रौतहट । पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभू साहले गृह जिल्ला रौतहट क्षेत्र ३ स्थित ५० करोड भन्दा बढीको विभिन्न योजनाको अनुगमन गरेका छन। क्षेत्र ३का संघिय सांसद समेत रहेका नेता साह सहितको टोलिले बिहीबार कटहरिया नगर क्षेत्र अन्तर्गत विभिन्न योजनाहरुको अनुगमन गरेका हुन् । कटहरिया नगरपालिकाकाे पोखरीया, डूमारिया, हथियाही र कटहरिया गाँउमा सहरी विकास मन्त्रालय लगायतका निकाय बाट भैरहेको सडक ढलान , कालोपत्रे, ढल तथा नाला लगायत निर्माणाधीन योजनाहरुको स्थलगत अनुगमन निरीक्षण मापदण्ड अनुसार स्तरीय र समयमा निर्माण पूरा गराउन निर्देशन दिएका छन ।
ओली नेतृत्वको सरकारमा प्रभू साह सहरी विकास मन्त्री हुँदा स्वीकृत भएको तिनवटा याेजना मध्ये दुईवटा योजनाको काम अन्तिम चरणमा रहेको तथा एउटाको काम जारीरहेको छ।
कटहरिया नगरपालीका अन्तर्गत नाला, सडक ढलान, कालोपत्रे, गरी तिन प्याकेजमा झन्दै ५० करोडको योजनाको निर्माण कार्य भैरहेको अनुगमन टोलीमा सहभागी सहरी विकास तथा भवन डिवीजन कार्यालय बिरगंजका प्रमूख बिनोद कुमार सिंहले बताएका छन।
बीस बीस करोडको दुई योजनाको काम अन्तिम चरणमा रहेको तथा यसै आर्थक वर्षमा सम्पन्न हुने र १० करोडको अर्को एउटा योजनाको काम कारिरहेको तथा आगामी आर्थीक वर्षमा सम्पन्न हुने डिवीजन प्रमुख सिंहले जानकारी दिएका छन। निरीक्षणको क्रममा योजनाको ठेकदार कम्पनी आश्रय निर्माण सेवाका प्रोजेक्ट मेनेजर अजय कुमार गुप्ताले यस आर्थीक वर्षमा गुजरा र फटुवा बिजयपुर नगरपालिकाले लालबकैया नदीको टेण्डर न गर्दा गिट्टि बालुवा संकलनमा कठिनाई भैरहेको समस्या बताएका थिए।
त्यसैगरी एसियाली विकास बैंकको झन्डै ३४ करोडको लागतमा निर्माण भइरहेको ढल तथा नालाको समेत टोलिले अनुगमन निरीक्षण गरेको थियो। कटहरिया वडा ४ र ५ गरी झन्डै १६ किलोमिटर लामो ढल तथा नाला निर्माणको काम भइरहेको छ। निर्माणको काम अन्तिम चरणमा रहेको तथा यसै आर्थिक वर्षभित्र पुरा गर्ने लक्ष्य रहेको ठेकदार कम्पनी आश्रय निर्माण सेवाका प्रोजेक्ट मेनेजर गुप्ताले जानकारी दिएका छन। अनुगमन टोलिमा नेता प्रभू साहका साथै आजपाका नेता एवम पुर्व मेयर सियाराम कुशवाहा, जिल्ला अध्यक्ष त्रिभुवन साह , मेयर प्रत्यासी विजय यादव,शहरी डिभिजन कार्यालय पर्शाका डिभिजन प्रमुख, बिनोद कुमार सिंह, रौतहट जिल्लाका सहायक सिडिओ मणि भूषण साह, लगायत सहरी विकास तथा प्रोजेक्टका ईन्जिनियर र जनप्रतिनिधि, स्थानिय अगुवा, पत्रकार लगायतको सहभागिता रहेको थियो ।