ह्वाइट आइल्याण्ड ज्वालामुखी बिस्फोटः बेपत्ता दुईजनाको खोजिमपूर्ण खोजी पुनः सुरु
वीरगंज संजाल
२८ मंसिर २०७६, शनिबार ०७:५४
५०२१
न्युजिल्याण्डको ह्वाइट आइल्याण्ड ज्वालामुखी बिस्फोट हुँदा बेपत्ता भएका मध्ये दुईजनाको अवस्था अझै थाहा हुन सकेको छैन ।बेपत्ता भएका मध्ये ६ जनाको यसअघि नै शव फेला पारेका खोजीकर्ताले बाँकी दुईजनाको अवस्था थाहा पाउन प्रयास पुनः सुरु गरेको न्युजिल्याण्डको प्रहरीले जनाएको छ ।ज्वालामुखी निरन्तर सक्रिय रहँदा खोजी कार्यमा समस्या भएको थियो । तर खोजीकर्ताले अति जोखिमर्पूा खोजी अभियान अन्तर्गत ६ जनाको शव निकालेका थिए ।
कम्तिमा एकजनाको शव ज्वालमुखी नजिकैको समुद्री क्षेत्रमा तैरिएको अवस्थामा शव देखिएको उद्धारकर्मीले बताएका छन् । हालसम्म सोमबार गएको ज्वालामुखीमा १४ जनाको ज्यान गएको पुष्टि भएको छ ।अवस्था थाहा नभएका बाँकी दुईजनालाई पनि जीवितै उद्धार गर्ने सम्भावना नरहेको जनाइएको छ । उनीहरुको पनि मृत्यु भएको अनुमान गरिएको छ ।
घाइते भएका मध्ये २० जनाको अझै पनि उपचार भइरहेको छ । अहिलेसम्म संकलन भएका शवहरु अक्ल्याण्डमा राखिएका छन्, त्यहिँदै शवको पहिचान हुनेछ ।न्युजिल्याण्डको ह्वाइट आइल्याण्डमा रहेको ज्वालामुखी गएको सोमबार बिस्फोट भएको हो । बिस्फोटको केही अघि पर्यटकहरु सो क्षेत्रमा गएका थिए । ज्यान गुमाउनेहरु सो क्षेत्रको भ्रमणमा गएका पर्यटक हुन् ।व्हाकारी समेत भनिने ह्वाइट आइल्याण्ड नर्थ आइल्याण्डको तटीय क्षेत्रमा पर्छ । यो न्युजिल्याण्डको सक्रिय ज्वालामुखी मध्ये एक हो ।