वीरगञ्ज | वीरगञ्जबाट एक भारतीय किशोर लागुऔषधसहित पक्राउ परेका छन्। १२ सय एम्पुल लागुऔषधसहित १६ वर्षीय एक भारतीय किशोर वीरगञ्जबाट पक्राउ परेका छन्।
बिहारको मोतिहारी महुवा थाना ठेगाना भएका १६ वर्षीय किशोर लागुऔषधसहित पक्राउ परेका हुन्।प्रहरी चौकी बसपार्कको टोलीले वीरगञ्ज महानगरपालिका–८ भानु चोकबाट ती किशोरलाई चेकजाँच गर्नेक्रममा पक्राउ गरेको हो।
किशोरको शरीर खानतलासी गर्दा उनले बोकेको झोलाबाट लागुऔषध डाईजेपाम ४ सय एम्पुल, फेनारगन ४ सय एम्पुल र नुर्फिन ४ सय एम्पुल गरी जम्मा १२ सय एम्पुल बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।लागुऔषधसहित पक्राउ परेका किशोरलाई लागुऔषध मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको खनालले बताए।