• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको चार गाउँपालिकाले ल्याउन सकेनन बजेट

  • वीरगंज संजाल
  • १२ असार २०८०, मंगलवार ११:३२
  • ३०५३

    वीरगंज । पर्साका चार वटा स्थानीय तहले निर्धारित मितिमा नीति, कार्यक्रम तथा बजेट नल्याएका कारण संघीय र प्रदेश सरकारबाट पाउने अनुदानमा कटौती हुने भएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार स्थानीय तहले प्रत्येक वर्षको असार १० गतेभित्र आगामी आर्थिक वर्षको गाउँ सभा तथा नगर सभा मार्फत नीति, कार्यक्रम तथा बजेट पेस गर्नुपर्ने व्यवस्था छ ।त्यस्तै नीति, कार्यक्रम तथा बजेटको पेस गरेको १५ दिनभित्र सभाका सदस्यहरूको बहुमतले त्यसलाई पारित गर्नुपर्ने हुन्छ । तर पर्साका १४ स्थानीय तह मध्ये १० वटा पालिकाले मात्रै आइतबार १० गतेभित्र गाउँ सभा र नगर सभा गर्दै आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि नीति, कार्यक्रम तथा बजेट पेस गरेर त्यसलाई पारित गर्ने प्रक्रिया अगाडि बढाएका छन् । चार वटा पालिकाले भने अझै नीति, कार्यक्रम तथा बजेट पेस गर्न सकेका छैनन् ।छिपहरमाई, धोबिनी, बिदवासिनी र कालिकामाई गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐनमा भएको व्यवस्थाअनुसार असार १० गते गाउँ सभा गर्न नसकेका हुन् ।

    कालिकामाई गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीको विवादका कारण गाउँ सभा हुन सकेको छैन । गाउँपालिका अध्यक्ष वशिष्ठ कुमार कलवारले वरिष्ठ कर्मचारीलाई सरुवा गरेर कनिष्ठलाई स्वास्थ्य संयोजकको जिम्मेवारी दिएपछि सुरु भएको विवादका कारण कार्यालयको सम्पूर्ण कामकाज नै ठप्प छ । त्यसमाथि गाउँपालिका अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । प्रमुख प्रशासकीय अधिकृत अमितकुमार गिरीको जिराभवानी गाउँपालिकामा सरुवा भएपछि उनको सट्टामा कालिकामाई पठाइएका नामोनाथ यादव हालसम्म हाजिर हुन सकेका छैनन् । उनले इमेल मार्फत हाजिर हुन्छ भनेर जानकारी गराए पनि गाउँपालिका अध्यक्ष कलवारले उनलाई हाजिर हुन् नदिएको स्रोतको दाबी छ । बिन्दवासिनी गाउँपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँ सभा गर्न नसकिएको अध्यक्ष प्रमोद तिवारीले बताए । तिवारीका अनुसार प्रमुख प्रशासकीय अधिकृत राजु साहको सरुवा भएपछि उनको सट्टामा सङ्घीय मन्त्रालयले पठाएको दुखी कपारले हालसम्म हाजिर गरेका छैनन् । तिवारीले गाउँपालिकामा जनप्रतिनिधिहरू बिच कुनै विवाद नरहेको स्पष्ट पारे । प्रमुख प्रशासकीय अधिकृत हाजिर हुनसाथ गाउँ सभा गरेर बजेट ल्याउने काम अगाडि बढाइने उनले जानकारी दिए ।

    त्यस्तै धोबिनी गाउँपालिकाले एक÷दुई दिन भित्र गाउँ सभा गर्ने उपाध्यक्ष मञ्जु देवीले बताइन । समयमा तयारी नपुग्दा सभा गर्न ढिलाइ भएको उनको कथन छ । ‘आज बैठक बस्दै छ । एक÷दुई दिनमा गाउँ सभा गरे नीति, कार्यक्रम पारि गर्दै आगामी आर्थिक वर्षका लागि बजेट ल्याउँछौँ,’ उनले भनिन् । उनले पनि गाउँपालिकामा जनप्रतिनिधि बिच कुनै किसिमको विवाद नरहेको स्पष्ट पारिन । छिपहरमाई गाउँपालिकामा भने जनप्रतिनिधिको बिचमा चलिरहेको विवादका कारण गाउँ सभा अनिश्चित भएको छ । गाउँपालिकाका सूचना अधिकारी सन्नी कुमारका अनुसार जनप्रतिनिधिहरूको विवादका कारण गाउँ सभाको तयारसमेत सुरु हुन सकेको छैन । जनप्रतिनिधिहरू बिचमा भागबन्डाको विषय नमिल्दा विवाद भएको गाउँपालिका निकट स्रोत दाबी छ । समयमा गाउँ तथा नगर सभा मार्फत बजेट नल्याउने स्थानीय तहले सङ्घीय र प्रदेश सरकारबाट प्राप्त गर्न अनुदानमा कटौती हुने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑