वीरगंज । पर्साको जिराभवानी गाँउपालिका वडा नम्बर ५ शंकरसरैयास्थित एक सामुदायिक विद्यालयलाई परोपकारी संस्था उपकार सेवा नेपाले पंखा सहयोग गरेको छ ।शंकरसरैयास्थित सरस्वती सामुदायिक विद्यालयलाई उपकार सेवा नेपालले पाँच थान पंखा सहयोग गरेको हो ।
सोमबार विद्यालयमै पुगेर संस्थाकी अध्यक्ष विद्या सरावगी सहितको टोलीले विद्यालयका प्रधानाध्यापकलाई पाँच थान पखा प्रदान गरेको हो । कक्षाकोठामा पंखा नुहदा गर्मीमा बालबालिकाहरुलाई पठनपाठनमा समस्या भएको थाहा पाएपछि सोमबार पाँच थान पंखा सहयोग गरिएको संस्थाका सदस्य सज्जन अग्रवालले बताए ।
पंखा हस्तान्तरण गर्ने अवसरमा सामाजिक अभियन्ता प्रकाश थारु , अंकुर शर्मा , सुमन देवीका साथै विद्यालयका शिक्षक शिक्षिकाहरुको पनि उपस्थिती थियो ।