Krishna Shrivastav
चीनमा एमबिबिएस पढेका १५२ जनाले नेपालमा इन्टर्नसिप गर्न पाउने सम्भावना
Krishna Shrivastav

वीरगंज | चीनमा एमबिबिएस अध्ययन पुरा गरी २ देखि ९ महिनाको इन्टर्नसिप बाँकी रहेका नेपाली विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउने सम्भावना देखिएको छ।कोरोना संक्रमणका कारण इन्टर्नसिप पुरा गर्न नपाउँदै नेपाल फर्किएका सन् २०१४ ब्याचका १५२ जना विद्यार्थीको इन्टर्नसिप नेपालमै गराउने विषयमा नेपाल मेडिकल काउन्सिल सकारात्मक रहेकाले उनीहरुको इन्टर्नसिप नेपालमै हुने सम्भावना देखिएको हो। सोमबार बसेको काउन्सिलको बोर्ड बैठकमा काउन्सिलका पदाधिकारीहरु चीनमा इन्टर्नसिप गर्न बाँकी रहेका नेपाली विद्यार्थीलाई नेपालकै मेडिकल कलेज तथा प्रतिष्ठानहरुमा इन्टर्नसिप गराउने विषयमा सकारात्मक रहेको काउन्सिलका एक सदस्यले बताए। उनका अनुसार चिकित्सा शिक्षा आयोग गठन भएपछि मेडिकल विद्यार्थीको भर्ना