• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    नगर सभा तानाशाही शैलीमा गरेकाे भन्दै नगरपालिकामा तिन दिन देखी तालाबन्दी सदस्यहरु धर्नामा

  • वीरगंज संजाल
  • Jun 28, 2023, 4:23 pm
  • ९८५

    वीरगंज । कुमार चन्दन । रौतहट जिल्लाको गरुडा नगरपालिकाले सम्पन्न गरेको ९ औं नगर सभा एकात्मक तानाशाही शैलीको रहेको भन्दै नगरपालिकाका बहुमत सदस्यहरुले धर्नामा बसेका छन् । बहुमत सदस्यलाई पाखा लगाएर नगरसभा गरेको भन्दै बहिष्कार गरेकी गरुडा नगरपालिकाकी उपप्रमुख पुनम कुमारी चौधरीले सोमबार नगरपालिकाको कार्यालयमा ताला लगाएकी छन् । कार्यालयमा ताला लगाएर उपप्रमुखलगायत ३५ जना जनप्रतिनिधि धर्नामा बसेका छन् । कार्यालयमा तालाबन्दीपछि उनीहरू मुख्य गेटमै धर्नामा बसेका हुन् । आर्थिक बर्ष २०७९/०८० को खर्चको विवरण सार्वजानिक नगर्दै नगर प्रमुख कन्थमणि जयसवालले तानाशाही प्रवृतिको प्रदर्शन गर्दै अल्पमतले गरेको नगर सभाको माईनट बुक सार्वजानिक गर भन्दै नगर उप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य सहित ३५ जना जनप्रतिनिधी नगरपालिकाको मुख्य गेटमा धर्नामा बसेका हुन् । गरुडा नगरपालिकाकी नगर उपप्रमुख पुनम कुमारी चौधरीले नगर प्रमुखलाइ गत आर्थिक वर्षको खर्च सार्वजानिक गर्न पटक पटक दवाव दिदा पनि सार्वजानिक नगरी बलपूर्वक अल्पमत सदस्यको रोहवरमा गरेको नगर सभा अबैधानिक भएको बताएकी छिन । नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित उपप्रमुख जनकपुर टुडे दैनिकका गरुडा प्रतिनिधि स्वर्गीय मनोज कुमार चौधरीको पत्नी हुन ।

    नगर सभा गर्नु अघि उपप्रमुखको संयोजकत्वमा रहेका विषयगत समिति , राजश्व बाड़फाट, बजेट तर्जुमा गर्नु पर्नेमा सो पनि गर्न नदिई एकलौटी रुपमा बलपूर्वक नगर सभा गरेको आरोप लगाए । नगरप्रमुख कन्थमणि जैसवालले एकलौटी ढंगले बजेट चलाउन खोजेको र सहमति नै नगरी जबरजस्ती नगरसभा गरेकोले धर्नामा बसेको उनीहरूको भनाइ छ । नगरसभाको निर्णय पुस्तिका हेर्न नदिएसम्म कार्यालयको ताला नखोल्ने उपप्रमुख चौधरीले बताइन् । नगर प्रमुख जयसवाल अनियमित रुपमा गरेको खर्च सार्वजानिक नगर्ने उदेश्यले यस्तो कार्य गरेको उहाँले भन्नुभयो । ५० जना जनप्रतिनिधी नगर सभा सदस्य रहेकोमा नगरपालिकामा नगर प्रमुख जयसवालले १५ जनाको उपस्थितिमा बलपूर्वक प्रहरी प्रशासनको बलमा नगर सभा गरेकोले बदर गरी सबैको सहभागितामा पुनः नगर सभा गर्नको लागि बहुमत सदस्यहरुले धर्नामा बसेका हुन्। कार्यपालिकाको बोर्डको बैठक नै नगरी गर्न लागेको नगर सभाको बैठक स्थगित गर्न लिखित रुपमा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराउदा पनि सोको वास्ता नगरी गरेको नगर सभाको अधिबेशन गणपूरक संख्या नरहेकोले बदर गर्नु पर्ने मांग वडाध्यक्ष रामबाबु चौधरीको रहेको छ । नगर सभाको विरोधमा नगर उपप्रमुख पुनम कुमारी चौधरी, वडा नम्बर २ का वडाध्यक्ष कृष्णनन्दन सहनी, वडा नम्बर ३ का वडाध्यक्ष अम्बिका सहनी, वड़ा नम्बर ६ का वडाध्यक्ष रामबाबू चौधरी , वड़ा नम्बर ७ का वडाध्यक्ष प्रवीण सिंह यादव , वड़ा नम्बर ८ का वडाध्यक्ष बशिष्ट राय यादव , वड़ा नम्बर ९ का वडाध्यक्ष राजेश सहनी , वड़ा नम्बर २ का वड़ा सदस्य पूनम देवी यादव, कामोधिया देवी राम, मिश्रीलाल साह रहेका छन ।

    नगर प्रमुख जयसवालले गरेको एकलौटी नगर सभाको बदर गर्न मांग गर्दै धर्नामा होमिएका वड़ा नम्बर ३ का वड़ा सदस्य कृष्णनन्दन सहनी , दीनानाथ ठाकुर, रामकली देवी, इन्दु देवी, वड़ा नम्बर ४ का सदस्य देवलाल चौधरी , राम एकवाल साह बनिया , रजिया देवी , वड़ा नम्बर ५ का प्रेमा देवी , वड़ा नम्बर ७ का सदस्य पूनम देवी राम , गोपाल साह , रामजी प्रसाद पटेल ,वड़ा नम्बर ८ का सदस्य बिलाश राम , पारस साह कानू , अफगाना खातून , रमतिया देवी , वड़ा नम्बर ९ का सदस्य मुक्ति नारायण चौधरी , विशुन दयाल यादव , देवतिया देवी राम , शान्ति देवी यादव र कार्यपालिका सदस्य संजीव साह रहेका छन । उपप्रमुख चौधरीले १० गतेमा अल्पमत सदस्यको आधारमा ल्याएको नगर सभालाइ अमान्य घोषित गरी सवै सदस्यको सहभागितामा पुनः नगर अधिबेशन गर्ने बातावरण नभए सम्म धर्नामा जारी रहने र कार्यालयको ताला नखोल्ने बताएका छन । आइतबार नगरपालिकाको नवौं नगरसभाबाट ५५ करोड १६ लाख ३० हजार बजेट सार्वजनिक गरेको थियो । बजेट र नीति तथा कार्यक्रममाथि छलफल गरी पास गर्नुपर्नेमा तालाबन्दीका कारण हुन सकेन ।आफ्नो सबै अधिकार नगरप्रमुख जैसवालले खोसेको भन्दै उपप्रमुख चौधरी लगायत २, ३, ६, ७, ८ र ९ नम्बर वडाका अध्यक्षहरुले नगरसभा बहिष्कार गरेका थिए । नगरसभाको समापन हुनै लाग्दा पुगेका उपप्रमुख चौधरीलगायतका वडाअध्यक्षहरुले केही बेर होहल्ला गरे । त्यसपछि नगरप्रमुख जैसवाललगायतले मञ्च छाडेका थिए । मधेश प्रदेशका राज्यमन्त्री अब्दुलकलाम आजादले नगरसभाको उद्घाटन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता
  • हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान
  • सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप
  • संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    लाइसेन्ससम्बन्धी नयाँ निर्देशिका जारी, ४८ घण्टाभित्र आवेदन स्वीकृत गरिसक्नुपर्ने व्यवस्था

    वीरगन्जको मेनरोड क्षेत्र तार र पाइपरहित बनाउन महानगरपालिकाले थाल्यो पहल

    संकटमा हिमालय : ग्लेसियर पग्लिने गति ६५ प्रतिशतले बढ्यो

    प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार

    वीरगञ्जमा भारतीय कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    News

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    News

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    News

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    News

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑