वीरगंज । रामनिवास कुमार पटेल । काठमाडौँमा तराई मधेश कानून विद्यार्थी समाजको केन्द्रिय कमिटि गठन भएकाे छ । काठमाडाैंस्थित नेपाल लव क्याम्पसमा कानुन विद्यार्थीहरुकाे एक भेलाले आकाश महताेकाे अध्यक्षमा १३ सदस्यीय सहित कमिटी गठन गरेकाे हाे ।
तराई मधेश कानून विद्यार्थी समाजको केन्द्रिय कमिटीमा उपाध्यक्ष मुस्कान रौनियार, कोषाध्यक्ष विकास यादव, महासचिव अनिल कुमार साह, सचिव अंजली साह, सह सचिव रुपेश कनौजिया, ओम नाथ शर्मा रहेका छन् ।
कमिटीकाे सदस्यमा धर्मराज यादव, बिक्रान्त ठाकुर, जय प्रकाश यादव, आलिया हक, प्रियंका महासेठ र शालिनी साह रहेका छन् । भेलाले समाजकाे ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेकाे छ । सल्लाहकार समितिमा रिना साह, श्याम साह, राजन महतो, वीरेन्द्र जैसवाल, मनिष रजक रहेका छन् ।