालप्रसाद श्रेष्ठद्वारा संयुक्त रूपमा लोकार्पण गरिएको उक्त पुस्तकमा तानसेन पाल्पामा वर्षभरि मनाइने सम्पूर्ण संस्कृतिलगायत नेपालका सांस्कृतिक परम्पराको विस्तृत विवरण प्रस्तुत गरिएको छ ।लोकार्पण गरिएको उक्त पुस्तकमाथि लेखक श्रेष्ठले संक्षिप्त प्रकाश पार्दै नेपाल र नेपालीको पहिचानका लागि सबैले आफ्नो मौलिकतालाई यसरी नै उजागर गर्न आवश्यक ठानेकाले आफूले यो पुस्तक तयार पारेको बताउनुभयो । कार्यक्रममा पूर्वसहसचिव बालप्रसाद श्रेष्ठ, पत्रकार महासंघ पाल्पाका

Breaking News, कला मनोरंजन, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

६० वर्षमाथिकाको उपचारमा ५०% छुट

 Krishna Shrivastav

वीरगञ्ज । ज्येष्ठ नागरिकलाई निःशुल्क र सहुलियतमा स्वास्थ्य सेवा दिन सरकारले प्रत्येक प्रदेशका केही अस्पतालमा ‘जेरियाट्रिकमैत्री स्वास्थ्य सेवा’ कार्यक्रम सुरु गरेको छ ।हाल स्वास्थ्य मन्त्रालयको ससर्त अनुदानबाट २४ वटा जिल्ला तथा प्रदेश अस्पतालमा सञ्चालन गरिएको हो । उक्त कार्यक्रमअन्तर्गत ६० वर्षमाथिका नागरिकलाई अस्पताल व्यवस्थापनबाट तोकिएअनुसारको निश्चित स्वास्थ्य सेवामा ५० प्रतिशत छुट दिनुपर्नेछ । कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयले हालै जेरियाट्रिक (ज्येष्ठ नागरिक) स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७७ समेत पारित गरेको छ । यसअन्तर्गत प्रदेश १ मा ४, प्रदेश २ मा ४, वाग्मतीमा ७ गण्डकीमा २, लुम्बिनीमा ३, कर्णालीमा २ र सुदूरपश्चिममा २ वटा स्वास्थ्य संस्थामा

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

अनुमतिबिनै फ्रिक्वेन्सी उपयोग गर्न सकिने

 Krishna Shrivastav

वीरगंज। घरायसी प्रयोजनमा उपयोगी हुने निश्चित ब्यान्डका फ्रिक्वेन्सी स्वीकृति नलिई उपयोग गर्नसक्ने व्यवस्था गरिने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सीमित क्षेत्रभित्र प्रयोग गर्न सकिने त्यस्तो फ्रिक्वेन्सीलाई सेवा प्रदायकले अनुमति नलिएरै प्रयोग गर्नसक्ने गरी तयारी थालेको हो । दूरसञ्चार सञ्जालको विकास एवं विस्तारका लागि आवश्यक पर्ने ‘अनलाइसन्स्ड (अनुमति लिनु नपर्ने) फ्रिक्वेन्सीका लागि प्राधिकरणले रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिलाई सिफारिस गरेको प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए । “अनुमति नलिएरै प्रयोग गर्न सकिने ब्यान्डको पहिचान गरेर प्राधिकरणले समितिलाई सिफारिस गरेको छ,” उनले भने, “समितिको स्वीकृतिपछि त्यस्तो फ्रिक्वेन्सी प्रयोग गर्न प्राधिकरणको स्वीकृति अनिवार्य

Breaking News, Mobile Phones, Tech News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सात महिनामा २० करोड दावीसहित विभागमा उजुरी

 Krishna Shrivastav

वीरगञ्ज । मोरङ पथरी–९ का पदमसिंह तामाङले पोल्यान्ड जान भनेर चार लाख २० हजार रुपैयाँ एजेन्टलाई बुझाए । वैदेशिक रोजगारीमा साउदी र मलेसिया पुगेर फर्किइसकेका तामाङलाई पोल्यान्ड जाने र सुनौलो भविस्य बनाउने रहर जाग्यो । चितवन जगापुरका सन्तलामा घिसिङले पोल्यान्ड पठाइदिने भनेपछि तामाङले उनलाई पैसा दिए । सन्तले मोरङ उर्लाबारीका ज्ञानेन्द्र तामाङ, इटहरीका देवराज अधिकारी र अनिल योञ्जनलाई पोर्चुगल पठाइदिन्छु भन्दै ४ लाख २० हजारका दरले पैसा लिए । बुद्ध शान्ति गाउँपालिका–२, पाँचथरका रुद्र प्रसाद घिमिरेलाई सिंगापुर जान भनेर झापाका डम्वर चौधरीलाई ६ लाख रकम बुझाए । उनलाई एकवर्ष अगाडि

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

बीएड ईन आईसीटी: सबैले पढ्न पाउने आईटीको सस्तो विकल्प

 Krishna Shrivastav

वीरगंज। उच्च माध्यमिक तहमा शिक्षा तथा मानविकी संकाय लिएर पढ्ने विद्यार्थीहरुका लागि प्राविधिक विषय अध्ययन गर्ने विकल्प  एकदमै कम हुन्छन् । सीमितमध्ये एउटा राम्रो विकल्प भनेको बीएड ईन आईसीटी पनि हो । याे शैक्षिक कार्यक्रमलाई कतिपयले बीएड आईसीटी, बीएड आईसीटीई, बीआईसीटीई लगायतका नामले पनि प्रचार गर्ने गर्छन् । त्रिभुवन विश्वविद्यालयले २०६३ मा पहिलोपटक शिक्षा शास्त्र संकायअन्तर्गत स्नातक तहमा देशका पाँचवटा आङ्गिक क्याम्पस र ८ वटा सामुदायिक क्याम्पसबाट याे कार्यक्रम सुरु गरेको थियो । पछि २०७० देखि बीएड ईन आईसीटी कार्यक्रम महेन्द्र रत्न क्याम्पस ताहाचलमा समेत सुरु भयो । सोही वर्षदेखि

Breaking News, देश, मुख्य समाचार, शिक्षा समाचार, समाचार  संग सबंधीत छ |

जनता समाजवादी पार्टीले आज संसदीय दलको नेता चयन गर्दै

 Krishna Shrivastav

वीरगञ्ज । जनता समाजवादी पार्टी जसपाले आज संसदीय दलको नेता चयन गर्ने भएको छ। तत्कालीन राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टीबीचको एकीकरणपछि बनेको जसपाले आज बस्ने संसदीय दलको बैठकबाट दलको नेता चुन्ने भएको हो। बैठक दिउँसो एक बजे पार्टी कार्यालय ग्वार्काेमा बोलाइएको छ। सरकार गठनका लागि निर्णायक शक्ति बनेको जसपाले हिजो सत्तारुढ एमालेका नेताहरुसँग उच्चस्तरीय छलफल गरी सत्ता समीकरणका लागि आफ्ना शर्तहरु राखेको थियो। मधेश आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता, संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइलगायतका विषयमा सरकार सकारात्मक भएपछि आज यसबारे थप छलफल गर्न लागिएको नेता लक्ष्मणलाल कर्णले

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

कोरियामा औद्योगिक दुर्घटनामा परि एक नेपालीको ज्यान गयाे

 Krishna Shrivastav

वीरगञ्ज । दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परि एक नेपालीको ज्यान गएको छ ।बाग्लुङ गलकोट नगरपालिका-११ घर भएका र अहिले कोरियाको थेगु सहरमा राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परि गएकाे सोमवार ज्यान गएको हो । घटनालाई नेपाल मगर सङ्घ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले पुष्टि गर्नुभएको हो । दुई वर्षअघि कोरिया आएका अशोक कम्पनीमा काम गर्ने क्रममा सोमवार साँझ करिब ६ बजे लडेका थिए । लडेपछि बेहोस भएका उनलाई नजिककै अस्पताल पुर्याइएको थियो । अस्पताल पुग्नासाथ उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । अहिले उनको शवलाई

Breaking News, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

महन्थलाई ओलीले गरे प्रधानमन्त्रीको प्रस्ताव

 Krishna Shrivastav

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरलाई नयाँ बन्ने सरकारको नेतृत्व गर्ने सम्मको प्रस्ताव गरेका छन् । तर यसबारेमा जसपामा नेताहरू औपचारिक रूपमा बोल्न चाहन्नन् । जसपाका एक पदाधिकारीले प्रधानमन्त्री ओलीबाट ठाकुरलाई यस्तो प्रस्ताव आएको दाबी गरे । केही दिन यता, नयाँ समीकरण बनाउन प्रधानमन्त्रीले जसपालाई मनाउन प्रयास गरिरहेका छन् । यसकोलागि प्रधानमन्त्रीले जसपाका अध्यक्ष ठाकुरसँग पटक पटक भेट गरेका छन् । जसपा स्रोतका अनुसार यस बिचमा ठाकुरले एक्लै र सामूहिक रूपमा प्रधानमन्त्रीलाई धेरै पटक भेटेका छन् । बिहीबार अपराह्न जसपाका ५ शीर्ष नेताहरूले प्रधानमन्त्रीसँग

Breaking News, देश, मुख्य समाचार, राजनीति, समाचार  संग सबंधीत छ |

भारतमा कोरोनाका सक्रिय संक्रमित दुई लाख नजिक, महाराष्ट्रमा लकडाउन

 Krishna Shrivastav

भारत। भारतमा कोरोना भाइरसको संक्रमण दर ह्वात्तै बढेको छ । दैनिक जसो निको हुने भन्दा संक्रमित हुने थपिएसँगै सक्रिय संक्रमितको संख्या दुई लाख नजिक पुगेको छ । एक लाख ३० हजारमा झरिसकेको सक्रिय संक्रमितको संख्या एकाएक बढेर २ लाख नजिक पुगेको हो । बिहीबार २० हजार ६३१ संक्रमित थपिँदा १० हजार ९६९ जनालाई मात्र निको भएको छ । हाल १ लाख ९५ हजार ७६६ जना सक्रिय संक्रमित रहेका छन् । १०२ जनाको ज्यान बिहीबारमात्रै गएको छ । अहिलेसम्म १ करोड १३ लाख ५ हजार ९७९ जना संक्रमित भएका छन् । १

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

कब्जियत भएको छ भने निको हुन अपनाउनुहोस् यी ५ सरल उपाय

 Krishna Shrivastav

वीरगञ्ज । कब्जियत भनेको मल त्याग्दा आउने समस्या हो । यो आम समस्या हो र जुन उमेरका मान्छेलाई यसले सताउन सक्छ । लामो समयसम्म तपाईंलाई यो समस्या छ र यसको कुनै उपचार गर्नुभएको छैन भने यो गम्भीर रोगमा परिणत हुन्छ । यहाँ हामीले घरैमा बनाउन मिल्ने केही जुसहरूका बारेमा उल्लेख गर्नेछौं । यी जुसले तपाईंलाई कब्जियतको समस्याबाट सजिलै छुटकारा दिलाउँछन् । १ सुक्खा जामुन ६ वटा सुक्खा जामुन, आधा चम्चा मह, आधा चम्चा जीराको धूलो र एक कप तातो पानी जम्मा गर्नुस् । पाँच मिनेटसम्म सुक्खा जामुनलाई तातो पानीमा भिजाउनुस्

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

आज शुक्रवार -२८ फागुन, २०७७ – को राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । ज्ञानमा वृद्धि पनि हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मनमा दुविधा उत्पन्न हुनेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

समाचार
News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

News

बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला