Krishna Shrivastav
लागूऔषधसहित सप्तरीबाट एक युवक पक्राउ
Krishna Shrivastav
वीरगन्ज । सशस्त्र प्रहरीले सप्तरीबाट बिभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट लागूऔषध लिएर पैदल आउँदै गरेका जिल्लाको कंचनरुप नगरपालिका वडा नम्बर ११ निवासी २२ वर्षीय राजु सरदारलाई पक्राउ गरिएको हो । तिलाठी कोइलाडी गाउँपालिका १ स्थित तिलाठीबाट मंगलबार दिउँसो पक्राउ परेका सरदारको साथबाट फेनारगन २ एमएमलको ३५ थान, डाइजेपाम २ एमएलको ३५ थान र लिजेसिक २ एमएलको ३५ थान बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए । लागूऔषधसहित पक्राउ परेका सरदारलाई अन्य अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको उनले बताए ।
प्रदेश २ को गाउँ–गाउँमा बैङ्कको स्थापना हुनुपर्ने ः प्रदेश प्रमुख डा. अहिराज
Krishna Shrivastav

जनकपुरधाम । प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसहित सबै बैङ्कका प्रमुखहरूसँग छलफल गर्नु भएको छ । मङ्गलवार प्रदेश २ को कार्यालयमा आयोजित एक कार्यक्रमका बिच प्रदेश प्रमुख डा.अहिराजले प्रदेश २ अविकसित नभई अव्यवस्थित रहेको भन्दै बैंकर्सहरुलाई ध्यानाकर्षण गराउँदै जनतालाई बैङ्कसँग सहज पहुँचका लागि आग्रहसमेत गर्नु भएको छ । उहाँले प्रदेश २ को गाउँ–गाउँमा बैङ्कको शाखा कार्यालय खोलिनुपर्ने बताउँदै भन्नुभयो, ‘जनतालाई बैङ्कका लागि एक गाउँबाट अर्को गाउँमा जान नपरोस्, त्यसका लागि गाउँ–गाउँमा बैङ्कको स्थापना हुनुपर्छ ।’ बैङ्कहरूले राष्ट्रिय उत्पादनलाई प्रोत्साहनका लागि विशेष भूमिका