• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नगरपालिकाका दैनिक तथा मासिक ज्यालादारी कर्मचारी आन्दोलनमा

  • वीरगंज संजाल
  • २९ जेष्ठ २०८०, सोमबार १२:२४
  • १३२१

    वीरगंज । तीन दिन अघि सेवाबाट हटाइएका राजविराज नगरपालिकाका दैनिक तथा मासिक ज्यालादारी कर्मचारी आन्दोलनमा उत्रेका छन् । मासिक एक करोड भन्दा बढी रकम तलबमै खर्च हुन थालेपछि नगरपालिकाले शुक्रबारदेखि लागु हुने गरी एकैसाथ ६९ कर्मचारीलाई हटाएको थियो । आइतबार कार्यालय खुल्नासाथ नाराबाजी गर्दै सेवाबाट हटाइएका कर्मचारीहरु कार्यालय प्रवेशद्वार नजिकै धर्ना बसेका थिए । उनीहरुले आफूहरुसँग कुनै छलफल र जानकारीसमेत नदिइ एक्कासी सेवाबाट हटाइएको सूचना जारी गरेर नगरपालिकाको व्यवस्थापन पक्षले अन्याय गरेको बताएका छन् ।

    धर्नामा बसेकी अर्निका कुमारी यादवले पुनःनियुक्ति नगरेसम्म धर्ना जारी रहने बताइन् । उनी विगत ८ वर्षदेखि नगरपालिकाको सामाजिक शाखामा मासिक ज्यालादारीमा कार्यालय सहायक पदमा काम गर्दै आएकी थिइन् । सेवाबाट हटाइएका मध्ये २० वर्षदेखि मासिक ज्यालादारीमा काम गर्दै आएका कर्मचारीसमेत परेको धर्नामा बसेका अर्का पूर्वकर्मचारी लव मण्डलले सुनाए । उनी ६ वर्षदेखि नगरपालिकाको बिजुली सडकबती फाँटमा कार्यरत थिए । २० वर्षदेखि मासिक ज्यालादारीमै काम गर्दै आएका सत्रुधन यादवले एक्कासी सेवाबाट हटाउँदा बिचल्लीमा परेको गुनासो पोखे । “अब अर्को ठाउँमा जागिर गर्ने उमेर पनि रहेन, उनले भने, नगरपालिकाको पछिल्लो निर्णयले घर न घाटको बनाएको छ ।” उनले पुनः नियुक्ति नगरिए आन्दोलनको थप सशक्त कार्यक्रम लिएर अघि बढ्ने तयारी भइरहेको जानकारीसमेत दिए ।

    यसैबीच नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाइ समिति राजविराजले प्रेस विज्ञप्तिमार्फत कर्मचारी आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । समितिका अध्यक्ष कल्पना देवद्वारा जारी विज्ञप्तिमा नगरपालिकाको सो निर्णयको घोर भत्र्सना गर्दै नगरपालिकाबाट सहज, सरल र छिटो छरितो सेवा प्रदान गर्न तथा लामो समयदेखि काम गरेका कर्मचारीको जीवनयापनको खयाल गरी अविलम्ब सेवाबाट हटाइएका कर्मचारीहरुको पुनःनियुक्ति हुनुपर्ने माग गरिएको छ । यस्तै, राजविराज नगरपालिकाका निवर्तमान नगर प्रमुख शम्भु प्रसाद यादव तथा निवर्तमान वडा नं. ६ का अध्यक्ष प्रेम कुमार यादवले छुट्टाछुट्टै प्रेस विज्ञप्तिमार्फत कर्मचारीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै नगरपालिकाद्वारा सेवाबाट हटाइएका कर्मचारीहरुलाई अविलम्ब बहाली गर्नुपर्ने माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑