वीरगंज । प्रचण्ड गर्मीले आजित बनाइरहेका बेला “सबै लाई प्रेम गर घृणा कसैलाई नगर” मूल नाराका साथ पर्सा जिल्लाको मुख्य सडकखण्डअन्तर्गत पर्ने तिलावे नदीमाथिको पुलमा आज चिसो खानेपानी र सर्वत वितरण गरिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौं र १९ विन्दवासिनीसँग जोडिएको तिलावे पुलमा अहम्दिया सङ्घले चिसो पानी तथा सर्बत वितरण गरेको हो । तिलावे पुलबाट हुँदै जाने बटुवा, यात्रु, रिक्सा र ठेला चालकसहित अन्य सर्वसाधारणलाई समेत निःशुल्क पानी सर्बत वितरण गरिएको छ ।
बढ्दै गएको गर्मीबाट राहत दिन दुई हजारभन्दा पनि बढी व्यक्तिलाई निःशुल्क सर्बत र चिसो पानी वितरण गरिएको अहमदिया सङ्घ नेपाल बारा, पर्साका इन्चार्ज हासिन अहमदले जानकारी दिए । पानी वितरण गर्ने क्रममा अहमदिया संघ नेपालका राष्ट्रिय अध्यक्ष सलिम अहमदलगायत सङ्घका सदस्यहरूको सहभागिता रहेको थियो ।