वीरगंज।काठमाडौँ लगायत देशका विभिन्न स्थानमा वायू प्रदूषण बढेपछि सरकारले विद्यालयहरु केही दिन बन्द गर्ने तयारी गरेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन विद्यालय बन्द गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।
चीनले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्रीले विद्यालय बन्द गरेर बालबालिकालाई जाेगाउनेबारे छिट्टै निर्णय हुने जानकारी दिए।
उनले भने, ‘अहिलेको प्रदूषण बालबालिकाहरुको लागि हानिकारक छ। त्यसैले केही दिन विद्यालयहरुमा बिदा दिने विषयमा सोचिरहेका छौँ। छिट्टै निर्णय लिइन्छ।’