आज आइतवार -१५ चैत, २०७७ – को राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । आकस्मिक यात्राको अवसर आउन सक्छ, यात्राबाट लाभ पनि मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । प्रेमीको सहयोग पाईनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ ।

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

म्यानमारमा हिंसात्मक झडपः एकैदिन ८९ जना प्रदर्शनकारीको मृत्यु

 Krishna Shrivastav

एजेन्सी । म्यानमारमा शनिबार भएको प्रदर्शनकारी र सुरक्षाफौजबीचको झडपमा कम्तिमा ८९ जना प्रदर्शनकारीको मृत्यु भएको छ । त्यहाँको राजनीतिक कैदीहरूका लागि सहयोगी संस्था (एएपीपी)का अनुसार शनिबार साँझको रिपोर्टअनुसार एकैदिन ८९ जना प्रदर्शनकारीहरूको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बालबालिका समेत रहेका छन् । शसस्त्र बल दिवसका दिन प्रदर्शनकारी र सुरक्षाफौजबीच भीषण झडप भएको बीबीसीले जनाएको छ । अमेरिका, ब्रिटेन र युरोपियन युनियनले उक्त हिंसाको भर्त्सना गरेका छन् । बेलायतका राजदूत डान चागले विज्ञप्ति जारी गर्दै भनेका छन् ‘निशस्त्र जनतालाई गोली हानेर म्यानमारको सुरक्षा फौजले आफ्नो प्रतिष्ठा गुमाइसकेको छ ।’ त्यस्तै

Breaking News, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

चोरीको मोटरसाइकलका पार्टपुर्जासहित दुईजना पक्राउ

 Krishna Shrivastav

वीरगञ्ज | चोरीको मोटरसाइकलको पाटपुर्जासहित पर्सा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० बस्ने २२ वर्षीय महम्मद नुरउल्लाह देवान र सोही स्थानका २८ वर्षीय राजेश सहनी रहेका छन्। वीरगञ्ज ३० स्थित बगहीदेखि परवानीपुरतर्फ जाने सडकखण्डमा अमेरिका सहनीको मोटरसाइकल ग्यारेजमा शंका लागि चेकजाँच गर्दा चोरी गरी ल्याइएका मोटरसाइकलका पाटपुर्जाहरु प्रहरीले बरामद गरेको थियो। प्रारम्भिक अनुसन्धानको क्रममा उक्त मोटरसाइकलका पार्टसहरु चोरी गरी ल्याएको खुल्न आएको पर्साका प्रहरी प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिए।पक्राउ परेका दुबैजनालाई चोरी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको खनालले बताए।


मिनापको होली महोत्सव सुरु हुँदै, को बन्लान् महामूर्ख?

 Krishna Shrivastav

जनकपुरधाम | जनकपुरधाममा मनाइँने होली महोत्सव शनिबारदेखि सुरु हुँदै छ।मिथिला नाट्यकला परिषद्ले होली पर्वको पौराणिक गाथाका विषयवस्तु, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) मिथिलाञ्चलमा लोप भइरहेकोले त्यसको संरक्षण गर्न होरी महोत्सव र महामूर्ख सम्मेलनको आयोजना गर्दै आएको छ। मिथिलाञ्चलमा जोगिरा..(फागु गीत) सुनिन लगभग छोडिएको र भोजपूरी गीतको बिगबिगि बढी रहेको समय मिनापले पुरानो संस्कृतिलाई बचाउन प्रत्येक वर्ष होरी महोत्सव र महामूर्ख सम्मलेनको आयोजना गर्दै आएको हो। यस वर्ष मिनापले शनिबार र आइतबार मनाउन लागेको सचिव संदीप साहले जानकारी दिए। दुई दिवसीय होरी महोत्सवको पहिलो दिन

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वार्षिक प्रतिवेदन संसदमा छलफल हुने व्यवस्था मिलाउन आयोगको सुझाव

 Krishna Shrivastav

वीरगञ्ज ।राष्ट्रिय सूचना आयोगले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि उच्चस्तरीय संयन्त्र गठन गर्न सरकारलाई सुुझाव दिएको छ। ०७६।७७ को वार्षिक प्रतिवेदन सरकारलाई बुुझाउँदै आयोगले सूचनाको हक कार्यान्वयनको समन्वय गर्न केन्द्रमा प्रधानमन्त्री वा वरिष्ठमन्त्रीको संयोजकत्वमा समन्वय समिति बनाउन पनि सुुझाव दिएको छ। यस्तै, प्रदेश र स्थानीय तहका सार्वजनिक निकायको हकमा प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा समन्वय समिति गठन गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न–गराउन उपयुक्त हुने आयोगको सुुझाव छ। सूचना अधिकारीलाई सक्षम, सबल र अधिकारसम्पन्न तथा प्रोत्साहित बनाउन नियमित प्रशिक्षण दिने व्यवस्था तथा स्रोत साधनले युक्त बनाउने र सूचना मागकर्ताले सजिलै सम्पर्क गर्ने सहजताका

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

लकडाउनले अर्थतन्त्रमा धेरै क्षति भएको छैनः प्रधानमन्त्री ओली

 Krishna Shrivastav

वीरगञ्ज ।प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको व्यापार घाटा नियन्त्रण वा सन्तुलनतर्फ फर्किएको बताएका छन्।उद्योग संगठन मोरङको नवनिर्वाचित कार्यसमिति पदस्थापनाका अवसरमा भिडियो कन्फ्रेन्समा बोल्दै प्रधानमन्त्री ओलीले गएको तीन वर्षमा ब्यापार घाटा बढ्दो अवस्थामा रहेको भएपनि हाल ब्यापार घाटा सन्तुलनमा फर्किँदै आएको दाबी गरे। ‘११ अर्ब रुपैयाँ ब्यापार घाटा रहेको अवस्थामा विस्तारै मुलुक नियन्त्रण वा सन्तुलन अवस्थामा फर्किँदैछ,’ उनले भने, ‘अब उद्योगमैत्री वातावरण हुँदै गएको छ। ब्यापार घाटा कम गर्न निर्यातमा जोड दिएका छौँ। आयात घट्दो छ।’ काठमाडौँबाट भिडियोमार्फत जोडिएका प्रधानमन्त्री ओलीले कोभिड १९ को लकडाउनबाट समेत धेरै क्षति नभएको बताए।उनले भने,

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

शिक्षा सेवा आयोगको काम ठप्प, १२ हजार नयाँ शिक्षक पदपूर्तिको विज्ञापन रोकियो

 Krishna Shrivastav

वीरगंज | सिफारिस भएको दुई महिना बित्दासमेत शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त हुन सकेको छैन। विगत छ महिनादेखि पदाधिकारी नियुक्त नहुँदा आयोगका सम्पूर्ण काम ठप्प छ। पदाधिकारी नहुँदा प्राथमिकदेखि माध्यमिक तहसम्मका करिब १२ हजार नयाँ शिक्षक पदपूर्तिको विज्ञापन रोकिएको छ। दुई हजार सात सय शिक्षक बढुवा हुन पाएका छैनन्। आयोगका अनुसार रिक्त भएका शिक्षक अधिकांश प्राथमिक तह छन् । शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख दिनेश श्रेष्ठले भने, “दैनिक प्रशासनिक काममा मात्र व्यस्त हुँदै आएका छौँ।” नियुक्ति, बढुवा र स्थायी अध्यापन अनुमतिपत्र वितरणका कार्य ठप्प भइदिँदा आयोगका कर्मचारी फुर्सदिला बनेका छन्।

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

दैलेखमा फेरि सामूहिक आत्महत्या प्रयास

 Krishna Shrivastav

वीरगंज। डुंगेश्वर गाउँपासलका ३ स्थित तेक्चाकी २८ वर्षीया हीरा थापामगरले बिहीबार बिहान छोराछोरीसहित सामूहिक आत्महत्या प्रयास गरेकी छन् । उनले सुरुमा ३ वर्षीया छोरा उमेशलाई झुन्ड्याएर मारिन् लगतै उनले छोरीसहित घरनजिकैको लेक्चा खोलामाथिको भिरबाट हाम फालेर आत्महत्या प्रयास गरिन् । तर कक्षा ४ मा पढ्ने ९ वर्षीया छोरी आमाको हातबाट फुत्किएर ज्यान बचाउन सफल भइन् । उनको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ। घटनाको अनुसन्धान भइरहेको, प्रारम्भिक अनुसन्धानबाट आमाले छोराछोरीसहित सामूहिक आत्महत्या गर्न खोजेको र छोरी आमाको हातबाट फुत्किएर बचेको दैलेखका प्रहरी प्रवक्ता इन्द्रजित सुनारले बताए । सामूहिक आत्महत्या गर्नु

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

जनगणना वैशाख २६ गतेदेखि

 Krishna Shrivastav

वीरगंज | प्रत्येक १० वर्षमा गरिने राष्ट्रिय जनगणना २०७८ वैशाख २६ गतेदेखि सुरु हुने भएको छ। यो पटक दुई चरणमा जनगणना हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ। जनगणनामा तथ्याक संकलनको कार्य पहिलो चरण २०७८ वैशाख २६ गतेदेखि जेठ १४ सम्म जम्मा २० दिन र दोस्रो चरण जेठ २५ देखि असार ८ गतेसम्म जम्मा १५ दिन हुने विभागले जानकारी गराएको हो। विभागका उपमहानिर्देशक डिल्लीराज जोशीले तथ्यांक संकलनको क्रममा सुपरिवेक्षकबाट प्रत्येक व्यक्तिको घरदैलोमा पुगी घर तथा घरपरिवार सूचीकरण फाराममार्फत घर र घरसम्बन्धी विवरण, परिवारमा अक्सर बसोबास गरेको परिवारका सदस्य संख्या, परिवारको कृषिसम्बन्धी,

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वैदेशिक रोजगारीले सम्बन्ध विच्छेद बढ्दो

 Krishna Shrivastav

वीरगंज | महिलाले परिवारबाटै हुने अन्यायविरुद्ध न्याय खोज्न थालेपछि सम्बन्ध विच्छेदको दर बढेको छ। जिल्ला अदालतमा परेका निवेदनमध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदकै छन्। गत साउनयता अदालतमा ७ सय ६ मुद्दा (गत आवबाट सरिआएका २ सय ८२) रहेकामा ३ सय १० मुद्दा सम्बन्ध विच्छेदका छन्। यीमध्ये १ सय ९५ मुद्दा फस्र्योट भएको अदालतले जनाएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र इङनामले परिवारकै सदस्यबाट भएको अन्यायविरुद्ध लड्ने चेतना जागृत भएकाले सम्बन्ध विच्छेदका मुद्दाको संख्या बढेको हुनसक्ने बताए। ‘घर–परिवारमा बेमेल भए पनि अन्याय सहेर बस्ने चलन विस्तारै हटेको देखिन्छ,’ उनले भने, ‘आफूमाथि अन्याय भएको चेतनाले

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

संरक्षण गृहमै ६ महिनादेखि बलात्कार

 Krishna Shrivastav

दाङ | बालगृहमा रहँदै आएकी बालिकामाथि त्यसका सञ्चालकबाटै बलात्कार भएको भन्दै उजुरी परेको  छ । तुलसीपुर–१८ बिजौरीस्थित असहाय बाल विकास नेपालका अध्यक्ष विष्णु चौधरीले बालगृहमा रहेकी एक बालिकालाई ६ महिनादेखि बलात्कार गर्दै आएको आरोप लागेको हो। बालगृहमा बस्दै आएकी जुम्लाकी १४ वर्षीया बालिकाले आफुलाई चौधरीले ६ महिनादेखि पटक–पटक बलात्कार गरेका भन्दै प्रहरीमा बिहीबार जाहेरी दिएकी छन्। जाहेरीपछि चौधरीको खोजी भइरहेको दाङ प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए । बालगृहमा रहेका बालबालिका जोखिममा रहेको पाइएपछि स्थानान्तरण गर्न थालिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । ‘बालबालिकालाई तुलसीपुर उपमहानगरसँग समन्वय गररे सुरक्षित

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

दुई रेल ठोक्किँदा इजिप्टमा गम्भीर दुर्घटना, कम्तीमा ३२ जनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज  | इजिप्टमा रेल दुर्घटना हुँदा कम्तीमा ३२ जनाको ज्यान गएको छ । इजिप्टको मध्य क्षेत्रमा भएको दुर्घटनामा अरु १६५ जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सोहाग प्रान्तको ताहता शहर नजिकै दुई रेल ठोक्किएर दुर्घटना भएको हो । रेलका डिब्बाहरु लिकबाट बाहिर गएर पल्टिएका हुन् । आपतकालीन ब्रेक अज्ञात व्यक्तिले सक्रिय पारेका कारण सो रेलमा अर्को रेल ठोक्किएर दुर्घटना भएको इजिप्टका रेलवे अधिकारीले बताएका छन् । राष्ट्रपति अब्दुल फतह अल–सिसीले संलग्न व्यक्तिलाई कडा सजाय दिने बताएका छन् । राजधानी कायरोबाट ३६५ किलोमिटर दक्षिणमा दुर्घटना

Breaking News, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

वीरगञ्जबाट एक भारतीय किशोर लागुऔषधसहित पक्राउ

 Krishna Shrivastav

वीरगञ्ज | वीरगञ्जबाट एक भारतीय किशोर लागुऔषधसहित पक्राउ परेका छन्। १२ सय एम्पुल लागुऔषधसहित १६ वर्षीय एक भारतीय किशोर वीरगञ्जबाट पक्राउ परेका छन्। बिहारको मोतिहारी महुवा थाना ठेगाना भएका १६ वर्षीय किशोर लागुऔषधसहित पक्राउ परेका हुन्।प्रहरी चौकी बसपार्कको टोलीले वीरगञ्ज महानगरपालिका–८ भानु चोकबाट ती किशोरलाई चेकजाँच गर्नेक्रममा पक्राउ गरेको हो। किशोरको शरीर खानतलासी गर्दा उनले बोकेको झोलाबाट लागुऔषध डाईजेपाम ४ सय एम्पुल, फेनारगन ४ सय एम्पुल र नुर्फिन ४ सय एम्पुल गरी जम्मा १२ सय एम्पुल बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।लागुऔषधसहित पक्राउ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

विश्वमा २४ घण्टामा थपिए ६ लाखभन्दा बढी कोरोना संक्रमित‚ ११ हजारको मृत्यु

 Krishna Shrivastav

वीरगंज  | कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा विश्वभर ११ हजारभन्दा बढीको मृत्यु भएको छ। ब्राजिलमा मात्रै तीन हजार ६०० जनाको मृत्यु भएको छ। यस्तै‚ सोही अवधिमा अमेरिकामा १ हजार २१६‚ स्पेनमा ५९०, मेक्सिकोमा ५८४, इटलीमा ४५७, पोल्याण्डमा ४४३ तथा रसियामा ४०० जनाभन्दा बढीको मृत्यु भएको छ। फ्रान्समा ३६३, युक्रेनमा ३२६ र भारतमा २९२ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा विश्वभर ६ लाखभन्दा बढी कोरोना भाइरसबाट संक्रमित थपिएका छन्। जसमध्ये ब्रजिलमा ८२ हजार ५००, अमेरिकामा ७३ हजार ७००, भारतमा ६२ हजार २९१, फ्रान्समा ४१ हजार ८००, पोल्याण्डमा ३५ हजार, टर्कीमा

Breaking News, देश, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

जब धर्मेन्द्रको घरमा तीन स्टाफ कोरोना संक्रमित भए

 Krishna Shrivastav

वीरगंज । बलिउड अभिनेता धर्मेन्द्रको घरमा काम गर्ने तीनजना कोरोना संक्रमित भए। त्यसपछि ८५ वर्षीय धर्मेन्द्रले समेत कोरोना परीक्षण गराए, तर रिपोर्ट नेगेटिभ आयो। कोरोना संक्रमित तीनैजना होम क्वारेन्टिनमा बसेका छन् भने परिवारका अन्य सदस्यले पनि सावधानी अपनाएका छन्। धर्मेन्द्रले २० मार्चमा खोपको पहिलो डोज लगाएका थिए। यसअघि आमिर खान, आर माधवन, मिलिन्द सोमन, रमेश तैरानीलगायतका बलिउडकर्मी कोरोना संक्रमित भए।  


केही दिन घरबाहिर ननिस्किन स्वास्थ्य मन्त्रालयको आग्रह

 Krishna Shrivastav

काठमाडौं। बढ्दो वायु प्रदूषणका कारण घर बाहिर ननिस्किन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। वायु प्रदूषण निकै बढेको भन्दै घरबाहिर खुला स्थान नबस्न, मर्निङ वाकमा नजान आग्रह गरेको हो।   केही दिनका लागि अनावश्यक रूपमा सवारी साधन नचलाउन समेत आग्रह गरिएको छ।  


मल कारखाना खोल्ने प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत

 Krishna Shrivastav

वीरगंज  | सरकारले मल कारखाना स्थापना गर्ने प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत गरेको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पेस गरेको प्रस्ताव बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो। नेपालमा मल कारखाना खोल्ने प्रस्ताव मन्त्रिपरिष्दको बैठकले स्वीकृत गरेको जानकारी कृषि मन्त्रालयले दिएको छ। कारखाना स्थापना गरेपछि वर्षेनि रासायनिक मलको अभाव दीर्घकालीन रूपमा हट्ने कृषिमन्त्री पद्मा अर्यालले बताइन्।


एकै दिन देशका ४८ स्थानमा आगलागी, ८३ लाखभन्दा बढीको क्षति

 Krishna Shrivastav

वीरगंज । पछिल्लो चौबिस घण्टामा देशका ४८ स्थानमा ठूला आगलागीका घटना भएका छन्। ती घटनामा ८३ लाख ५४ हजार रुपैयाँ बराबरको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार ती घटनामा परी एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।


समाचार
News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

News

बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला