वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिकाको असार १० गते हुने गाउँ परिषदका लागी योजना संकल्न गर्न र विभिन्न याेजनाकाे अनुगमनका लागी पालिका स्तरिय अनुगमन समिती सक्रिय भएको छ ।
गाउँपालिका अध्यक्ष सुरेश मेहता, प्रमुख प्रशासकिय अधिकृत राज कुश्वाहा, प्रशासन प्रमुख हरिमोहन महतो, लेखापाल निरन्जन प्रसाद पटेल सहभागि रहेको अनुगमन समितिले विभिन्न याेजना अनुगमन गर्नुकाे साथै आर्थिक बर्ष २०८०।०८१ काे योजना छनौटका लागि साेमबार स्थलग निरिक्षण गरेकाे हाे ।
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय मैनपुरकाे अनगुगमनकाे क्रममा गाउँपालिका अध्यक्ष मेहताले विद्यालयकाे लागि अगामी बर्षकाे योजनामा पालिका स्तरि बजेटबाट बिनियोजन गरिने वताए । उनले अगामी बर्षकाे याेजनामा शिक्षालाई बिशेष प्राथमिकता दिइने पनि वताए । असार १० गते भित्र नै परिषद गर्नकाे लागि पालिका स्तरिय अनुगमन समितीले योजना छनौटका लागी काम तिब्र पारेको छ । अगामी हप्ता सम्म सबै विद्यालयकाे अनुगमन गरी योजना छनौट गरिने अनुगमन समितिले जनाएकाे छ ।