• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    अध्यक्ष कलवार र कर्मचारी बिचको कलहले कालीकामाई गाँउपालिका अस्तव्यस्त

  • वीरगंज संजाल
  • Jun 27, 2023, 4:30 pm
  • १२२५

    वीरगंज । गत स्थानीय तहको निर्वाचनमा पर्साको कालिकामाई गाउँपालिकावासीले २१ वर्षीय युवा वशिष्ठकुमार कलवारलाई अध्यक्ष बनाएर पालिका चलाउने जिम्मेवारी दिए । कलवारलाई देशकै कान्छो पालिका प्रमुख बनाउँदै उनीहरूले फरक र नयाँ दृष्टिकोणसहितको विकास र परिवर्तनको अपेक्षा गरेका थिए । तर, अहिले आएर ठिक उल्टो भइरहँदा कलवारलाई भोट दिने मतदाता नै पछुताइरहेका छन् । कान्छो पालिका प्रमुख कलवारको पहिलो वर्षको कार्यकाल विवादका बिच बितेको छ । निर्वाचित भएदेखि एकलौटी ढङ्गले पालिका हाँक्न खोजेको आरोप खेप्दै आएका कलवार सर्वोच्च अदालतको निर्णय नमान्ने आफ्नो अडानका कारण फेरी विवादमा मुछिएका छन् । सर्वोच्च अदालतबाट नियमित कामकाजमा फर्किन आदेश पाएका गाउँपालिकाका कर्मचारीलाई हाजिर हुन नदिने आफ्नो अडानका कारण कलवार विवादमा तानिएका हुन् । गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक योगेन्द्रप्रसाद चौरसियालाई हाजिर हुन नदिने कलवारले अनेक तिकडमबाजी अपनाइ रहेको स्थानीयहरु बताउछन् ।आफुले सर्वोच्चबाट ल्याएको आदेश दर्ता नगराउन् भनेर अध्यक्ष कलवारले दर्ता चलानी फाँटमा तालाबन्दी गरेको संयोजक चौरसियाको आरोप छ । कार्यालय सञ्चालनको लागि नभई नहुने दर्ता, चलानी र हाजिरी पुस्तिका भएको फाँटमा तालाबन्दी भएपछि गाउँपालिकाको सम्पूर्ण कामकाज नै ठप्प भएको छ । निकटतम व्यक्तिलाई जिम्मेवारी दिन कलवारले गत चैत १२ गते कार्यपालिका बैठकबाट निर्णय गराएर चौरसियालाई स्वास्थ्य संयोजकको पदबाट हटाएका थिए । चौरसियालाई हटाएर उनको ठाउँमा कलवारले आफू निकट धिरजकुमार साहलाई संयोजक बनाए । यद्यपि आफ्नो पद कानून विपरीत खोसिएको भन्दै चौरसियाले कालिकामाई गाउँपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरे । रिटमाथि सुनुवाइ गर्दै जेठ ३० गते सर्वोच्च अदालतले चौरसियालाई साबिककै जिम्मेवारीसहित कामकाजमा हाजिर गराउन अल्पकालीन आदेश जारी गर्दै गाउँपालिकालाई निर्देशन पनि दियो । तर अध्यक्ष कलवारले अदालतको आदेशको अवहेलना गर्दै आफुलाई हाजिर गर्न नदिइरहेको चौरसियाले बताए । ‘मैले हाजिरी गर्न नसकूँ भनेर मात्र अध्यक्षजीले दर्ता, चलानी र हाजिरी पुस्तिका लुकाएर फाँटमा तालाबन्दी गर्नुभएको छ,’ चौरसियाले भने, ‘मसँग दोस्रो पटक यस्तो अन्यायपूर्ण व्यवहार भएको हो ।’ गाँउपालिका अध्यक्षमा निर्वाचित भएको केही महिनाभित्रै अध्यक्ष कलवारले चौरसियालाई यसै गरी स्वास्थ्य संयोजकको पदबाट हटाएर अरूलाई जिम्मेवारी दिएका थिए । ‘त्यो बेला पनि सर्वोच्चबाट अल्पकालीन आदेश ल्याएर म हाजिरी भएको थिएँ, यस पटक त अध्यक्षजी अदालतको आदेश पनि मान्दिन भन्दै हुनुहुन्छ, सर्वोच्चले पठाएको पत्र दर्ता गराउन नसकूँ भनेर दर्ता, चलानी पुस्तिका लुकाएर फाँटमा तालाबन्दी गर्नुभएको छ,’ चौरसियाले भने । चौरसियाका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि उनलाई जिम्मेवारीबाट हटाउने कलवारको निर्णयलाई नियम विपरीत बताएको छ ।

    चौरसियालाई विभागीय कारबाही गर्नु भन्दै अध्यक्ष कलवारले गत चैत्र २८ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सिफारिस गरेका थिए । कर्मचारी आचरण विपरीत काम गरेको आरोप लगाएर कलवारले चौरसियालाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयमा सिफारिस गरे पनि त्यसलाई कर्मचारी समायोजन ऐन र कानून विपरीत भएको बताउँदै मन्त्रालयले वैशाख ६ गते नै गाउँपालिकामा पत्र पठाएर पुनः आफूलाई हाजिर हुन् आदेश दिएको चौरसियाको दाबी छ । सुरुमा स्वास्थ्य मन्त्रालयले पठाएको पत्रको आधारमै आफूले केही दिन हाजिरी गरेर कामसमेत गरेको चौरसिया बताउँछन् । ‘स्वास्थ्य मन्त्रालयको पत्र गाउँपालिकामा दर्ता गराएर मैले केही दिन काम पनि गरेँ,’ उनले भने, ‘तर, अध्यक्षजीले रातो पेन लगाएर मैले गरेको सबै हाजिरी काटिदिनुभयो ।’ त्यसपछि प्रमुख जिल्ला अधिकारीको सुझावमा जेठ २४ गते सर्वोच्च अदालतमा गाउँपालिकाविरुद्ध आफूले रिट दायर गरेको उनले सुनाए । चौरसियाले गाउँपालिका कार्यालय र अध्यक्ष कलवारविरुद्ध अदालतको अवहेलना मुद्दा हाल्ने तयारी गरी रहेका छन् । ‘सधैँ कार्यालय पुगेर फिर्ता हुन्छु, अझै कति दिन यसै गरी चल्छ ?,’ उनले प्रश्न गरे, ‘अब अदालतको अवहेलना मुद्दा हाल्नुको मसँग विकल्प छैन ।’अध्यक्ष कलवारले गाउँपालिकाको स्वास्थ्य शाखामा पनि तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण स्वास्थ्य शाखाको कामकाज पनि ठप्प हुँदा लाखौँ रकम फ्रिज हुने चौरसियाले बताए । ‘मलाई जिम्मेवारीबाट हटाएदेखि स्वास्थ्य शाखाको कामकाज ठप्प छ । आर्थिक वर्षको अन्त्य अन्त्यसम्म पनि जनताको स्वास्थ्य जस्तो संवेदनशील विषयसँग जोडिएको लाखौँका योजनाहरू सुरु हुन सकेका छैनन्, अब सबै रकम फ्रिज हुन्छ,’ उनले भने । अध्यक्ष कलवारले दर्ता, चलानी र हाजिरी पुस्तिका आफ्नो नियन्त्रणमा राखेर फाँटमा तालाबन्दी गरेको गाउँपालिकाका प्रशासन प्रमुख सरोज साहले पनि पुष्टि गरे । ‘अस्ति दर्ता, चलानी र हाजिरी पुस्तिका अध्यक्षजीले आफ्नो नियन्त्रणमा राख्नु भएको थियो । पछि केही स्थानीय अनलाइन र पत्रिकाले समाचार लेखेपछि फाँटमा ल्याएर राख्नुभयो,’ साहले भने, ‘तर शुक्रवारदेखि फाँटमै तालाबन्दी गरिएको छ । कसले ग¥यो सोध्दा स्विकार्न कोही पनि तयार छैन ।’ दर्ता, चलानी र हाजिरी पुस्तिका नहुँदा शुक्रवारदेखि नै गाउँपालिकाको सम्पूर्ण कामकाज ठप्प भएको उनले बताए । ‘अध्यक्षजीले आफै दर्ता, चलानी गर्नु भइरहेको छ भने मलाई थाहा भएन तर प्रशासन शाखालाई यस सम्बन्धी कुनै जानकारी छैन,’ उनले थपे । हाजिरी गर्न नपाएपछि गाउँपालिकाका कर्मचारी कार्यालय आउनसमेत छाडेको उनले बताए । विवादका कारण कालीकामाई गाउँपालिकाको गाउँसभा पनि अनिश्चित भएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार स्थानीय तहले प्रत्येक वर्षको असार १० गतेभित्र आगामी आर्थिक वर्षको गाउँ तथा नगर सभा मार्फत नीति, कार्यक्रम तथा बजेट पेस गर्दै १५ दिन भित्र त्यसलाई बहुमतका साथ पारित गर्नुपर्ने व्यवस्था छ । तर, कालिकामाई गाउँपालिकाले आज असार १२ गतेसम्म पनि गाउँ सभाको तयारीसमेत सुरु गरेको छैन । गाउँपालिकाले समयमै गाउँ सभा गरेर बजेट नल्याए सङ्घीय र प्रदेश सरकारबाट राजश्व बाँडफाँड मार्फत पाउने अनुदानमा कटौती हुन्छ । बजेट कटौती हुँदा विकास निर्माणको काममा ढिलाइ हुन जान्छ । ‘गत वर्ष पनि ढिलो गरेर गाउँ सभा गर्दा एक करोड रुपैयाँ भन्दा बढी अनुदान कटौती भएर आयो, यस पटक फेरी ढिलो भइरहेको छ,’ वडा नम्बर २ का वडा अध्यक्ष सोनालाल चौरसियाले भने । यसैबिच गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपछि अन्यौलता झन् थपिएको छ । गाउँपालिका स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत अमितकुमार गिरीको जिराभवानी गाउँपालिकामा सरुवा भएपछि उनको सट्टा आउन लागेका नमोनाथ यादवलाई पनि अध्यक्षले हाजिर हुन दिइरहेका छैनन् ।

    यादवले केही दिनभित्रै हाजिर हुन्छ भनेर इमेल पठाए पनि हाजिर नभएको प्रशासन प्रमुख सरोज साहले बताए । ‘गाउँपालिका आउन लाग्नुभएका नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई अध्यक्षजीले हाजिर नगर्न धम्की दिनुभएको छ,’ नाम नखुलाउने सर्तमा एक वडा अध्यक्षले भने । वडा नम्बर ४ का वडा अध्यक्ष सञ्जय साहले पनि अध्यक्ष कलवारकै कारण प्रमुख प्रशासकीय अधिकृत नमोनाथ यादव हाजिर हुन नसकेको बताए । ‘आइतबारदेखि नै हाजिर गर्छु भनेर नयाँ हाकिम सा’बले मलाई फोन गर्नुभएको थियो । तर उहाँलाई अध्यक्षजीले आज नआउनुहोस्, भोली सोमबारदेखि आउनु होला भनेर आउन दिनुभएन,’ साहले भने, ‘सोमबार फेरी फोन गरेर उहाँले हाकिम सा’बलाई बुधवारदेखि मात्र आउनु होला भनेर भन्नु भएको छ । अब हेरौँ बुधवार के हुन्छ ।’साहले पनि सर्वोच्चको आदेशअनुसार स्वास्थ्य शाखाका प्रमुख योजेन्द्रप्रसाद चौरसियालाई हाजिर नहुन दिन अध्यक्ष कलवारले दर्ता, चलानी र हाजिरी पुस्तिका लुकाएर फाँटमा तालाबन्दी गरेको आरोप लगाए । ‘पछिल्लो डेढ महिनादेखि पूरै पालिका अस्तव्यस्त बनेको छ । अध्यक्षजीको अडानका कारण कुनै काम हुन सकेको छैन । कहिले के गर्नु हुन्छ, कहिले के । दर्ता, चलानी पुस्तिका लुकाउनु जस्तो काम गर्न उहाँलाई सुहाएन,’ साहले भने । अध्यक्षको हैकमवादका कारण गाउँपालिकाका ज्येष्ठ नागरिकले महिनौँदेखि भत्ता नपाएको, निजी स्रोतमा भर्ना गरिएका सामुदायिक स्कूलका शिक्षक र स्वयंसेवकहरूले पनि तलब नपाएको साहले बताए । उनका अनुसार अध्यक्षले आफू निकट व्यक्तिहरूलाई करारमा नियुक्ति पनि दिएका छन् । ‘प्रक्रिया केही पु¥याइएको छैन, सोझै आफू निकटका मान्छेहरूलाई नियुक्ति दिने काम भएको छ । नियुक्ति पाएकाहरूले कहाँ काम गर्छन् भन्ने समेत हामीलाई थाह छैन,’ उनले भने । यता, गाउँपालिका अध्यक्ष वशिष्ठकुमार कलवारले भने आफुमाथि लागेका सबै आरोपहरु निराधार भएको बताए । विपक्षीहरूले आफूलाई असफल बनाउन आरोप लगाएको उनको दाबी छ । ‘गाउँपालिकाको सम्पूर्ण कामकाज नियमित रूपमा भइरहेको छ । दर्ता, चलानी लुकायो भन्ने सबै झुटो कुरा हुन्,’ उनले लाई भने, ‘कर्मचारी बिरामी भएपछि एक दिन काम रोकिएको हुनसक्छ तर काम नै ठप्प भयो भन्ने आरोप सरासर गलत हो ।’कलवारले बुधवारदेखि नयाँ प्रमुख प्रशासकीय अधिकृतले हाजिर भएपछि असार २० गते भित्र गाउँ सभा गरेर नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिने बताए । ‘अन्तिम समयमा हाकिमको सरुवा हुँदा गाउँ सभा गर्नमा हामी अलि पछाडि परेका छौँ । कालिकामाईले चालू आर्थिक वर्षमा उत्कृष्ट काम गरेको उनले दाबी पनि गरे । स्वास्थ्य शाखाका संयोजक योगेन्द्रप्रसाद चौरसियालाई भने कुनै पनि हालतमा गाउँपालिकामा हाजिर गर्न नदिने अडान उनको छ । ‘अदालतमा गलत विवरण देखाएर आदेश गराएका रहेछन्, हामीले सही कागजात अदालतमा पठाएका छौँ,’ कलवारले भने, ‘काम कम र राजनीति बढी गर्ने कर्मचारी हामीलाई गाउँपालिकामा चाहिँदैन । त्यसमाथि गलत पत्र देखाएर अदालतलाई समेत झुक्क्याएर गाउँपालिकालाई बदनाम गर्ने काम पनि उहाँबाट भएको छ । संभाल : मधेशखबर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आचार्य एकेडेमीमा विद्यार्थीद्वारा आयोजित गुरु पूर्णिमा कार्यक्रम सम्पन्न
  • वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प
  • सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा
  • अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आचार्य एकेडेमीमा विद्यार्थीद्वारा आयोजित गुरु पूर्णिमा कार्यक्रम सम्पन्न

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा

    अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ

    भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने

    प्रधानमन्त्री र सरकारबारे समीक्षाको विन्दुमा रास्वपा पुगेको छैन : रवि लामिछाने

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    आचार्य एकेडेमीमा विद्यार्थीद्वारा आयोजित गुरु पूर्णिमा कार्यक्रम सम्पन्न

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा

    अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ

    भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    आचार्य एकेडेमीमा विद्यार्थीद्वारा आयोजित गुरु पूर्णिमा कार्यक्रम सम्पन्न

    News

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    News

    सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा

    News

    अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ

    News

    भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑