वीरगंज । वीरगंजमा २० दिने महिनावारी प्याड बनाउने तालिमको उद्घाटन गरिएको छ । वीरगञ्ज महानगरपालिकाको सहयोगमा सृजनशील शिक्षा विकास केन्द्र प्रा.ली.ले तालिमको आयोजना गरेको हो । केन्द्रकी पार्बती ठकुरीको अध्यक्षतामा भएको तालिमको उद्घाटन समाजसेवी एवम् महिला नेतृ अन्नपुर्णा मानन्धरले गरेकी थिइन् । महिलाहरुको लागि उपयोगी महिनावारी प्याड बनाउने तालिमबाट लाभ लिई प्याड खरिदमा हुने खर्च जोगाउनुका साथै आफै प्याड बनाएर स्वरोजगार बन्न उनले आग्रह गरेकी छन् ।
लक्षित वर्गलाई मध्यनजर गर्दै लघु उद्यम बिकास कार्यक्रमबाट उद्यमशिलता बिकास तालिम प्राप्त गरी मागको आधारमा वडा नम्बर १० का महिलाहरुलाई प्याड बनाउने सीप तालिमबाट रोजगार प्राप्तीको लागी सहयोग पुग्ने तथा समुह बनाई उत्पादन तथा बजारीकरण गरे आम्दानीको वातावरण बनाउनुपर्नेमा उनले जोड दिइन् ।
तालिममा आर्थिक बिकास महाशाखाका प्रमुख प्रतिज्ञा बैद्य, प्रशासन शाखाका प्रमुख राजकृष्ण ताम्राकार, लेखा शाखाबाट सुधिर जंग राणा, बिक्रम नगरकोटी, आशिस कुमार यादव, शुसिला भण्डारी, यशोदा गजुरेल, अरुणा मानन्धर, प्रेरणा श्रेष्ठ लगायत ४० जना सहभागीहरुको उपस्थिती रहेको थियो । सहभागीहरुलाई पार्वती ठकुरी र प्रिती गुप्ताले प्रशिक्षण दिनेछिन् ।