वीरगंज । पर्साकाे पकहाँ मैनपुर गाउँपालिकामा दुई दिने लैङ्गिक समानता तथा समाजिक समावेशिकरण मुलप्रवाहिकरण रणनितीक योजना छलफल तथा अन्तरक्रिया कार्यक्रम सुरु भएकाे छ । प्रदेश अनुशन्धान तथा प्रशिक्षण केन्द्र नेपालको सहयोग र कम्युनिटी डेभलपमेन्ट एन्ड काउन्सेलिङ्ग सेन्टर प्रा.लि. वीरगंजकाे आयोजनामा सुरु भएकाे कार्यक्रमकाे उद्घाटन पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेशश मेहताले गरेका थिए ।
गाउँ कार्यपालिका कार्यालयकाे सभाहलमा भएकाे कार्यक्रममा कम्युनिटी डेभलपमेन्ट एन्ड काउन्सेलिङ्ग सेन्टर वीरगंजका रामप्रबेश साहले प्रशिक्षण दिइरहेका छन् । पहिलाे दिन कार्यक्रमका सहभागि जनप्रतिनिधी तथा कर्मचारीहरु ४ वटा समुहमा विभाजन भई पालिकाको सवल पक्ष, दुर्लभ पक्ष, समस्या र चुनौतीको बारेमा प्रस्तुती गरेका थिए ।
कार्यक्रममा उपाध्यक्ष सर्फुन नेसाको संयोजकत्वमा लैङ्गिक सामनता तथा समाजिक समावेशीकरण मुल प्रभावहिकरण रणनिती सम्बन्धी ७ सदस्यी समिती समेत गठन गरिएको थियाे । जुन समितिमा कार्यपालिका सदस्य मध्ये लालपरी देवी, रामावती देवी, वडाध्यक्ष ढेडी यादव, समाजिक संस्थाबाट उमेश बैठा, कर्मचारीबाट सुनिता देवी बर्णवाल, सुधान्सु शेखर रहेका छन् । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज कुश्वाहासहित जनप्रतिनि र कर्मचारीहरुकाे सहभागिता रहेकाे छ ।