होटल, रेस्टुरेन्टलाई विद्युत् शुल्क मिनाहा

 Krishna Shrivastav

वीरगन्ज | सरकारले होटल तथा रेस्टुरेन्टलाई कोरोनाकालको विद्युत््को डिमान्ड शुल्क मिनाहा गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले यससम्बन्धी मन्त्रिपरिषद्को फागुन २० गतेको निर्णय आइतबार सार्वजनिक गरेका हुन्। कोभिड–१९ बाट अति प्रभावितको सूचीमा रहेका होटल तथा रेस्टुरेन्टलाई विद्युत् खपत गरे पनि नगरे पनि तिर्नुपर्ने न्यूनतम शुल्क मिनाहा तथा छुट दिने निर्णय भएको मन्त्री गुरुङले बताए। यो सुविधा होटल उद्योगका रूपमा दर्ता भई सञ्चालनमा रहेका, नियमित नवीकरण भएका र कर विवरण पेस गरेकाको हकमा लागू हुनेछ। उद्योगका रूपमा दर्ता भन्ने सर्तका कारण साना रेस्टुरेन्ट भने यो सुविधाबाट

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

धर्मसंकटमा माधव नेपाल, अब के गर्लान् ?

 Krishna Shrivastav

वीरगन्ज | एमाले खनाल–नेपाल समूहको चैत ५ गतेको राष्ट्रिय भेलामा प्रदेश २ की सांसद मञ्जु यादवले सोधिन्, ‘ फागुन २८ गतेको निर्णय फिर्ता लिएर ओली पक्ष २०७५ जेठ २ कै अवस्थामा पार्टीलाई पुनःस्थापित गर्न तयार भए त ठीकै छ, नभए के गर्ने? लत्रिने ?’ अलमलपूर्ण अवधारणा पत्र र नेताहरूको त्यस्तै भाषण सुनेपछि यादवले झैं धेरै प्रतिनिधिले यो प्रश्न झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेतृत्वसमक्ष सोझ्याएका थिए । उनीहरूले ठ्याक्कै जवाफ भने पाउन सकेनन् ।उपमहासचिव घनश्याम भुसालले अन्तिमतिर ओली प्रवृत्तिविरुद्ध एमालेभित्रै संघर्ष गर्ने र तल्लो तहसम्म पार्टी कमिटी गठन/पुनर्गठन गर्दै जाने नै

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

नेपाललाई तर्साउने भारतको अवस्था,राजस्थानका विभिन्न ठूला आठ सहरमा रात्रि कर्फ्यू घोषणा

 Krishna Shrivastav

भारत | भारतका कयौँ राज्यमा कोरोनाको नयाँ केस तीव्र गतिमा बढ्न थालेको छ। भारतका राजस्थान र महाराष्ट्रसहितका राज्यमा कोरोनाको दोस्रो लहरले संकट ल्याएको हो। राजस्थानमा कोरोनाले नयाँ संकट ल्याएपछि त्यहाँका मुख्यमन्त्री अशोक गहलोतले राज्यका विभिन्न ठूला आठ सहरमा रात्रि कर्फ्यू नै घोषणा गरेका छन्। त्यहाँका सबै क्षेत्रमा २२ मार्चदेखि राति १० बजेपछि बजार बन्द हुनेछन्। भारतमा कोरोनाको ‘आर-फ्याक्टर’ पनि तीव्र गतिमा बढिरहेको छ। ‘आर-फ्याक्टर’ अर्थात भाइरसको रिप्रोडक्शन, जसका कारण कुनै संक्रमित व्यक्तिले अन्य थप बिरामीमा संक्रमण फैल्याउन सक्छन्। जानकारी अनुसार फेरि कोरोनाको डर फैलाइरहेको ‘आर-फ्याक्टर’ सबैभन्दा धेरै महाराष्ट्र-पञ्जावमा बढिरहेको छ।

Breaking News, देश, मधेश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

थपियो सार्वजनिक बिदा, २०७८मा कुन कुन दिन बिदा ?

 Krishna Shrivastav

वीरगन्ज | सरकारले आगामी वर्ष ०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहार भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय गरेको हो ।  आगामी वर्षका बिदासम्बन्धी विवरण सोमबार सार्वजनिक गर्ने सरकारको तयारी छ । ०७८ मा केही चाडपर्वमा बिदा थप गरिएको र सोमबार त्यससम्बन्धी निर्णय राजपत्रमा प्रकाशन गरेर सार्वजनिक गरिने गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए । सरकारको निर्णयअनुसार ६ भदौमा पर्ने जनैपूर्णिमा, २१ असोजको घटनास्थापना र १ माघको माघे संक्रान्तिमा देशभरि बिदा हुनेछ

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

दशओटा पालिका हेर्नेगरी जिल्ला जनगणना कार्यालय स्थापना

 Krishna Shrivastav

वीरगन्ज ।  मोरङको बेलबारीमा दशओटा पालिका कार्यक्षेत्र रहेनेगरी जिल्ला जनगणना कार्यालय मोरङ ‘ख’ स्थापना गरिएको छ । मोरङका अन्य पालिका हेर्नेगरी विराटनगरमा यस अघि नै ‘क’ कार्यालय स्थापना भइसकेको छ । आगामी जेठ २५ गतेदेखि मुलुकभरि नै शुरू हुने जनगणनाका लागि पाँचओटा पालिकामा स्थानीय जनगणनाको कार्यालय वैशाख १ गतेदेखि सञ्चालनमा आउने जिल्ला जनगणना अधिकारी सुमन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बेलबारीले सुन्दरहरैंचा, पथरीले कानेपोखरी, उर्लाबारीले मिक्लाजुङ र लेटाङले केराबारी र ग्रामथानको स्थानीय जनगणना कार्यालयले बुढीगंगा हेर्नेछन् । जनगणनाका लागि आवश्यक पर्ने गणक तथा सुपरिवेक्षकको आवेदन सम्बन्धित कार्यालयले लिन थालेको

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

आज सोमवार – ९ चैत, २०७७ – को राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जोआज श जाँगर वढ्नेछ । भौतिक साधन जुटाउने समय छ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । सौन्दर्यतामा धन खर्च भने बढ्न सक्छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यमा बाधा आउनेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । सरकारी निकाएबाट सहयोग मिल्नेछ । साँझमा रमाईलो यात्रा हुन सक्छ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

हुथी समूहमाथि साउदी गठबन्धनको आक्रमण

 Krishna Shrivastav

साना | साउदी अरेबिया नेतृत्वको गठबन्धनले इरान समर्थित हुथी समूहलाई लक्षित गर्दै जवाफी हवाई आक्रमण गरेको जनाएको छ । साउदी अरेबियामा ड्रोन आक्रमणको जिम्मेवारी हुथी समूहले लिएको केही घण्टामै गठबन्धनले पछिल्लो आक्रमण गरेको हो । आइतबार बिहान यमनको राजधानी सानास्थित स्थानीयहरुले पनि यस आक्रमणबारे जानकारी दिएका छन् । गत शुक्रबार साउदी अरेबियाको तेल रिफाइनरी केन्द्रमा भएको ड्रोन आक्रमणको जिम्मा हुथी समूहले लिएको थियो । जुन आक्रमणले गर्दा भीषण आगलागी समेत भएको थियो । साउदी गठबन्धनले भने शनिबार हुथीले आक्रमण गरेको भनिएको ड्रोन ध्वस्त पारेको जनाएको छ । हुथीको ड्रोन हमला

Breaking News, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

 Krishna Shrivastav

सर्लाही । सर्लाहीको बागमती नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती नगरपालिका वडा नं. ५ बस्ने ३८ वर्षिय दिल बहादुर थापा मगर रहेका छन् । आइतवार बागमती न.पा.–५ स्थित दुधडेरी चौकबाट रामपुर चौक तर्फ जाँदै गरेको बा.७०प.६२८ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिन जाँदा मोटरसाइकल चालक मगर गम्भिर घाइते भएका थिए । घाइते मगरको उपचारको लागि नमुना अस्पताल हरिवनमा प्राथमिक उपचार गरी थप उपचारको लागि अन्य अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत मदन कुवँरले जानकारी दिए ।


फेरि कोरोना त्रास : सभा, जुलुस र गोष्ठी नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

 Krishna Shrivastav

काठमाडौं | पछिल्ला दिनमा छिमेकी देशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न थालेपछि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । आइतबार विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यस्तो अनुरोध गरेका हुन् । गौतमले छिमेकी देश भारतमा देखिएको संक्रमणको त्रास नेपालमा पनि भएकाले सतर्कता अपनाउन अनुरोध गरेका हुन् । उनले सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न अनुरोध गरेका हुन् । उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग गर्न भनेका छन् । उनले कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

फार्मेसी अधिकृत सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा

 Krishna Shrivastav

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि विभाग शाखा कार्यालय विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सुवेदीले फार्मेसी पसल खोलिदिने प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको अभियोगमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगको अनुसन्धानमा अधिकृत सुवेदीले सेवाग्राहीविरुद्धको मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, तेह्रथुमबाट औषधि व्यवस्था विभाग, शाखा कार्यालय, विराटनगरमा पठाएको इलाजसम्बन्धी मुद्दामा राय पठाउने र सेवाग्राहीको सिलबन्दी भएको फार्मेसी खोली मुद्दा मिलाउने प्रयोजनका लागि २ लाख रुपैयाँ घुस लिएको प्रमाणित भएको भन्दै मुद्दा दायर गरेको आयोगको अभियोगपत्रमा उल्लेख छ । सुवेदीलाई

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

नखानुस् खाली पेटमा यी ७ खानेकुरा

 Krishna Shrivastav

वीरगन्ज । आवश्यकताभन्दा बढी वा कुबेला खाएको खानाले पेटमा खराबी हुनेमात्रै नभएर विष समान हुन्छ । यसले अन्य कैयन समस्याहरू पनि जन्माउँछ । हामीले एकदमै मनपराउने र दैनिकरुपमा खाने खानेकुरा पेटमा समस्या पनि उब्जाउन सक्छ । कतिपय खानेकुरा अन्यसँगसँगै खायो भने पनि स्वास्थ्यमा प्रतिकुल असर पर्ने गर्दछ । केरा केरा दूधसँग खायो भने वजन बढ्छ, तर यो खाली पेटमा खानु फाईदाजनक हुँदैन । किनकी यसबाट शरीरमा म्याग्निसियमको मात्रा दुई गुणा बढ्छ । शरीरमा रहेको क्याल्सियमसँग यसको रासायनिक प्रतिक्रिया हुन्छ । यसबाट अपच, पेट फुल्ने तथा एसिडको समस्या बढ्छ । त्यसैले

Breaking News  संग सबंधीत छ |

कृष्णनगरमा नागरिक आरोग्य सेवा केन्द्र द्वारा योगाभ्यास संचालन

 Krishna Shrivastav

कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा संचालनमा रहेको नागरिक आरोग्य सेवा केन्द्रले विहानको समयमा योग संचालन गरिरहेको छ । विहान ६ बजे देखि ७:३० सम्म संचालन भैरहेको योगमा सहभागी हुन समेत नागरिक आरोग्य सेवा केन्द्र द्वारा अनुरोध गरिएको छ । संघिय, प्रदेश सरकार र स्थानीय तहको समेत सहकार्य र सहयोग रहेको उक्त नागरिक आरोग्य सेवा केन्द्र संचालनमा आउदा स्थानीय खुशी देखिन्छन् । जीवनशैली परिवर्तनका कारण विभिन्न प्रकारका रोगहरू बाट पिडित भएको अवस्थामा हामी स्वास्थ्य रहनका लागी योगाभ्यास संचालन गरेको बताउदै योगाभ्यास वडास्तरमा समेत विस्तारै विस्तार गर्ने, नागरिक आरोग्य सेवा केन्द्र

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सिरहाको बजारमा छाडा चौपायाको आतंक

 Krishna Shrivastav

सिरहा । सिरहाको प्रमुख व्यापारिक शहर लहानको सडकमा छाडिएका पशु चौपाया नियन्त्रण गर्न सम्बन्धित निकायले बेवास्ता गर्दा समस्या विकराल बन्दै गएको छ । स्थानीय सरकारले छाडा पशु चौपायाको व्यवस्थापन गर्न ठोस कदम चाल्न सकेको छैन । स्थानीयले आवाज उठाउँदा झिनो प्रयास भएपनि समस्याको स्थायी समाधान भने हुन सकेको छैन । छाडा पशु चौपायाका कारण सडकमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । कानुनले सडकमा छाडा पशु र चौपाया व्यवस्थित गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । तर, घना शहरमा छाडा पशु चौपाया व्यवस्थित गर्न स्थानीय सरकार उदासीन देखिएको छ । त्यसो त सवारीले पशु

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कागती पानीले हानी पनि गर्छ

 Krishna Shrivastav

वीरगन्ज | तपाईले आजसम्म कागतीको फाइदा बारे मात्र सुन्नु भएको छ । कागती वजन कम गर्न मात्र नभएर छालाको हेरचाहको लागि पनि काम आउँछ । तर आज हामी यसको बढी प्रयोगले कस्तो हानी पुग्छ भन्ने जानकारी दिन्छौं । मानिसले विहान उठेपछि कागती पानी खन्छन् जसले निकैं फाइदा पुराउँछ , तर यसको साइड इफेक्ट पनि छन् । पेट संवेदनशील भएका मानिसले कागती पानीको सेवन गर्न हुन्न । कागति धेरै एसिडिक हुन्छ जसका कारण पीएच लेवल कम हुन्छ । कागतीको प्रयोग धेरैजसो अनुहारको छाला राम्रो बनाउनका लागि पनि गर्ने गरिएको छ ।

जीवनशैली, देश, मुख्य समाचार, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

नक्कली पैसा छाप्ने मेसिनसहित एक जना पक्राउ

 Krishna Shrivastav

वीरगन्ज । इलाका प्रहरी कार्यालय मेलम्चीले नक्कली पैसा छाप्ने मेसिनसहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–१३ का राजाराम दनुवार रहेको प्रहरीले जनाएको छ । नक्कली पैसा छापी कारोवार गरिरहेको भन्ने प्राप्त सूचनाका आधारमा दनुवारलाई शुक्रबार मेलम्ची नगरपालिका–१२ स्थित बि आर एस मोबाइल हाउसबाट नक्कली नोट, नक्कली नोट छाप्न प्रयोग गर्ने प्रिन्टरसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।पक्राउ परेका दनुवारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको उहाँले बताउनुभयो ।


किन गनाउँछ मुख ? यसरी राख्नुस् मुख र दाँत स्वस्थ

 Krishna Shrivastav

वीरगन्ज | मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि सक्छ । मुखको सफाइका लागि ध्यान दिनुपर्ने कुरा : धेरै गुलियो, अमिलो खानेकुरा सकेसम्म कम खाने । धेरै तातो र धेरै चिसो नखाने । मादक पदार्थ, धूम्रपान र सुर्ती सेवन नगर्ने । हतारमा, जोडसँग घोटेर दाँत नमाझ्ने । मुखमा खानेकुरा राखेर नसुत्ने । बच्चाको मुखमा दूधको बोतल राखेर नसुताउने । बिहान खाना

देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

‘लिभिङ टुगेदर’मा पनि महिला हिंसा

 Krishna Shrivastav

वीरगन्ज । नेपाल प्रहरीको तथ्यांकअनुसार यस वर्ष नेपालभरमा ११ हजार सात सय ३८ वटा महिला हिंसासँग सम्बन्धित उजुरी दर्ता भएका छन् – ललितपुर प्रहरी परिसरमा एक महिनाअघि २१ वर्षीया एक युवतीले दुई वर्षदेखि सँगै बसेको पुरुष साथीबाट हिंसा भएको भन्दै उजुरी दिइन् । घरेलु हिंसा शीर्षकमा उजुरी दिए पनि सोधपुछको क्रममा ‘लिभिङ टुगेदर’मा रहेको पुष्टि भएको प्रहरीको भनाइ छ । उनीहरूबीच विवाहको विषयलाई लिएर झगडा भएको र यसैले हिंसाको रूप लिएको प्रहरी बयानबाट पत्ता लागेको छ । केही समयपछि सम्बन्धलाई विवाहमा परिणत गर्ने सर्तमा उनीहरू सँगै बसेको खुलेको छ । तर पुरुषले धोका मात्र

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सरकारसँगै छैन अत्यावश्यक तथ्यांक, नीति-योजना बनाउन अविश्वसनीय आँकडाको भर

 Krishna Shrivastav

वीरगन्ज । देशमा योजना र नीति निर्माण गर्न अत्यावश्यक तथ्यांकको अभाव छ। अर्कातिर, भएका तथ्यांक विश्वसनीय छैनन्। नेपालमा गरीबीको रेखामुनि कति नागरिक छन् ? किसानको संख्या कति छ ? अथवा, विदेशमा कति नेपाली छन् भन्ने तथ्यांक खोज्नुभयो भने तपाईंले भेट्नुहुनेछैन। कोरोनाभाइरस संक्रमण महामारी शुरू भएपछि कति नागरिकले रोजगारी गुमाए, कति परिवार गरीबीको भासमा फसे वा खाद्य असुरक्षाले कतिलाई लपेट्यो भन्ने तथ्यांक पनि तपाईंले पाउनुहुन्न। या त यस्ता विषयमा तथ्यांक संकलन गरिएका छैनन्, गरिएका भए पनि ती निकै पुराना छन्। यथार्थ के हो भने, जुन तथ्यांक उपलब्ध गराइन्छ, ती विश्वासिला छैनन्।

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

समाचार
News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

News

बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला