वीरगंज । जीवनमा यदि खुशी रहेर बाँच्नु छ भने तपाईंले आफूलाई सधैं सकारात्मक विचारसँग राख्नुपर्छ । तपाईं सकारात्मक सोंच्नुहुन्छ भने कुनै पनि समस्या ठूलो लाग्दैन । कुनै पनि समस्यालाई सकारात्मक ऊर्जाले भगाउनुहुन्छ । कतिपय अवस्थामा यस्तो पनि हुन्छ तपाईंले चाहेर पनि राम्रो सोंच्न सक्नुहुन्न किनकी तपाईं नकारात्मक विचारबाट घेरिनु हुन्छ । जसले तपाईंलाई सही बाटो देखाउँदैन । दिमाग तपाईंको शरीरको पावरहाउस हो, जसले तपाईंलाई कन्ट्रोल गर्दछ । यदि यसलाई नियन्त्रणमा ल्याउनुभयो भने बुझ्नुस् सबै कुरा नियन्त्रित छ । तर यो स्वस्थ रहन पनि एकदमै जरुरी हुन्छ, जसले तपाईंलाई सुधारेर स्वस्थ बनाउन सक्छ ।
१. नकारात्मक सुन्न बन्द गर्नुस्
जब तपाईं नकारात्मक व्यक्तिसँग कुरा गर्नुहुन्छ उनीहरुको संगतले आफू पनि त्यस्तै सोच्न थाल्नुहुन्छ । तपाईंको सोच पनि नकारात्मक हुन थाल्छ । त्यसैले यस्ता मानिस तथा त्यस्ता कुराबाट टाढा रहनुहोस् । दोस्रो कुरा इन्टरनेट एउटा फरक दुनियाँ हो जहाँ नकारात्मकता एकदमै धेरै भरिएको छ । त्यसैले टिभी, इन्टरनेटमा हुने नकारात्मक कुराबाट पनि टाढा रहनुहोस् । राम्रो र सकारात्मक कुरा मात्रै हेर्न सुरु गर्नुहोस् ।
२. अल्छीपनाबाट टाढा रहने
अल्छीपनाले तपाईंको शरीर डम्प हुन थाल्छ । जस्तै कुनै मेसिनलाई तपाईंले महिनौं चलाउनु भएन भने त्यसमा खिया लाग्न थाल्छ वा बन्द हुन थाल्छ त्यसरी नै मानिसको शरीर पनि त्यस्तै हुन्छ ।
तपाईं जति अल्छी गर्दै जानुहुन्छ त्यति नै तपाईंको शरीर निस्क्रिय हुँदै जान्छ । शरीरमा ऊर्जा कम हुन थाल्छ, रगत संचारमा कमी हुन्छ र कमजोर हुन थाल्छ । जसले गर्दा तपाईंको दिमाग पनि कमजोर हुँदै जान्छ ।
३. चर्को संगीत नसुन्नुहोस
संगीतले तपाईंको मनलाई जति शान्त पार्छ, त्यहीँ यदि चर्को आवाजमा सुन्नुभयो भने मन र दिमागमा पनि त्यसको असर देखिन थाल्छ । हरेक दिन ३० मिनेट भन्दा बढी चर्को आवाजमा संगीत बजाउँदा सुन्ने क्षमता पनि कम हुँदै जान्छ । अल्जाइमर जस्ता रोगको खतरा बढेर जान्छ । कानका कमजोर कोषिकालाई चर्को संगीतले नोक्सान पुर्याउँछन् ।
४. आफ्नो तुलना अरुसँग गर्न बन्द गर्नुस्
आजको समयमा सबैभन्दा दुःखको कुरा तपाईं आफूलाई अरुसँग तुलना गर्न थाल्नुहुन्छ । यो तपाईंको जीवनको लागि एकदमै नराम्रो कुरा हो । सधैं सम्झने कुरा के हो भने, तपाईंको एकमात्र प्रतिस्पर्धा आफैसँग हुन्छ, तपाईंले आफैसँग जित्नु पर्छ अरुसँग होइन । किनकी तपाईं सबैभन्दा फरक हुनुहुन्छ ।
५. आफैप्रति शंका गर्न बन्द गर्नुहोस्
यदि तपाईं आफैसँग शंका गर्नुहुन्छ भने दोस्रो व्यक्तिले पनि तपाईंलाई विश्वास गर्न सक्दैन । किनकी तपाईंलाई नै आफैप्रति विश्वास छैन भने अरुले कसरी विश्वास गर्छ ? त्यसैले सफलता प्राप्त गर्न आफूप्रति विश्वास गर्न एकदमै जरुरी हुन्छ ।