• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    माछा व्यापारले दियो मुखियालाई पहिचान

  • वीरगंज संजाल
  • २९ जेष्ठ २०८०, सोमबार १२:१९
  • १५०९

    वीरगंज । लगन भए गाउँघरमै सुन फलाउन सकिन्छ, यसको ज्वलन्त उदाहारण हो धनुषाको शहीद नगर नगरपालिका–४ ननुपट्टीका ७५ वर्षीय बौएलाल मुखिया । २०२३ साल तिर गाउँघरको नहर तथा खाल्डाखुल्डीमा माछा मारेर जीविकोपार्जन गर्ने मुखिया अहिले वार्षिक ४ करोडको हाराहारी माछाको व्यापार गर्दै आएका छन् । शून्यबाट आफ्नो व्यापार सुरु गरेका मुखिया कडा मिहेनत र लगनको कारण देशभरि माछा पालक किसानको रुपमा आफूलाई ब्राण्ड बनाउन सफल भएका छन् । मुखियलाई यहाँसम्म पुर्याउन विजय राज विष्टको ठूलो योगदान रहेको उनी बताउँछन् । मुखियालाई माछा पालन र व्यापार गर्न विष्टले नै प्रेरणा दिएका थिए । व्यापार फस्टाउँदै गएपछि मुखियासंग हाल निजी जग्गा ७ विघा क्षेत्रफलमा फैलिएको १५ वटा पोखरी तथा लिजमा ७० वटा गरी ८५ वटा पोखरीमा खाने माछा तथा भूरा उत्पादन गरी आर्थिक लाभ गर्दै आएका छन् ।

    एउटा पोखरीमा वार्षिक साढे ५ क्वीन्टलसम्म माछा उत्पादन हुने गरेको छ । मुखिया मत्स्य प्रजनन् फार्म नामक माछा फार्म खोलेका मुखिया अहिले वृद्धि भएपछि उनका छोरा कन्हैया मुखिया र रमेश मुखियाले व्यवसायलाई अगाडि बढाउँदै आएका छन् । अहिले सो फार्ममा २५ जना कामदारहरु प्रत्यक्ष रोजगारी पाएका छन् भने करीब १० हजार भन्दा बढी सानो ठूलो व्यापारीहरु त्यहाँबाट माछा किनेर अन्यत्र बिक्री गरी आर्थिक उपार्जन गर्दै आएको मुखियाले बताए । भारतमा वार्षिक २५ लाखको माछा मुखियाको फर्मबाट बिक्री हुने गरेको छ ।भारतको विभिन्न जिल्ला मधुवनी, दभंगा लगायतका ठाउँबाट मानिसहरु फर्ममै आएर माछा किन्ने गरेको मुखियाको भनाइ छ । सिलभर, बिग्हेट, नैनी, ग्रास, भाकुरा, कमल कार्पलगायतका विभिन्न जातका माछा र माछाका भूराको उत्पादन र बिक्री हुने गरेको छ । त्यहाँबाट उत्पादित माछा र भूरा पूर्वमा मेचीदेखि पश्चिमका जिल्लाहरुको बिक्रेताहरु किन्न आउने गरेको उनका छोरा रमेश मुखियाले बताए । कक्षा ८ सम्म पढेका बौएलाल मुखिया माछा पालनको क्षेत्रमा देशभरि ब्राण्ड बनेका छन् । मुखियाले नेपाल सरकारबाट भारत र बंगलादेशसमेत भ्रमण गरेका छन् । २०४८ साल तिर ह्याचरी बनाउन नेपाल सरकारले २५ हजार आर्थिक सहयोग गरेको स्मरण गर्दै मुखियाले गुनासो गरे प्रदेश सरकारले हालसम्म कुनै अनुदान दिएको छैन ।

    देशभरिबाट किसानहरु यहाँ आएर माछा उत्पादन सम्बन्धी ज्ञान हासिल गर्ने गरेका छन् । माछाको दानामा सिद्रा चाहिने गरेको र भारतबाट ल्याउँदा बढी भन्सार लाग्ने गरेकोले सो भन्सार छुट हुनुपर्ने, यस क्षेत्रलाई माछा सुपर जोन घोषणा गर्नुपर्ने, सरकारले माछा पालक गर्ने किसानलाई माछा ढुवानी अनुदानमा गाडी उपलब्ध गराउनुपर्ने तथा व्यवसायीलाई प्रोत्साहन गर्न सरकारले पोखरीहरुमा अक्सीजन प्लान्ट लगाउनुपर्ने माग मुखियाको छ । मुखियाले माछा व्यवसायीबाट राम्रो प्रगति हासिल गरेको देख्दा अन्य किसानहरु पनि माछा व्यवसाय गर्न हौसिएका छन् । नेपाली कांग्रेस नेता तथा सो क्षेत्रका सासद रामकृष्ण यादव कृषि मन्त्री भएको बेला सो क्षेत्रलाई लक्षित गरी यदुकोहामा माछा सुपर जोन कार्यालयको शिलान्याससमेत गरिएको थियो । तर कांग्रेस नेतृत्वको सरकार ढलेपछि उक्त कार्यालय जनकपुर सारिएपछि सो क्षेत्र माछा सुपर जोन हुनबाट वञ्चित भएको वडा अध्यक्ष तथा मुखिया कान्छो छोरा रमेश मुखियाले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑